Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

सामुदायिक विद्यालय नियमित सञ्चालन गर्न मेयर शाहको निर्देशन, बन्द गरेमा कारबाही गर्ने चेतावनी

सामुदायिक विद्यालय नियमित सञ्चालन गर्न मेयर शाहको निर्देशन, बन्द गरेमा कारबाही गर्ने चेतावनी

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, असार २ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालय बन्द नगरी नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । असार ३ गते देशभरका सामुदायिक विद्यालय बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचार प्रति महानगरको ध्यानाकर्षण भएको भन्दै उनले विद्यालय बन्द गरेमा शिक्षक देखी कर्मचारीसम्मलाई कारर्वाही गर्ने समाजिक सञ्जाल मार्फत चेतावनी दिएका छन् । उनले फेसबुकमा भनेका छन्‘ नेपाल सरकारले २०६८ जेष्ठ ११ गते विद्यालय क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गरेकोले कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको जानकारी दिएका हुन् ।’ काठमाडौँ महानगरप...
एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको समुह चरणबाटै बाहिरियो नेपाल

एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको समुह चरणबाटै बाहिरियो नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २ । नेपाल एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ । नेपालको दुई खेल लगातार वर्षाका कारण रद्ध भएपछि समुह चरणबाटै बाहिरिएको हो । सेमिफाइनल पुग्न सकेन् । समुह चरणको पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको नेपालको भारत ‘ए’ सँगको दोस्रो खेल बर्षका कारण रद्ध भएको थियो भने शनिबार घरेलु टोली हङकङविरुद्धको तेस्रो खेल पनि बर्षाका कारण रद्ध भएपछि नेपालको सेमिफाईनल पुग्ने लक्ष्य समाप्त भएको हो । तीन खेलबाट दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा सीमित बन्यो। यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन्। यो प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपालले थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि अन्तिम समयमा अवसर पाएको थियो । यस्तै समूह बी बाट श्रीलंका ए र बंगलादेश ए सेमिफाईनलमा पुगेका छन् भने युएई र मलेसिया समूह चरणबाटै बाहिरिएको छ । सेमिफाइनलका ख...
दिल्ली उच्च अदालतमा भारतिय फिल्म ‘आदिपुरुष’ विरुद्ध हिन्दु सेनाले मुद्धा लगायो

दिल्ली उच्च अदालतमा भारतिय फिल्म ‘आदिपुरुष’ विरुद्ध हिन्दु सेनाले मुद्धा लगायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार २ । भारतिय बलिउड फिल्म ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा हिन्दु सेनाले रिट दायर गरेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दु सेनाले अदालतमा मुद्धा दर्ता गरेको हो । यस याचिकामा हिन्दु सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ। ‘आदिपुरुष’ विरुद्ध जनहित याचिका दायर गरेको हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दिएको रिटमा भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन । त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्ने र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्ने उनिहरुको माग छ । लेखक महर्षि वाल्मीकिले लेखेको रामायणमा हिन्दु धर्मका पात्रहरूलाई...
९ बर्षीय बालकको हत्या आरोपमा एक युवक पक्राउ

९ बर्षीय बालकको हत्या आरोपमा एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । स्याङ्जामा ९ बर्षीय बालकको हत्या अरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनचौवारी गाउँपालिका–६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या आरोपमा सोही स्थानका २१ वर्षीय सुजन चुवाई (सुवेदी) लाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ साढे ५ बजे हँसियाले हानेर बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरेको डिएसपी खनालले बताए । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मानव बेचबिखनमा पर्न सक्ने भन्दै प्रहरीले जेठमा मात्रै ९८८ जनालाई विमानस्थलबाट फर्कायो

मानव बेचबिखनमा पर्न सक्ने भन्दै प्रहरीले जेठमा मात्रै ९८८ जनालाई विमानस्थलबाट फर्कायो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । मानव बेचबिखनमा पर्न सक्ने भन्दै प्रहरीले ९८८ जनालाई घर फर्काएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जेठ महिनामा मात्रै ९८८ जनालाई अन्तराष्ट्रिय विमानस्थलबाट घर फर्काएको एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। भ्रमण भिसा वा नक्कली श्रम स्वीकृत बनाएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई मानव बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै परामर्श दिएर घर फर्काईएको एसएसपी श्रेष्ठले बताए । गत माघ यतामात्रै प्रहरीले ३ हजार ७६४ जनालाई परामर्श दिएर फर्काएको छ । जसमध्ये ३४ जनालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत फर्काएको छ भने गत माघमा २५० जना, फागुनमा ५५७ जना, चैतमा ६५३ जना र वैशाखमा ३१४ जनालाई फर्काईएको ब्युरोले जनाएको छ । ब्युरोले मानव बेचबिखनमा परेकाहरूको उद्धार गर्दै आईरहेको छ भने मानव बेचबिखनको जोखिमलाई मध्यनजरमा राखेर जोखिममा पर्न सक्नेलाई पहिचान गरी व...
थुनामा आदेशसँगै टोप बहादुरको सांसद पद निलम्बन

थुनामा आदेशसँगै टोप बहादुरको सांसद पद निलम्बन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेको टोपबादुर रायमाझीको सांसद पद तत्काल निलम्बन हुने भएको छ । मंसिरको चुनावमा अर्घाखाँचीबाट निर्वाचित भएका रायमाझी सहित १६ जनालाई ठगी प्रकरणमा शुक्रबार काठमाण्डौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो । प्रतिनिधि सभा नियमावलीका अनुसार कुनै न्यायिक हिरासतमा रहेमा सांसद पद निलम्बन हुने छ । सांसदमा सभामुखले रायमाझी निलम्बनमा परेको जानकारी गराएपछि औपचारिक रूपमा उनी निलम्बनमा पर्ने छन् । रायमाझीले निलम्बनमा परेको अवधिको सेवा तथा सुविधा पाउने छैनन् भने अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउने छैनन्।...
अनुमति नलिई मेडिकल सञ्चालन गर्ने दुई जना पक्राउ

अनुमति नलिई मेडिकल सञ्चालन गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । कञ्चनपुरमा अनुमति नलिई मेडिकल सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ बर्षीय शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ बर्षीय गोकुल मण्डल रहेका छन् । उनिहरुलाई अनुमति नलिई मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा बिरामीको उपचार गर्ने गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको गिरीले बताए ।...
चापाकोटका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा मृत्यु

चापाकोटका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीको शुक्रबार स्कारपियो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका गिरीलाई उपचारको लागी जिल्ला अस्पताल स्याङ्जा लगिएकोमा चिकित्सकले ११ : ४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी र चालक पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीयसुरज नेपालीलार्य नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।...
त्रिनपा १५ मा बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल, बारीमै खाना

त्रिनपा १५ मा बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल, बारीमै खाना

Breaking News 1, समाचार
बिक्रम राई पूर्णपुष्टि, २ असार । आ... ! अर्को साल देखी त बाली पनि लगाउँदिन होला । बाली रुग्ने पनि कोही हुँदैन बाँदर बाट बाली जोगाउन सक्ने अवस्था पनि छैन् । दुख गरी लगाएको बाली बाँदरलाई नै ठिक्क हुन्छ, यो पिडा त्रियुगा नगरपालिका १५ गहतेका ७३ बर्षिय दल वहादुर राईको हो । पछिल्लो समय बाँदरमा बुद्धि पलाएको छ । पहिले भन्दा बढी चलाखीका साथ बाली सक्याउन बाँदर बारिमा आउँछ” उनले भने, । उनि बालिको समयमा बाँदरबाट सँधै चिन्तित हुने गर्छ, घरमा परिवारहरु पनि नहुँदा बाँदर गोठाला गर्न आफै बारिमा पुग्ने गरेको छ । बिहान झिसमिसमै बारी पुगिसकेको हुनु पर्छ,’ आँखा देख्न थालिसकेपछि बाँदर बारिमा भरिभराउ भैहाल्छ, बाँदरलाई नखेदाए केहि खान पाईन्न राई भन्छन्, । बाली नाली लगाएको समय दल बहादुरको काम दिनभर बारीमा बाँदर पर्खने हो । उनि बिहानै ५ बजेपछि बारिमा पुगि सकेको हुन्छ । बाँदरलाई तह लगाउन कस्ले सक्ला र कसरी...
देशभर पूर्वी र मध्य भूभागहरुमा मनसुनको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

देशभर पूर्वी र मध्य भूभागहरुमा मनसुनको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

समाचार
पूर्णपुष्टि,असार २ । हाल देशभर मनसुनी वायु फैलिंए संगै त्यसको प्रत्यक्ष प्रभाव पूर्वी तथा मध्य भू–भागहरुमा प्रभाव बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। आज विहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकामा पनि दिउँसोसम्म मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकार...