Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस

आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस

समाचार
पूर्णपुष्टि,असार २ । आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैँ छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । “हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य“ भन्ने नारा सहित वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो । भूमीको वास्तविक प्रयोग कृषि भएपनि विश्व मानचित्रमै भू –माफिया र रियल स्टेट व्यापारको वृद्धिसंगै भूमीको दुरुपयोग र भू–उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै आज विश्व भरिका ८१ करोड मान्छेहरु खाधान्न सङ्कटको असरमा रहेकाछन् । खडेरी या मरुभूमिकरणको कुरा भौगोलीक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भईरहने अविवेकी प्रयोग नै २१ ...
खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३ असार भुटानी शरनार्थी प्रकरण ः खाँण र रायमाझी सँगै १६ जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश १ असार, काठमाडौं । भुटानी शरनार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बाल कृष्ण खान र निलम्वीत सांसद टोप बहादुर रायमाझी सहित १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छाड्ने आदेश गरेको छ ।...
देशका समग्र युवाहरुको भविष्यको लागी १ करोड मात्र छुट्याईयो  : सिके राउत

देशका समग्र युवाहरुको भविष्यको लागी १ करोड मात्र छुट्याईयो : सिके राउत

Breaking News 3, आर्थिक, राजनीति, समाचार
पूर्णपुष्टि, असार १ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिक राउतले देशका समग्र युवाहरुको भविष्यको लागी मात्र १ करोड विनियोजन भएको बताएका छन् । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा विनियोजन गरिएको बजेटले देश कता तिर गरिरहेको स्प्रष्ट देखिने र सानो बजेटको मन्त्रालय त्यसको योजना, किताब पनि पातलो त्यसमा भएका शब्दहरु झनै फितलो देखिएको उनले बताए । त्यो भन्दा अर्को कुनै नयाँ उद्योग खोल्ने वा पुराना उद्योग हरुलाई खुलाउने कार्यक्रम पनि नदेखिएको र कुनै योजना विहिन, भिजन र दृष्टि नभएको बजेट आएकोउनले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको जिल्लामा मात्र ७१ प्रतिशत बजेट हालेको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बजेट ल्याएको होकि लुटिएको हो भन्ने कुरा अलि ...
जनप्रतिनिधिको सहभागितामा वडा सफार्य अभियान

जनप्रतिनिधिको सहभागितामा वडा सफार्य अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं.१२,मा प्रत्यस महिना जनप्रतिनिधिको सहभागितामा वडा सफाई अभियान सञ्चालन सुरु गरिएको छ । वडा भित्ररहेका विभिन्न टोल बिकास संस्था र स्थानीय सरकारको सहभागितामा आज असारको पहिलो हप्ताको पहिलो दिनबाट हरेक महिनामा एक पटक वडा सफाई कार्यक्रमको सुरु गरिएको हो । वडा कार्यालयका कार्यवाहक अध्यक्ष अनिता थापाका अनुसार यस अभियानमा जनप्रतिनिधि ४ जना र अन्य टोल बिकास संस्थाका ३ गरी ७ जनाको उपस्थितिमा आफ्नो र नजिकको टोलमा गएर महिनाको एक पटक २–४ घण्टा सफाई गर्दा आफ्नो टोल सफा रहने बताईन । उनका अनुसार वडा भित्र २२ वटा टोल बिकास संस्थाहरु रहेका छन् । यस अभियानलाई थप व्यवस्थित बनाउँनको निमित ५ वटा फोहोर फाल्ने डस्टविन, १० वटा सफाई गर्ने झाडु, १० जोर सफाइमा प्रयोग गरिने ग्ल्वस र ५ बक्स माक्स बितरण गरिएको वडा नं १२ कि सचिव निरु कार्कीले जानकारी दिइन ।...
बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको मागबारे वार्ता

बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको मागबारे वार्ता

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, असार १ । बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको मागबारे प्राविधिक स्तरको वार्ता भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार बैठक सम्पन्न भएको नेपाली दूतावास लण्डनले जनाएको छ । मन्त्रालयमा भएको बैठकमा र नेपाल सरकारको तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, ज्ञानराज राई र बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरु सहभागि थिए । उक्त बैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको छ । यी सम्पूर्ण विषयमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक ...
महिला प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा एसएसपी पाल निलम्बित

महिला प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा एसएसपी पाल निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ । महिला प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बन भएका छन् । प्रहरी प्रधान कार्यालयले पाललाई निलम्बनका लागी बुधबार गृह मन्त्रालयमा सिफारिस गरेको थियो भने शुक्रबार मन्त्रालयले उक्त घटनाको छानबिनका लागी निलम्बन गरेको हो । महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत सहकर्मी महिला कर्मचारीमाथि दुव्र्यबहारको आरोप लागेपछि पाललाई प्रहरी मुख्यालयमा तानिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीले घटनाको छानबिन गर्न बनाएको समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो । प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले बताए ।...
गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न मन्त्रालयको निर्देशन

गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न मन्त्रालयको निर्देशन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न अस्पताल र स्वास्थ्य संस्थालाई सुचना जारी गर्दै निर्देशन दिएको छ । सचिवस्तरीय निर्णय गरी मन्त्रालयले निर्देशन दिएको हो । जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि सूचना टाँस्ने व्यवस्था गर्न निर्देशन दिईएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ ‘राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र राष्ट्रिय रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको र मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको ह...
घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ । सिन्धुलीमा एक बालकको घाँटीमा लिचीको दान अड्किएर मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको लिची खाने क्रममा घाँटीमा दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । गए राति लिची खाँदा बालकको घाँटीमा दाना अड्किएपछि उपचारको लागी सिन्धुली अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो । प्रहरी उपरीक्षक चिरञ्जीवी दाहालले अस्पतालबाट बालकको लिचीको दाना अड्किएर मृत्यु भएको खबर प्राप्त भएको बताए ।...
पूर्वी र मध्य भु–भागमा मनसुनको प्रभाव, पश्चिमी तराईमा तातो हावा

पूर्वी र मध्य भु–भागमा मनसुनको प्रभाव, पश्चिमी तराईमा तातो हावा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ । नेपालमा मनसुन भित्रिसकेको अवस्थामा पूर्वी र मध्य भु–भुगमा मात्रै प्रभाव छ भने पश्चिमी तराईमा फैलन सकेको छैन । मनसुन भित्रिएको तीन दिन भईसक्दा पनि पश्चिम तराईका जिल्लामा भने तातो हावा र लुको अवस्था छ । नेपालमा यस बर्ष जुन १४ तारिखमा भित्रिएको मनसुन पूर्व र मध्य नेपलामा मात्रै केन्दित छ भने पश्चिम तर्फ सर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकोले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी कायम रहेकोले अझै केही दिन गर्मी नै हुने देखिएको उनले बताए । आज दिउँसो कोशी प्रदेश लग...
चार महिनाको उपचार पश्चात स्वदेश फर्किए बर्षमान पुन

चार महिनाको उपचार पश्चात स्वदेश फर्किए बर्षमान पुन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ । चीनमा ४ महिनाको उपचार पश्चात नेकपा माओवादी केन्द्रका उपमहासिचव वर्षमान पुन स्वदेश फर्किएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् । पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । पुनलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदीलगाएतका नेताहरु विमानस्थलमा पुगेका थिए । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो। उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १।५ देखि ८...