Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिगको फाईनलमा

गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिगको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १४ । गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । सोमबार भएको दोस्रो सेमिफाईनलमा गाईघाट फुटबल क्लबले नव प्रभात नेपाल पोर्ताहालाई २–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । गाईघाटका लागी जर्सि नं १२ का संदिप लिम्बुले दुई गोल गरे । उनले खेलको १६ र ५५ औं मिनेटमा गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच सोही जर्सि नं १२ का संदिप लिम्बु भए । अब उपाधिका लागी गाईघाट फुटबल क्लब र फ्युजन फुटबल क्लब बोक्से बिच प्रतिष्पर्धा हुनेछ । फाईनल खेल बुधबार हुनेछ । लिग विजेताले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।...
उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा एकजना पक्राउ

उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १४ । उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल मझुवागढी नगरपालिका वडा नं. १७ बस्ने २६ बर्षीय अर्जुन प्रधान रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जेठ १० गते त्रियुगा नगरपालिका–१२ स्थित सोनापुरबाट घरमा पार्किङ गरी राखेको प्रदेश नं १–०५–००१ प २४६० नं. को पल्सर मोटरसाईकल चोरी भएको थियो । उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा जेठ ११ गते त्रिनपा–११ इनार चोक स्थित वर्कशपमा मर्मत गराउन ल्याएको क्रममा फेला पारेको डिएसपी चापागाईले बताए । मोटरसाईकल फेला परेसँगै चोरीमा संलग्न प्रधानलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोटरसाईकल चोरी आरोपमा पक्राउ परेका प्रधान विगतमा समेत चोरीमा संलग्न रहेको अनुसन्धाबाट खुलेको डिएसपी चापागाईले बताए । प्रधानको सम्बन्धमा जिल्ला प्रहर...
केन्द्रले गरेको सदस्यता सुद्धिकरण निर्णयबारे पत्रकार महासंघ उदयपुरको आपत्ति

केन्द्रले गरेको सदस्यता सुद्धिकरण निर्णयबारे पत्रकार महासंघ उदयपुरको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ जेष्ठ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे उदयपुर शाखाले असन्तुष्टि जनाएको छ । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको हो । नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै महासंघमा तालानै लगाईएको छ । उनिहरुले यदि सुुद्धिकरणबारे बिचार नगरे आशन्न महासंघको चुनावमा समेत भाग नलिने जनाएको छ । उदयपुर शाखा स्थित प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, किरात पत्रकार महासंघ र तामाङ पत्रकार महासंघ लगायतका संगठन तथा संस्थाहरुको एक्यैबद्धतामा ताला लगाईएको हो ।...
आईपिएलको उपाधि कोलकातालाई

आईपिएलको उपाधि कोलकातालाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आईतबार भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सनराइजर्स हैदराबादले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताका लागी वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६–६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो । हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडे...
फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको फाईनलमा

फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको फाईनलमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १३ । फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको फाईनलमा पुगेको छ । आईतबार दिउँसो भएको पहिलो सेमिफाईनलमा फ्युजन फुटबल क्लब बोक्सेले एकता युवा क्लब बेल्टारलाई १–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । पहिलो हाफको २ मिनेटको अतिरिक्त थप समयमा जर्सि नं ९ का रोहन राईले हेडिङ मार्फत गरेको गोल नै फ्युजन फुटबल क्लब बोक्सेको जितको लागी निर्णायक गोल बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच फ्युजनका रोहन राई भए । अब फ्युजनले भोली हुने फुटबल क्लब गाईघाट र नव प्रभात नेपाल पोर्ताहाबिचको विजेतासँग बुधबार उपाधिका लागी प्रतिष्पर्धा गर्नेछ । लिग विजेताले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।...
आन्तरिक रोजगारीलाई बढावा दिन सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

आन्तरिक रोजगारीलाई बढावा दिन सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

Breaking News 2, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ आन्तरिक रोजगारीलाई बढवा दिन सातै प्रदेशमा 'श्रमाधान रोजगार मेला' आयोजना गरिएको सरकारले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द रिजालले दीर्घकालीन रूपमा आन्तरिक रोजगारीलाई बढावा दिन श्रमाधान रोजगार मेला आयोजना गरिएको बताएका हुन् । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उदेश्यले मेला आयोजना गरिएको उनले बताए । 'मेलाको मुख्य उदेश्य भनेको रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजाने हो । त्यस्तै सीप तथा क्षमता विकासका सम्भावना र त्यसका उपयोगको बारेमा तालमेल गर्ने र समग्रमा हामीले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि भूमिका खेल्ने उद्देश्य हो,' उनले भने । मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु हुने अपेक्षा मन्त्रालयको छ । 'यसपटकको रोजगार मेलामा जत...
कर कार्यालय गाईघाटले दश महिनामै उठायो ३८ करोड बढी राजश्व, बिभागको तार्गेटमा पनि उत्कृष्ट प्रदर्शन

कर कार्यालय गाईघाटले दश महिनामै उठायो ३८ करोड बढी राजश्व, बिभागको तार्गेटमा पनि उत्कृष्ट प्रदर्शन

Breaking News 1
पूर्णपुष्टि, १३ जेष्ठ । करदाता सेवा कार्यालय गाईघाटले १० महिनामा ३८ करोड बढी राजश्व संकल गरेको छ । कार्यालय प्रमुख राम राईका अनुसार २०८० को श्रापण महिनादेखी ÷२०८१ को बैशाख महिना सम्ममा ३८ करोड ५२ लाख ४० हजार राजश्व सकलन गरेको हो । कार्यालयले आयकर तर्फ २१ करोड ५८ लाख १४ हजार, मुल्य अभिबृद्धि कर तर्फ १५ करोड ९३ लाख ९७ हजार र अन्त शुल्क तर्फ १ करोड ३९ लाख ८४ हजार राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले आन्तरिक राजश्व बिभागले दिएको तार्गेटको समेत राम्रो प्रदर्शन गरेको छ । बिभागले दिएको १३ ओटा सूचककमा कार्यालयले राम्रो प्रदर्शन गरेको हो । कार्याले बिभागको जिम्मेवारीलाई झण्डै सय प्रतिशतको हाराहारीमा प्रदर्शन गरेको छ । बिभागले दिने सूचकहरुलाई सक्दो सम्म सबैखाले तार्गेटहरुलाई उत्कृष्ट प्रदर्शनमा जोड दिईएको प्रमुख राईको भनाई छ । कार्यालयले राजश्व संकलनमा आयकर तर्फ ७२ प्रतिश, मु. अ. कर तर्...
त्रिनपामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

त्रिनपामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको त्रियुगा नगरपालिकामा मेडिकल कलेज स्थापना गरिने बताउनु भएको छ । मेडिकल कलेज स्थापनाको माग सहित प्रधानमन्त्रीलाई भेट गर्न सिंहदरबार पुगेको त्रिनपाको प्रतिनिधी मण्डलसँग प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरमा यसअघिनै मेडिकल कलेज स्थापना गर्ने निर्णय भईसकेको बताउनु हुदै त्रियुगा नगरपालिकाले प्रस्तावगरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताउनु भयो । त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण गर्न आउनु भएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुने स्पष्ट पार्नु भयो । प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्न कुनै समस्या नरहे...
प्रेस सेन्टर उदयपुरद्धारा विरामीलाई फलफुल वितरण

प्रेस सेन्टर उदयपुरद्धारा विरामीलाई फलफुल वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरेको छ । जिल्ला अस्पताल उदयपुरमा रहेका करिब ४० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । सेन्टरका जिल्ला इन्चार्ज महेश्वर चाम्लीङ पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष सेनानी हरिकुमार राई लगायतको उपस्थितिमा फलफुल बितरण गरिएको हो । अस्पतालको समन्वयमा बिरामीहरुलाई फलफुल प्रदान गरिएको सेन्टरका जिल्ला अध्यक्ष शुपराज राईले जनाए । हरेको बर्ष सेनको स्मृतिलाई यसरीनै सामाजिक तथा नयाँ काम गर्दै मनाईने गरिएको अध्यक्ष राईले जनाए । कृष्ण सेन इच्छुकलाई पत्रकारिता गर्ने शिलशिलामा हत्या गरिएको थियो ।...
प्रहरीमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने १ जना पक्राउ

प्रहरीमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १२ । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् । पक्रा्रउ पर्नेमा मोरङको कटहरी गाउँपालिका(३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार पासवानले मोरङको कटहरी गाउँपालिका–५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेका थिए । उक्त सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।...