Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबलाई

उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बुधबार भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । गाईघाटलाई जित दिलाउन जर्सि नं १२ का संदिप लिम्बुले खेलको ८३ औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच संदिप लिम्बु बने । गाईघाट फुटबल क्लबले नगद रु. ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले पुरस्कार हस्ताण्तरण गरेका हुन् । उपविजेता फ्युजन फुटबल क्लब बोक्सेले नगद रु. ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट गोलकिपर फ्युजन फुटबल क्लब जर्सि नं ३२ का आशिष बुर्जा मगर भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गा...
गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धि अन्तरक्रिया

गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धि अन्तरक्रिया

Breaking News 1
पूर्णपुष्टि, १६ जेष्ठ । गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धी एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । छैँठौ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसर पारी एसिड प्रहार र महिला अधिकारको सवालमा जनचेतामुलक अन्तरक्रिया कार्यक्रम भएको हो । सघिय सांसद विन्दावासीनी कंसकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महिला संघ संस्थामा आवद्ध निकाय महिला जनप्रतिनिधि, पिछडीएका महिलाहरुको ब्यापक उपस्थितिमा कार्यक्रम भएको हो । “हाम्रो अभियान, आत्मनिर्भर छोरीको सम्मान” हरेक घर हरेक पालिका हुनु पर्छ साहसी बालिका जस्ता ब्यवहारिक नारा सहित अन्तरक्रिया गरिएको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग, आभासा राष्ट्रिय अभियान र मदिना मञ्जरी फाउण्डेसन नेपालको समन्वयमा कार्यक्रम गरिएको थियो । अन्तरक्रियामा एसिड प्रहार र महिला अधिकारको बिषयमा बृहत छलफल गरिएको थियो ।...
मदनभण्डारी आँखा अस्पतालमा तीन कैदीबन्दीसहित ७६९ जनाको निःशुल्क सल्याक्रिया

मदनभण्डारी आँखा अस्पतालमा तीन कैदीबन्दीसहित ७६९ जनाको निःशुल्क सल्याक्रिया

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १६ । मदनभण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले १९ औं गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागारको तीनजना कैदीबन्दीसहित ५५ जनाको आँखाको सल्याक्रिया भएकोमा आज विहान सबैको आँखाको पट्टी खोलिएको छ । आँखाको पट्टी खोलिएसंगै सबैजनाले आँखामा ज्योती पाएका छन् । नेकपा एमाले उदयपुरका अध्यक्षसमेत रहेका राउत, एमाले नेता ईश्वरमणी राउत र नेपाल रेडक्रस साेसाईटी उदयपुरका सभापति मदनराज कटुवालले पट्टि खाेलिदिए । आज थप ३० जनाको सल्याक्रिया रहेको जनाइएको छ । अस्पतालको आफ्नै उपचार कक्षमा सल्याक्रिया भएको हो । आर्थिक अभावले सल्याक्रिया गर्न नसकेका आमाबुवालाई लक्षित गरी विभिन्न आँखा शिविर जिल्लामा सञ्चालन गरी त्यसबाट छनौट भएकाहरुलाई सल्याक्रिया गरिएको हो । केही दिनअघि जिल्ला कारागारमा पनि आँखा शिविर सन्चालन गरिएको थियो । पैसा नभएको अवस्थामा रोग पालेर बस्न नपरोस् भनेर हस्पिटलले आफैले दाताहरुसंग रकम संक...
चट्याङले साउनेमा  एक जनाको मृत्यु

चट्याङले साउनेमा एक जनाको मृत्यु

Breaking News 1
पूर्णपुष्टि १६ जेष्ठ संगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ५६ को सर्बधन राई रहेको छ । उनको बुधबार दिउँसो बर्सादसँगै परेको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष हिमरमज मगरले बताए । वडाअध्यक्ष मगरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । हाल उनको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।...
लिम्चुङबुङमा बाँसको सामाग्री बनाउने १ महिने तालिम सम्पन्न

लिम्चुङबुङमा बाँसको सामाग्री बनाउने १ महिने तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकामा बाँसबाट निर्माण सामाग्रीको एक महिने तालिम सम्पन्न भएको छ । बैशाख १५ देखी सुरु गरिएको उक्त तालिम जेष्ठ १५ गते औपचारिक रुपमा सम्पन्न भएको हो । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा लिम्चुङबुङ गाउँपालिकाको समन्वयमा तालिम संञ्चालन भएका थिए । तालिममा करिब १८ जना सहभागीहरु बाँसबाट सामाग्री उत्पादन गर्न पोख्त बनेका छन् । तालिमलाई पूर्व प्रहरी समेत रहेका बाँस सामाग्री उद्यमी चम्पक राईले सहजीकरण गरेका थिए । राईले भाटा, जरा र चोयाको आईटम निर्माण गर्न सिकाएको छ । बिषेशगरी जराबाट सजावतका सामाग्री निर्माण गरिएको छ भने चोया र भाटा बाट भने प्रयोगमुखी र सजावटका सामाग्रीहरु निर्माण गरिएको छ । पेन होल्डर, चुरु स्टेन्ट, डालो लान्लो, कुर्सि, टेवुल, mपोटो फ्रेम लगायतका सामाग्री ...
गणतन्त्र दिवसमा उदयपुरका सहिद परिवार, जेल भाेगेका र जग्गादातालाइ सम्मान

गणतन्त्र दिवसमा उदयपुरका सहिद परिवार, जेल भाेगेका र जग्गादातालाइ सम्मान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । नेकपा माओवादी (केन्द्र) त्रियुगा नगरले १७ औं गणतन्त्र दिवसको अवसरमा शहिद परिवार, जेलबन्दी र जग्गादातालाई सम्मान गरेको छ । शहीद परिवारहरुलाई सम्मान गरिएको थियो । शहिद घनश्याम खड्काका दाइ टेकेन्द्र खड्का, प्रकाश खड्काका दाजु ज्ञानेन्द्र खड्का, डम्बरबहादुर कार्कीको दिदि दुर्गा कार्कीलाई सम्मान गरेको हो । त्यसैगरी जनयुद्धकालमा जेलबन्दी जीवन विताएका प्रेस सेन्टर नेपाल उदयपुरका संस्थापक अध्यक्ष तथा केन्द्रिय सदस्य हरिकुमार राई, दानी प्रसाद चौधरी, दुर्गा कार्की, मैया खड्का र रुक्मीनी खड्कालाई सम्मान गरेको हो । त्यसैगरी पार्टीको कार्यालयका लागि जग्गादाताहरु दानीप्रसाद चौधरी र मोहम्मद जिब्राइल मियालाई पनि सम्मान गरेको हो । चौधरीले जिल्ला पार्टी कार्यालयका लागि एक कठ्ठा जग्गादान गरेका थिए भने मियाँले १२ नं. वडा पार्टी कार्यालयका लागि पाँचधुर जग्गादान गरेका थिए । पार्टी कार्या...
कोशी प्रदेशमा ‘श्रमाधान रोजगार मेला’को भव्य तयारी, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कोशी प्रदेशमा ‘श्रमाधान रोजगार मेला’को भव्य तयारी, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १५ । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनरबाट जेठ १७ गते शुभारम्भ हुनेछ । कोशी प्रदेशबाट आरम्भ हुने मेलाको भव्य कार्यक्रमबीच मंगलबार बिहान ११स्०० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता व...
अभिकर्ताहरुमा प्रेरणा जगाउँदै नेशनल लाईफ गाईघाट

अभिकर्ताहरुमा प्रेरणा जगाउँदै नेशनल लाईफ गाईघाट

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । नेशनल लाईफ गाईघाटले अभिकर्ताहरुको क्षमता अभिबिद्धि गर्न प्रेरणा जगाउने काम गरेको छ । मंगलबार गाईघाट स्थित रत्न रिसोर्टमा गाईघाट शाखाको आयोजनामा एक दिने मोटिभेशनल (प्रेरणा) कार्यक्रम संञ्चालन गरिएको थियो । करिब २ सयको हाराहारीमा उपस्थित अभिकर्ता तथा अन्य व्यक्तिहरुलाई नेपालका चर्चित मोटिभेशनल पर्सन सउनक भट्टले प्रेरणा जगाएको छ । भट्टले उपस्थितहरुलाई आफ्नो भोगाई र अनुवभ सँग जोडेर सफलताको लागि आफुमा सकरात्मक परिवर्तन हुनु पर्ने जनाएको छ । मान्छेहरु सफल हुन खोज्ने तर परिवर्तन र प्रयासहरु भने नगर्ने हुँदा आफु पहिलेको भन्दा फरक वन्न नसकिने भट्टको टिप्स थियो । उनिले अवस्था र परिस्थितिमा जस्तो पनि परिवर्तन गर्न सक्ने मान्छेले अन्य समय आफुलाई परिवर्तन गर्नै नसकिरहेको जनाए । नेशनल लाफई गाईघाट शाखाले आयोजना गरेको कार्यक्रममा आफु प्रेरणाको स्रोत बन्न मात्रै नआएको र यहाँ...
समाजसेवी रेग्मीद्वारा रेडक्रस रक्त सञ्चारलाई रेफ्रिजेरेटर प्रदान

समाजसेवी रेग्मीद्वारा रेडक्रस रक्त सञ्चारलाई रेफ्रिजेरेटर प्रदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १५ । समाजसेवी जनार्दन रेग्मीले नेपाल रेडक्रस साेसाइटी उदयपुरकाे रक्त रञ्चार सेवालाई रेफ्रिजेरेटर (फ्रिज) सहयाेग प्रदान गरेका छन् । गणतन्त्र दिवसकाे अबसर पारेर समाजसेवी रेग्मीले रेडक्रस कार्यालयलाई रेफ्रिजेरेटर प्रदान गरेका हुन् । रक्तदानबाट संकलित रगतलाई सुरक्षित राख्न रेफ्रिजेरेटर आवश्यकता थियाे । निबर्तमान प्रदेश सांसद अम्विका थापाले रेफ्रिजेरेटरमा रगत राखेर कार्यक्रमकाे उद्घाटन गर्नुभयाे । कार्यक्रममा निबर्तमान प्रदेश सांसद बिमल कार्की, विभिन्न पार्टी प्रतिनिधि, उद्याेग वाणिज्य लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधि, पत्रकारहरुकाे सहभागिता थियाे ।...
गणतन्त्र दिवसको अवसरमा गाईघाटमा फलफुल वितरण तथा सरसफाई

गणतन्त्र दिवसको अवसरमा गाईघाटमा फलफुल वितरण तथा सरसफाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । गणतन्त्र दिवको अवसरमा उदयपुरमा सरसफाई तथा फलफुल वितरण गरिएको छ । जिल्ला मुल समारोह समिति उदयपुरको आयोजना तथा जिल्ला समन्वय समिति उदयपुर, जिल्ला अस्पताल उदयपुर र कर्मचारी मिलन केन्द्रको समन्वयमा गणतन्त्र दिवस २८१ लाई सरसफाई र फलफुल वितरण गरी भव्य रुपमा मनाईएको हो । कार्यक्रममा नगर, प्रदेश र संघका कर्मचारीहरु, जनप्रतिनिधिहरु, स्वास्थयकर्मीहरु, बुद्धिजिवी, समाजसेवी र स्थानीयहरुको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको हो । सरकारी कार्यालय तथा अस्पताल परिसरमा सरसफाई गरिएको समन्वय प्रमुख गौर बहादुर विश्वकर्माले जनाए । गणतन्त्र दिवस कसरी मनाउने भन्ने बिषयमा समन्वय समितिकै अगुवाईमा सरोकारवालाहरु सँग छलफल गरी सरसफाई र फलफुल वितरणको साथमा दिवस मनाईएको बिश्वकर्माले जनाए । सरसफाई सँगै जिल्ला अस्पताल उदयपुरका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको छ ।...