Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

नव प्रभात नेपाल पोर्ताहा उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

नव प्रभात नेपाल पोर्ताहा उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ११ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा नव प्रभात नेपाल पोर्ताहा पुगेको छ । शुक्रबार भएको समुह चरणको अन्तिम खेलमा नव प्रभात नेपाल पोर्ताहाले आदर्श युवा क्लब उदयपुरगढीलाई ३–० गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ७९ औं मिनेटमा जर्सि नं २ का डेविट चौधरीले फ्रिकिक मार्फत गोल गर्दै पोर्ताहालाई आग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा जर्सि नं १५ का आशिष थारुले गोल गर्दै पोर्ताहाको आग्रता दोब्बर बनाए भने अतिरिक्त समयको ९४ औं मिनेटमा जर्सि नं ६ का सम्बिधान राईले डि बक्स बाहिरबाट फ्रिकिक मार्फत पोर्ताहाका लागी तेस्रो गोल गरे । यस जितसँगै ४ अंक सहित समुह ख को उपविजेता बन्दै पोर्ताहा सेमिफाईनल पुगेको हो । यसअघि समुह क बाट गाईघाट समुह विजेता र बेल्टार उपविजेता बन्दै सेमिफाईनलमा पुगेको छ भने समुह ख बाट फ्युजन फुटबल क्लब बोक्से समुह विजेता बन्दै सेमि...
क्षतीपुर्ति नदिए बिद्युत प्राधिकरण घेर्ने स्थानीयको चेतावनी

क्षतीपुर्ति नदिए बिद्युत प्राधिकरण घेर्ने स्थानीयको चेतावनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ बशाख । बैशाख १६ गते त्रियुगा नगरपालिका वडा नं ११ मित्र टोल स्थित १० बर्षिया बालिका निशा खड्कालाई बिद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेको भन्दै पिडित परिवारले क्षतीपूर्तिको माग गरिरहेको छ । बैशाख १६ गते करिब ६ बजेको समयमा छिमेकी हरी नारायण शाहको घरको छतमा खेल्दै गरेको अवस्थामा घरको छत नजिकै रहेको नाँगो तार हावाले लतारेर ल्याई करेन्ट लागेको पिडित परिवारले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएकी निशाको जिल्ला अस्पताल उदयपुर, नोवेल बिराटनगर हुँदै हाल काठमाण्डौँ स्थित कृतिपुर हस्पिटलमा उपचार भैरहेको घाईतेकी बाजे भिम बहादुर खड्काले जनाए । प्राधिकरणले तारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न नसक्दा घटना घटेको स्थानीयहरुको आरोप छ । मित्र टोल स्थित छिमेकी शाहको घरको छत नजिकै नाँगो तार अव्यवस्थित अवस्थामा रहेको छ । स्वयम शाह आफैले बाराम्वार प्राधिकणलाई पोल सार्न मौख...
छुट्टीएको बजेट काटिएपछि अलपत्र चुहाडेको साकेला थान

छुट्टीएको बजेट काटिएपछि अलपत्र चुहाडेको साकेला थान

Breaking News 2, मनोरञ्जन
पूर्णपुष्टि, ११ जेष्ठ । चुहाडेमा साकेला थान व्यवस्थित गर्न बजेट आवश्यक देखिएको छ । प्रदेश सांसद हिमाल कार्कीले छुटाएको १० लाख बजेट सरकार परिवर्तनले असर पारेको छ । कांग्रेस गुटका कारण सेर बहादुर पक्षका कार्कीले छुट्टाएको बजेट शेखर पक्षको मुख्यमन्त्री केदार कार्की आए सँगै बजेट काट्ने काम भएको स्थानीयहरुले जनाएको छ । स्थानीय दिल वहादुर राईका अनुसार संस्कृतिलाई राजनितिकरण गरिएको जनाए । भोट हालेर जिताएको सांसद मेयरहरुको राजनितिकरण कारणनै साकेला थानको लागि छुटिएको रकम काटिएको राईको भनाई छ । बहु सांस्कृति बहुपहिचान भएको देशमा संस्कार सस्कृति बचाउन नेताहरुको राजनितिकरणले असर पारेको जनाए । नेपाललाई संस्कृतिकरण गर्न जोड गर्नु पर्नेमा उल्टै बजेट कटाएर निरुत्साह गर्ने राजनितिले दुखि बनाएको चुहाडेका किरात समुदायहरुले गुणासो गरेको छ । उनिहरुले यस स्थानलाई बजेट बिनियोजन गरि व्यवस्थि ठाउँ बनाउन नेताहरुमा...
उदयपुरमा यसरी सुरु भयो साकेला उभौली

उदयपुरमा यसरी सुरु भयो साकेला उभौली

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ जेष्ठ । उदयपुरमा साकेला उभौली सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाट साकेला थान लगायत बिभिन्न स्थानमा सिकारी पुजा सहित साकेलाको औपचारिक सुभारम्भ भएको हो । यो पर्व बिषेश गरी किरात समुदायहरुले मनाउने गर्छ । बिषेशगरी पूर्वमा वसोवास भएको किरात समुदायहरुले भुमि पुर्खाको पुजाआजा सहित साकेला मनाउँने गर्छ । उदयपुरको गाईघट, कटारी, बेलका रामपु र चौदण्डीगढी बेल्टारमा बिहिबार सिकार पुजा गर्दै उभौली साकेलाको स्वागत गरेको हो । गाईघाट स्थित त्रियुगा नगरपालिकामा यो पटक पनि साकेला उभौलीलाई भव्य र सभ्य रुपमा मनाईने आयोजकले जनाएको छ । ११, १२ र १३ वडा कमिटी अध्यक्ष सर्वधन राईका अनुसार सबै प्रारम्भीक कमिटीहरुलाई तालिका बनाएर साकेला नाचबारे जानकारी गराईसकेको जनाए । बिहिबार आआफ्नै थानमा सिकारी पुजा आजा गरी साकेलाको सुभारम्भ गरिएको अध्यक्ष राईको भनाई छ । यस्तै चुहाडेमा पनि सिकारी पुजाको साथमा ...
उदयपुर ए डिभिजन लिग : बगाहामाथि गाईघाटको ९ गोल

उदयपुर ए डिभिजन लिग : बगाहामाथि गाईघाटको ९ गोल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ११ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा फुटबल क्लब बगाहामाथि फुटबल क्लब गाईघाट विजयी भएको छ । शुक्रबार बिहान भएको समुह चरणको अन्तिम खेलमा फुटबल क्लब बगाहालाई फुटबल क्लब गाईघाटले १ गोलको विरुद्ध ९ गोल गरेको हो । गाईघाटका लागी जर्सि नं ११ का प्रविन राईले ५ गोल गरे । उनले खेलको ९, २३, ५५, ७० र ८५ औं मिनेटमा गोल गरे । जर्सि नं १२ का सन्दिप लिम्बुले २ गोल गरे । उनले खेलको ५० र ८५ औं मिनेटमा गोल गरे भने संजय घर्ती र सुब राज थापाले १–१ गोल गरे । त्यस्तै बगाहाका लागी जर्सि नं ९ का भोजराज बस्नेतले सान्त्वना गोल गरे । यस जित सँगै फुटबल क्लब गाईघाटले एकता युवा क्लब बेल्टारलाई पछि पार्दै समुह क को शिर्ष स्थानमा उक्लिएको छ । बेल्टार र गाईघाटको समान ७–७ अंक र समान ९–९ गोल छ भने समुह चरणको खेलमा एउटा पनि कार्ड नखाएको गाईघाट शिर्ष स्थानमा उक्लिएको हो । यस अघि बेल्टारले एउटा रात...
बेल्टार र गाईघाट उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

बेल्टार र गाईघाट उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुर ए डिभिजन लिगको सेमिफाइनलमा समुह क बाट एकता युवा क्लब बेल्टार र फुटबल क्लब गाईघाट पुगेको छ । बुधबार बिहान भएको समुह चरणको अन्तिम खेलमा साथी समुह कटारीलाई एकता युवा क्लब बेल्टारले १–७ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । बेल्टारका लागी जर्सि नं २३ का जस बहादुर राईले ह्याट्रिक गोल गरे । उनले खेलको ४०, ४५ र ८१ औं मिनेटमा गोल गरे । त्यस्तै जर्सि नं १० का सचिन खड्काले दुई गोल गरे । उनले खेलको ३७ र ६१ औं मिनेटमा गोल गरे । जर्सि नं १३ का मिलन राईले ५८ औं र जर्सि नं ११ का अनिस बस्नेतले खेलको ५९ औं मिनेटमा एक–एक गोल गरे भने साथी समुह कटारीका लागी जर्सि नं ९ का अमर थापा मगरले सान्त्वना गोल गरे । यस जितसँगै बेल्टार समुह क मा ७ अंक सहित शिर्ष स्थानमा रहँदै सेमिफाईनल पुगेको छ । समुह चरणको दुई खेलमा हार र एक खेल जितेको साथी समुह कटारी ३ अंक सहित त...
विद्यार्थीको अश्लील तस्वीर बनाएर पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीको अश्लील तस्वीर बनाएर पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १० । भक्तपुरस्थित एक स्कुलका शिक्षकलाई विद्यार्थीको नक्कली अश्लील तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विज्ञान विषयका शिक्षक अतुल प्रजापती रहेका छन् । विद्यालयकी पूर्वविद्यार्थी अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ । यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो । उक्त जाहेरी पश्चात प्रहरीको साइबर ब्यूरोले प्रजापतीलाई पक्राउ गरेको हो । ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार पक्राउ परेपछि उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट साधा...
उदयपुरमा आजदेखी उभौली पर्व मनाईदै

उदयपुरमा आजदेखी उभौली पर्व मनाईदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुरमा आजदेखी भुमिपुजक किराँत राई समुदायको उभौली पर्व मनाउँदै छ । जिल्लाको विभिन्न पालिकाभित्र बसोबास गर्दै आएका किराँत राई समुदायले आज (बैशाख शुक्ल पूर्णीमा) मा आ–आफ्नो भूमेस्थानमा सिकारी पुजा गरी उभौली पर्व मनाउने र चण्डी नाच नाच्न सुरु गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका लगायतका किराँत राई समुदायले साकेला नाच्दै उभौली पर्व मनाउन सुरु गरेको हो । विभिन्न नगरपालिका भित्रका किराँत राई समुदायले विभिन्न वडामा साकेला नाच्दै उभौली पर्व मनाउन सुरु गरेका छन् । बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने कि...
फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ९ ।  उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा एक खेल अगावै फ्युजन फुटबल क्लब बोक्से सेमिफाईनलमा पुगेको छ । बुधबार भएको समुह चरणको दोस्रो खेलमा फ्युजन फुटबल क्लब बोक्सेले नव प्रभात नेपाल पोर्ताहालाई २–० गोल अन्तरले हराएसँगै समुह ख बाट सेमिफाईनल पुग्ने पहिलो टोली बनेको हो। खेलको ६४ औं मिनेटमा जर्सि नं ९ का रोहन राईले गोल गर्दै फ्युजनलाई आग्रता दिलाएका थिए भने एक गोल उपहार पाएको थियो । खेलको ८२ औं मिनेटमा पोर्ताहाका जर्सि नं ४ का योगेश कार्कीले आत्मघाती गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच जर्सि नं ९ का रोहन राई बने । समुह चरणको पहिलो र दोस्रो खेलमा जित निकालेको फ्युजन ६ अंक सहित शिर्ष स्थानमा रहँदै सेमिफाईनलमा पुगेको हो । फ्युजनले समुह चरणको अन्तिम खेल भोली लालिगुराँस नव युवा क्लब भागलपुरसँग खेल्नेछ । त्यस्तै एक खेलमा हार र एक खेलमा बराबरी खेलेको आदर्श युवा क्लब ...
१६ नं वडाको दुई सिचाइ कुलो मर्मतले २२५ घर परिवार लाभान्वीत

१६ नं वडाको दुई सिचाइ कुलो मर्मतले २२५ घर परिवार लाभान्वीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ मा दुई सिँचाई योजनाको उद्घाटन भएको छ । वडामा रहेको बगरखेत सिचाई कुलो मर्मत र जाँते सिँचाई कुलो मर्मत योजना सम्पन्न सँगै उद्घाटन भएको हो । एकै पटक उद्घाटन गरिएको सिँचाई योजना संञ्चालनमा समेत आईसकेको छ । बुधबार बिहान त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले मर्मत सम्मन्न योजनाको उद्घाटन गरेको हो । वडा अध्यक्ष मान वहादुर राईले सिँचाई योजना मर्मत पछि स्थानीय कृषकहरुलाई ठुलो राहत मिलेको जनाए । राईका अनुसार उक्त सिँचाई मर्मत बाट २२५ घर परिवार लाभान्वीत बनेको छ । करिब ५० बिगाहा जमिनलाई उत्पादनमुखी बनाउन यस सिँचाई योजनाले मदत गरेको अध्यक्ष राईको भनाई छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा वडा सदस्य गोमा कार्की, कुन्ता परियार, घमान सिंह राई, रामनारायण श्रेष्ठ, वडा सचिव महेश खनाल, स्थानीय शिक्षक कुमार राई लगायत बुद्धिजिवी...