Friday, August 7News That Matters

Month: २ वर्ष अगाडि

सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ । सन नेपाल लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले घातक रोग वापतको रकम हस्ताण्तरण गरेको छ । बुधबार बेलका नगरपालिका–३ निवासी ४८ बर्षीय चित्र नारायण श्रेष्ठले घातक रोग वापत दावी भुक्त्तानी ३ लाखको चेक प्राप्त गरेका हुन् । श्रेष्ठलाई सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाट शाखाका प्रमुख बालकुमार राईले चेक हस्ताण्तरण गरेका थिए । उक्त्त कार्यक्रममा गाईघाट शाखाका प्रमुख बालकुमार राई, धरान शाखाका प्रमुख वेद कुमार खत्री, अभिकर्ता महेन्द्र कुमार राई, गंगा श्रेष्ठ र राजेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।...
लागुऔषध कारोबार गर्ने भारतीय नागरिकमाथि गोली प्रहार

लागुऔषध कारोबार गर्ने भारतीय नागरिकमाथि गोली प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । मोरङको रतुवामाई नगरपालिका–६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ बर्षीय भगिरथ हरिजन रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगका अनुसार लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले हरिजनलाई बुधबार दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो । BR 38Q 3830 नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीमाथि नै गोली प्रहार ...
माओवादी मजदुर पार्टीद्धारा काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन

माओवादी मजदुर पार्टीद्धारा काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरमा माओवादी मजदुर पार्टीले काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन गरेको छ । त्रियुगा नगरपालिका वडा नं ११ स्थित पिपल चोकमा माओवादी मजदुर पार्टी केन्द्रिय संगठन समिति उदयपुरले काला बजारी भष्ट्रचारी अन्त गर भन्दै विरोध प्रदर्शन गरेको हो । गत बैशाख २५ गते माओवादी मजदुर पार्टी केन्द्रिय संगठन समितिले देशमा भ्रष्टचार, कालाबजारी, कर चुहावट भएको भन्दै विरोध प्रदर्शन गरेको केन्द्रिय महासचिव हिमाल सिंह राईले बताए । विरोध प्रदर्शनमा माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राई, केन्द्रिय सदस्य जगत कटुवाल, प्रदिप फुयाल, उर्मिला राई र जिल्ला सदस्य कुमारी परियार लगाएतको उपस्थिति रहेको थियो ।...
थ्रीएम ब्रदरहुड युवा समूहद्धारा मोतिगडामा जेब्रा क्रसिङ निर्माण

थ्रीएम ब्रदरहुड युवा समूहद्धारा मोतिगडामा जेब्रा क्रसिङ निर्माण

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा ‘थ्रीएम ब्रदरहुड’ युवा समूहले जेब्रा क्रसिङ निर्माण सुरु गरेको छ । जिल्लामा अत्याधिक सवारी दुर्घटना बढेको भन्दै स्थानिय युवाहरुले जेब्रा क्रसिङ निर्माण सुरु गरेको हो । थ्रीएम ब्रदरहुडका संयोजक वीरसबाबु शाहीले सुरुवाती चरणमा मोतिगडा चोक आसपास बिभिन्न ४ ठाउँमा जेब्रा क्रसिङ निर्माण भइरहेको बताएका छन् । पछिल्लो समय सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या अस्वभाविक रुपमा बढेपछि न्यूनीकरणका लागि स्थानीय युवाहरुलाई जेब्रा क्रस निर्माण गर्न स्थानीय स्ट्यान्डर्ड भिजन इन्टरनेशनल एकेडेमीले रङलगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो । जेब्रा क्रसिङ निर्माणमा त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष तीलकबहादुर कटुवाल, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष देवराज राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट ट्राफिक प्रहरी हवल्दार भुवन...
राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १ । राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सहमती जनाएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध सृजना नगर्ने र त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संघीय संयुक्त बैठकमा भाग लिने र राष्ट्रपतिको सम्बोधन सनेपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने जनाकारी दिए । संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन नगरे त्यो बैठक अवरुद्ध गर्...
भारतमा उपचार गरी घर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परी युवतीको मृत्यु

भारतमा उपचार गरी घर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परी युवतीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १ । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरी घर फर्किएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छिन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति सकुशल रहेको छ भने एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।...
जंगलमा सडेकाे अबस्थामा शब फेला

जंगलमा सडेकाे अबस्थामा शब फेला

Breaking News 1
पूर्णपुष्टि, जेठ १ । उदयपुरकाे त्रियुगा नगरपालिका वार्ड न ६ जलजले स्थित राजदेबी सामुदायिक बन क्षेत्रमा एक पुरुषकाे शब सडेकाे अबस्थामा आज फेला परेकाे छ ।  रातोमाटेडाँडा भन्दा १ घन्टा परको दुरिमा सडिसकेको अबब्स्थामा पुरुषको शब फेला परेको हाे । स्थानीयहरुका अनुसार शबकाे पहिचान खुलेकाे छैन । घटना बारे प्रहरीले अनुसन्धान थालेकाे छ ।...
अनियमितरुपमा शिक्षक नियुक्ती बदर

अनियमितरुपमा शिक्षक नियुक्ती बदर

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ १ । त्रियुगा नगरपालिका ५ दमौटिस्थित जनता माध्यामिक विद्यालयले नियम मिचेर गरेको शिक्षक नियुक्ती शिक्षा विकास तथा समन्वय इकाइले अनियमित ठहरेको छ । इकाइले पुनः विज्ञापन गरेर मात्र पदपूर्ती गर्न विद्यालयलाई पत्र काटेको छ । नियमानुसार पुनः विज्ञापन आव्हान गरेर मात्र शिक्षक नियुक्त गर्नुपर्ने भएको छ । उक्त नियुक्तीलाई नगर शिक्षाले मान्यता दिन खोजेको थियो । सो विद्यालयले करारका एक शिक्षकले स्थायीमा नाम निकालेपछि खाली ठाउँमा विज्ञापन नै नगरी बैकल्पिक उम्म्दवारकाे हैसियतमा नियुक्ती गरेको थियो । त्यसरी बैकल्पिक नामका ब्यक्तिलाई सोझै नियुक्ती शिक्षा ऐनले अनियमित ठहरे पछि पुनः विज्ञापन गरी पदपूर्ती गर्नुपर्ने भएको हाे । नियम मिचेर पदपूर्ती भएपछि सचेत अभिभावकहरुले सम्बन्धीत निकायहरुमा उजुरी गरेका थिए ।  ...
मुम्बईमा वर्षासँगै आएको हुरीबतासको कारण होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

मुम्बईमा वर्षासँगै आएको हुरीबतासको कारण होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १ । भारतको मुम्बईमा वर्षासँगै आएको हुरीबतासको कारण होर्डिङबोर्ड खसेर च्यापिदा १४ जनाको मृत्यु भएको छ । सोमबार मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड साझँ खसेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको छ । हुरीबतास र वर्षाका कारण पेट्रोल पम्पमा ओत लागेका मानिसहरुको माथि ७०÷५० मिटर ठूलो होर्डिङ बोर्ड खसेको थियो । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।...
जसपा नेपाल बाहिरिएपछि जसपा सरकारमा

जसपा नेपाल बाहिरिएपछि जसपा सरकारमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ । जसपा नेपाल सोमबार सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अशोक राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेटेका हुन् । नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहालले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारसँगै केही हेरफेर गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री र दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीबाट राजीनामा दिएका थिए । उपेन्द्र र कार्कीको राजिनामा पछि जसपा नेपालबाट विभाजित भई बनेको जसपाका उपमहासचिव प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालय र हसिना खानलाई पनि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि जसपा नेपालबाट वन तथा वातावरणमन्त्री बनेका नवलकिशोर शाह सुडीले भने दाहाल सरकारमा निरन्तरता पाएका छन् । सुडी पार्टी विभाजन...