Friday, August 7News That Matters

Month: २ वर्ष अगाडि

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेशी

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेशी

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १ । क्रिकेटर सन्दीप लामिछानेको नाबालिक बलात्कार मुद्धाको आज पेशी तोकिएको छ । गत वैशाख २३ गते उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको थियो । तर, मुद्धा हेर्न नमिल्ने सुचिमा परेपछि जेठ १ गतेको लागी पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।  ...
अनलाइन यौन व्यवसाय संचालन गरेको आरोपमा युवती पक्राउ

अनलाइन यौन व्यवसाय संचालन गरेको आरोपमा युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । अनलाईन यौन व्यवसाय संचालन गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी रहेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको अनुसन्धाको क्रममा खुलेको छ । स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई ती युवतीले प्रयोग गरेको प्रहरीको भनाई छ । ग्राहकसँग पहिल्यै रकम ...
त्रिनपाले तोक्यो संस्थागत विद्यायलको मासिक शुल्क

त्रिनपाले तोक्यो संस्थागत विद्यायलको मासिक शुल्क

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिकाले संस्थागत विद्यालयहरुको मासिक शुल्क निर्धारण गरेको छ । सोमबार त्रियुगा नगरपालिकाले पत्रकार सम्मेलन गर्दै संस्थागत विद्यालयहरुको शुल्क निर्धारण गरिएको जानकारी दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार संस्थागत विद्यालयको मापदण्ड तथा संचालन निर्देशिका २०६९ अनुसार संस्थागत विद्यालहरुको वर्ग र शुल्क निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । शुल्क निर्धारण गर्दा व्यावहारिक र बैज्ञानिक बनाउदै शुल्कमा एकरुपता ल्याउन नगर क्षेत्रमा संचालनमा रहेको विद्यालयहरुले आफुले लिदै आएका शुल्कको विवरण नगरपालिकाले माग गरेको त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । सो अनुसार विद्यालयहरुले आफुले लिदै आएको शुल्कको विवरण नगरपालिकालाई उपलब्ध गराएपश्चात सरकोरवाला संस्था, संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्या...
उपप्रधान मन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजिनामा

उपप्रधान मन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजिनामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएका छन् । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जनता ससमाजवादी पार्टी नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । जसपा नेपाल विभाजन भएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो । आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।  ...
वन–एक्स बेटमा दुई अर्बबढी रकम कारोबार गरेको आरोपमा १ जना पक्राउ

वन–एक्स बेटमा दुई अर्बबढी रकम कारोबार गरेको आरोपमा १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । वन एक्सबेटमा दुई अर्बबढी रकम कारोबार गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीका अनुसार वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको छ । बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको रेग्मीले जनाए ।...
बिमानस्थलबाट सुन सहित २ भारतिय नागरिक पक्राउ

बिमानस्थलबाट सुन सहित २ भारतिय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो सुन सहित २ भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट आईतबार साझँ काठमाण्डौँ ओर्लिएका उनिहरुलाई भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक प्रहरीले नियत्रणमा लिएको हो । पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । आईतबार राति उनीहरुलाई गौशाला प्रहरी कार्यालयमा राखिएको र विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।...
सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन भएको छ । आनुवंशिक रूपमा परिमार्जित शल्यक्रिया गरेका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको दुई महिनापछि मृत्यु भएको हो । स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले विज्ञप्ती निकाल्दै रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ । सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू भएतापनि पहिलो पटक सफल भएको रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए । (बिबिसि)...
प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटबलको उपाधी फ्युजन क्लब बोक्सेलाई

प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटबलको उपाधी फ्युजन क्लब बोक्सेलाई

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २९ । प्रथम स्वर्गिय दिपक राई (दोर्पाली०.) स्मृति फुटवल प्रतियोगिताको उपाधी फ्युजन क्लब बोक्सेले जितेको छ । आयोजक साकेला युवा समूहलाई १÷० ले पराजित गर्दै फ्युजनले उपाधी जितेको हो । शनिवार दिउँसो ३ बजेदेखी साकेलाको खेल मैदानमा भएको फाईनल खेलमा फ्युजन क्लव बोक्सेको तर्फबाट खेलको दोस्रो हाफको ९ मिनेटमा जर्सि नं १० का अभिषेक मगरले हानेको गोल नै बिजयीको गोल बन्यो । यता साकेलाको तर्फबाट कुनै पनि गोल हुन सकेन । प्रतियोगितामा बिजयी हुने फ्युजनले नगद रु २५ हजार ५ सय नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता आयोजक साकेला युवा समूहले नगद रु १५ हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।विजेता टिमलाई त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राईले पुरस्कार हस्ताण्तरण गरेकी थिईन् भने उप–विजेता टिमलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाई र स्...
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, २९ बैशाख । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संघको भवनमा ब्यपारी तथा सम्बन्धित क्षेत्रहरुको उपस्थितिमा संघले ८ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । सभाले संघको प्रगति प्रदिवेदन र आर्थिक प्रतिवेदन पेश गरेको छ । प्रमुख अतिथि मेयर वस्नेतले संघलाई बिभिन्न तत्वहरुले खराब बनाउने प्रयत्न गरिरहेको जनाए । पुराना र आधिकारिक संस्थाको रुपमा रहेको उक्त संघलाई असफल बनाउन सचेत व्यक्ति र ठुला शक्तिहरु लागि परेको मेयर वस्नेतको भनाई छ । संघको लामो यात्रामा यस्ता प्रवृतिहरुले बिफल बनाउन खोजिरहेको बेला रमेश रसाईलीको नेतृत्वले संघलाई सुरक्षित र निरन्तर चलायमानको लागि अग्रसर भएको बस्नेतको भनाई छ । मुद्धा मामिलाको बावजुद संघ अझै पनि व्यपारीहरुको हक हितमै रहेर अघ...
लुङ्गी कपको उपाधि जुम्बा फिटनेस महिला समुह गाईघाटलाई

लुङ्गी कपको उपाधि जुम्बा फिटनेस महिला समुह गाईघाटलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २८ । उदयपुरको गाईघाट स्थित स्व. दिपक राई दोर्पाली फुटबल प्रतियोगितामा खेलाईएको लुङ्गी कप जुम्बा फिटनेस महिला समुह गाईघाटले जितेको छ । शुक्रबार भएको खेलमा आयोजक साकेला टोल विकास संस्थाका महिला समुहलाई फिटनेस महिला समुह गाईघाटले ४–१ गोलले हराउँदै उपाधि जितेको हो । जुम्बा फिटनेल क्लबका लागी केन्द्रिका चौधरीले ह्याट्रिक गरे भने मन्दिरा घिमिरेले १ गोल गरे । त्यस्तै साकेला टोल विकास संस्थाका लागी सविता रोक्काले सान्त्वना गोल गरिन् । लुङ्गी कप विजेता टोलीलाई भोली स्व. दिपक राई दोर्पाली फुटबल प्रतियोगिताको फाईनल खेल पश्चात ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।...