माओवादी केन्द्र त्रियुगा नगर कमिटीद्धारा पहिरो पिडितहरुलाई राहत सहयोग
पूर्णपुष्टि, ३० असार ।
नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिकाले पहिरो पिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् । त्रियुगा नगरपालिका १५ स्थित तोरीबारीका २० घर परिवारलाई राहत सहयोग गरेको हो । २५ गते अविरल बर्षाले पहिरो गएपछि बस्तीनै जोखिममा छ । यस अवस्थालाई मध्यनजर गरी जोखिम परिवारलाई रानिवास मावि विद्यालयमा स्थान्तरण गरिएको वडा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । पार्टीले ७० हजार बराबरको राहत सामाग्री पिडितहरु रहेकै स्थलमा पुगेर हस्तान्तरण गरेको हो । १५ बोरा चामल, २ बोरा दाल, १५ बोरा भुजा, ५ काटुन खाने तेल, १ बोरो नुन, १५ काटुन चाउचाउ, २ काटनु बिस्कुट, नुहाउने र लुगा धुने ३० ओटा सावु गरी ७० हजार बराबरको सामाग्री प्रदान गरिएको हो ।
उक्त सामाग्री प्रदेश सांसद सम्झना तामाङले वडा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । पिडितहरुले भने उचित व्यवस्थापनको लागि दिर्घकालिन बास ...









