कोशी प्रदेशमा सरकार परिवर्तनको अन्योल कायमै
पूर्णपुष्टि, साउन १ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच आइतबार साँझ भएको छलफलले प्रदेश सरकारको भविष्यबारे अन्योल कायमै राखेको छ। केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारमा माओवादी मन्त्रीहरूको भविष्यबारे चर्चा भए पनि ठोस निर्णय भएको छैन।
मुख्यमन्त्री कार्कीले तत्काल माओवादी मन्त्रीहरूलाई नहटाउने इच्छा राखेको स्रोतले जनाएको छ। विगतमा गरिएको प्रतिबद्धता र संवैधानिक जटिलताका कारण मुख्यमन्त्री कार्की दुविधामा परेको बुझिएको छ। उनी संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गरी मुख्यमन्त्री बनेका हुन्, जसले गर्दा अदालतबाट प्रदेश सभा विघटन हुने चिन्ता छ।
केन्द्रमा एमाले र कांग्रेसबीच कोशी प्रदेशमा वर्तमान सरकारलाई निरन्तरता दिने सहमति भएको बताइएको छ। यसले गर्दा कांग्रेसलाई समेट्नुपर्ने बाध्यता मुख्यमन्त्री ...








