ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईद्धारा सर्पदंश भुल्केलाई एसी सहयोग
पूर्णपुष्टि, २२ असार ।
जिल्ला ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष तथा समाजसेवी किसन राईले सर्पदंश उपचार के्रन्द्र भुल्केलाई एसी सहयोग गरेको छ । राईले त्रियुगा नगरपालिका ३ भुल्के ब्यारेक १८ नं बाहिनीमा रहेको सर्पदंश केन्द्रलाई एक थान एसी सहयोग गरेको हो । बाहीनी पति मनोज बैदवारको पहल कदमीमा राईले केन्द्रलाई एसी सहयोग गरेका थिए । उपचार केन्द्रमा आउने बिरामीहरुलाई सहज बनाउने उदेश्यले एसी अत्याबश्यक रहेको एसी उपकरण सहयोग गरिएको हो ।
बिरामीहरुलाई सर्पले टोकेपछि तापक्रममा उपचार गराउन आउने र सो अवस्थामा चिसा चाहिने हुँदा एसी आवश्यक रहेको बाहिनिपति बैदवारले जनाए । बैदवारकै पहलमा व्यवसायी तथा समाजसेवी महेन्द्र राईले पनि एक थान एसी प्रदान गरेका थिए । एसी बैदवारकै प्रमुख आथित्यतामा सर्पदंश केन्द्रकी अध्यक्ष पवित्रा गिरीलाई हस्तान्तरण गरिएको छ । एसी प्रदान गर्दै राईले समाजमा मानव सेवा र सहयोगनै भगवानल...









