उदयपुरमा किरात राई समुदायद्वारा ‘उभौली’ पर्वको तयारी तीव्र
पूर्णपुष्टि, बैशाख २६ । उदयपुरको कटारी नगरपालिका लगायतका क्षेत्रमा (किरात) राई समुदायले आफ्नो महत्वपूर्ण परम्परागत चाड उभौली पर्वको तयारी तीव्र पारेका छन् । आगामी २९ वैशाख (वैशाखे पूर्णिमा) का दिन मनाइने यस पर्वका लागि विभिन्न स्थानहरूमा साकेला सिली (नाच) को प्रशिक्षण तीव्र गतिमा चलिरहेको छ ।
नगरपालिकाको वार्ड नम्बर ३ च्याँगामा राति दश बजेसम्म ढोल भ्याम्टा बज्न थालेको एक साता भइसकेको छ । यस्तै नगरपालिकाकै वडा नम्बर ४ र ६ मा पनि ढोल भ्याम्टासँगै साकेला सिली नाचको प्रशिक्षण जारी छ । किरात राई यायोक्खा कटारीको आयोजनामा स्थानीय साकेला थानमा धुमधामका साथ उभौली मनाउने तयारी गरिएको छ ।
"नाच्न जान्नेहरू जान्ने नै भए, तर नजान्नेहरूमा पनि साकेलाको आकर्षण छ, त्यसैले प्रशिक्षण नै आवश्यक भएको हो," यायोक्खा कटारीकी अध्यक्ष मेनुका राईले बताइन् । उनका अनुसार तालिका बनाएर टोल-टोलमा साकेला सिली सिकाइरहेको...









