Thursday, April 30News That Matters

Author: पूर्णपुष्टि

उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

Breaking News 2, Breaking News Video, बिचार
https://youtu.be/3asAcu2g7SY पूर्णपुष्टि/उदयपुर, पुस २१ । उदयपुरको एक प्रतिष्ठित प्रतियोगिता हो नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता । यसको १० औं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको उदयपुरको बसाहा क्लव, ११ औं संस्करणको तयारीमा जुटेको छ । आगामी माघ १५ गतेदेखि आयोजना गर्ने गोल्डकपलाई थप भब्य र विशिष्ट बनाउन तयारीमा जुटेको हो । चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बसाहास्थित नारदमुनी थुलुङ रङ्गशालामा सञ्चालन हुदै आएको यो गोल्डपक उदयपुरमा निरन्तर र धेरै संस्करण आयोजना हुन सफल प्रतियोगिता हो । यो बसाहा मात्र हैन उदयपुर जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हो । एतिहासिक ब्यक्तित्व, प्रजातान्त्रिक सेनानी स्व. नारदमुनी थुलुङको नाम र प्रतिष्ठासंग जोडिएको यो गोल्डकपको आप्mनै गर्बिलो इतिहास र दर्बिलो संरचना छ । नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता कसरी सुरु भयो ? १० औं संस्करणसम्म स...
उदयपुरमा श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास

उदयपुरमा श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास

Breaking News 2, समाचार
पूर्णपुष्टि, पौष २० । उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चोकमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्याको प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार बिहान ८ बजेको समयमा श्रीमान–श्रीमती बिच झगडाहुँदा स्थानिय ३० बर्षीय खगेन्द्र राईले २७ बर्षीय भावना भन्ने गंगा राईलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाईते भएकी गंगाको ९ बजेर ५० मिनेटको समयमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई छुरा प्रहार गरेका राईले आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेकोमा स्थानीयले देखी तत्काल उपचारको लागि सोही अस्पताल लगिएकोमा हाल उनको उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको छ ।...
त्रियुगा १६ नं वडाका बिपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिक परिवारलाई फाईवर सिरक वितरण

त्रियुगा १६ नं वडाका बिपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिक परिवारलाई फाईवर सिरक वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, पोष १७ गते । त्रियुगा नगरपालिका वडा नं १६ ले वडामा रहेका बिपन्न दलित, जेष्ठ नागरिक तथा अपाङ्ग भएको परिवारलाई न्यानो कपडा फाईवर सिरक वितरण गरेको छ । आर्थिक वर्ष २०८२/२०८३ को दलित लक्षित अपाङ्ग तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमको वडागत स्वीकृत बजेटबाट सिरक वितरण गरेको हो । वडा अध्यक्ष मान वहादुर राईका अनुसार वडाभित्रका ३६ जना विपन्न अपाङ्ग तथा आर्थिक अवस्था कमजोर दलित परिवार र ३६ जना जेष्ठ नागरिक गरी जम्मा ७२ परिवारलाई सिरक वितरण गरिएको हो । वडाले प्रत्येक वर्ष लक्षित समुदायलाई यस किसिमको सहयोगबाट सम्मान गर्दै आएको अध्यक्ष राईको भनाई छ। पछिल्लो समय अत्याधिक जाडो बढे सँगै वडाले प्रतिकूल मौसमकै बिच एक कार्यक्रमको आयोजना गरी न्यानो सिरक वितरण गरेको हो । चिसोबाट जोगिन समस्या परिरहेको परिवारहरु सिरक पाएपछि खुसी भएका छन् । सिरक पाएका जेष्ठ नागरिक र दलित विपन्न परिवारल...
सुनसरीमा शसस्त्रको गोली लागेर मृत्यु भएका चालकको शव नै सडकमा राखेर स्थानियको प्रदर्शन

सुनसरीमा शसस्त्रको गोली लागेर मृत्यु भएका चालकको शव नै सडकमा राखेर स्थानियको प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पौष १७ । सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा शसस्त्र प्रहरीले चलाएको गाली लागेर मृत्यु भएका सिटि चालकको शव नै स्थानियले सडकमा राखेर प्रदर्शन गरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहानको राति १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर घर नजिकै आईपुगेका साहलाई सशस्त्र प्रहरीले चलाएको गोली लागेको थियो । उनलाई शसस्त्रले चलाएको दुई राउण्ड गोली लागेको छ । साहको मृत्युपछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गर्नुका साथै पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले स्थानीयले गरेको प्रदर्शनका कारण सवारी साधन चल्न नसकेका ...
अत्यादिक चिसोको कारण त्रियुगामा तिन दिन विद्यालय बन्द गरिने

अत्यादिक चिसोको कारण त्रियुगामा तिन दिन विद्यालय बन्द गरिने

Breaking News 1, Breaking News 2, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष १६ गते । त्रियुगा नगरपालिका शिक्षा शाखाको जानकारी अनुसार केही दिन देखी बढेको भारी चिसोका कारण तिन दिन बिद्यालय बिदा दिने निर्णय गरेको छ । १६, १७ र १८ गते सम्म विद्यालय बन्द गरिने शाखाले पत्र सार्वजानिक गर्दै जानकारी गराएको छ । सोही अनुसार नगर भित्र रहेका निजी विद्यालयका छाता संगठन प्याप्वसन एन प्यावसनहरुले पनि विदा दिने र मौसमको अवस्था हेरेर विद्यालय संञ्चालनमा ध्यान दिने निर्णय गरेको छ । पछिल्लो समय देशका बिभिन्न स्थानहरुमा अत्यादिक चिसो बढेको छ । बिषेशगरी तराईका भुभागहरुमा हुस्सु लागिरहेको छ । लगतारको हुस्सुले घाम नखुल्दा चिसो बढेको छ । चिसो जनजिवन प्रभावित बनाईरहेको छ ।...
उदयपुरमा प्रथम महिला मोटरसाईकल यात्रा (फोटो सहित)

उदयपुरमा प्रथम महिला मोटरसाईकल यात्रा (फोटो सहित)

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, पौष १५ । उदयपुरमा महिला सशक्तिकरणका लागी प्रथम महिला मोटरसाईकल यात्रा सुरु भएको छ । मंगलबार महिला बाइक राईडर उदयपुरको आयोजना तथा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको सहकार्यमा गाईघाटदेखी बेलका कोशी पुल सम्मको मोटरसाईकल यात्रा सुरु भएको हो । कोशी प्रदेश सभाका उप–सभामुख सिर्जना दनुवारले मोटरसाईकल यात्राको सुभारम्भ गर्दै महिलाले स्कुटर र पुरुषले मोटरसाईक नै चालाउने हो भन्ने सोच अझै हाम्रो समाजमा रहेको बताउनुभयो । समाजमा महिला र पुरुषमा रहेको विभेदलाई अन्त्य गरेर समानता ल्याउनका लागी यस मोटरसाईकल यात्राले केही महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महिला बाइक राईडर उदयपुरका संयोजक रमा मगरले महिला सशक्तिकरणका लागी महिला मोटरसाईकल यात्रा सुरु गरिएको बताएकी छिन् । महिलाहरुले मोटरसाईकल चलाउँदा महिलाहरुको लागी स्कुटर बनाईएको भन्ने समाजको सोचाइलाइ महिलाहरुले प...
उदयपुर आईडल सिजन २ को फाईनलिष्ट रविनाले गरिन भोटको अपिल

उदयपुर आईडल सिजन २ को फाईनलिष्ट रविनाले गरिन भोटको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, उदयपुर, पुष १३ गते । उदयपुर आईडल सिजन २ को अन्तिम प्रतिस्पर्धा यहि पुष २६ गते गाईघाटमा सम्पन्न हुँदैछ । उक्त प्रतिस्पर्धामा ६ जना फाईनलिस्ष्टहरु सहभागी छन् । यस मध्यकी एक जना प्रतिस्पर्धि रविना राई हुन् । राई गायीकी क्षेत्रमा निकै मेहनती र लगनशिल प्रतिस्पर्धि हुन् । अब्बल स्वरकै कारण सयौँ प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप ६ मा पुग्न सफल राईको अबको एउटै उदेश्य उदयपुर आईडल सिजन २ को बिजेता बन्नु हो । यसका लागि राईले साथीभाई, आफन्तजन र आम दर्शकहरुलाई भोटको अपिल गरेकी छिन् । त्रियुगा नगरपालिका वडा नं १२ की रविनाले आफ्नो गायनलाई देश विदेशमा फैलाउन अवसर प्रदान गर्न सबै सामु भोटको अपिल गरेकी हु्न । सुरिलो स्वरकी धनी राई बिभिन्न सांगितिक कार्यक्रमहरुमा समेत भाग लिने गरेकी छिन् ।...
उदयपुरमा ७ सय किलो बढी गाँजासहित दुई युवक पक्राउ

उदयपुरमा ७ सय किलो बढी गाँजासहित दुई युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १२ । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पौतालिस चोकस्थितबाट ७ सय भन्दाबढी प्रतिबन्धित लागू–औषध गाजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने अन्दाजी २३ वर्षीय रबिन कुमार राई र बेलका नगरपालिका–९ बस्ने अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान अन्दाजी साढेँ १ बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेर गाडीलाई चेकजाँच गर्ने क्रममा ७६३.७६ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै बोलेरो सहित चालक रबिन र सोही गाडीमा सवार राम बहादुर लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्...
चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड सुरु (फोटो सहित)

चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड सुरु (फोटो सहित)

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, पुष ११ । उदयपुरको सदरमुकाम गाईघाटमा चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखी सुरु भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूलनारा सहित युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा थरुहट रङ्गशालामा चौथो मेयर रनिङ शिल्ड तथा राष्ट्रपती रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो ।४० वटा विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा भलिबल, कराते, तेक्वान्दो, कब्बडी र एथलेटिक्स लगायतका ५ विधाका खेलहरू खेलाईएको छ । यस प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले गरेका हुन् । प्रतियोगिता सुरु गर्नुभन्दा अघि सहभागी सबै विद्यालयका विद्यार्थिहरुले मार्च पास गरेका थिए । आजदेखी सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म संचालन हुनेछ । यस अघि श्री त्रियुगा माध्यामिक विद्यालय गाईघाटले तिन बर्ष नै प्रथम हु...
भक्तपुरमा हत्या भएका युवा उदयपुरको ताप्ली दगलेको भएको पुष्टि

भक्तपुरमा हत्या भएका युवा उदयपुरको ताप्ली दगलेको भएको पुष्टि

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ८ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ३ मा हिजो हत्या भएका ३४ वर्षिय युवा पूर्ण ठकुरी उदयपुरको ताप्ली गाउँपालिका ३ गदलेको भएको आफन्तले पष्टि गरेका छन् । साढे तिनतले निर्माणाधिन घरको भइतल्लामा मृत अवस्थामा फेला परेका युवाको ठेगाना उदयपुर मात्र भन्ने आएपछि उदयपुरको कुन ठाउँ भन्ने कुराको खोजी प्रहरीले गरेको थियो । यसै सिलसिलामा मिडियामा मृतकको तस्बिर हेरेर आप्mनो मान्छे भएको अनुमान गरेका आफन्तहरुले भक्तपुर प्रहरीमार्फत मृतकको शब हेरेपछि पुष्टि गरेका हुन् । ज्यालामजदुरी काम गर्न काठमाडौं गएका उनी हिजो भक्तपुरको एक निर्माणाधिन घरमा मृत फेला परेका थिए । उनको कामदार साथीबाट नै हत्या भएको आशंका भएको छ । हत्यामा संलग्न धनकुटाको सागुरीगढी गाउँपालिका ३ का संजिव याखालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हाल उनको भक्तपुर दुवाकोट स्थित केएमसी हस्पटलमा पोष्टमार्टम हुने त...