Thursday, April 30News That Matters

Author: पूर्णपुष्टि

गाईघाट बरुवा बसपार्कमा  ल्होछार फुड फेस्टिवल हुँदै

गाईघाट बरुवा बसपार्कमा ल्होछार फुड फेस्टिवल हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष २८ गते । उदयपुरको गाईघाट बरुवा बसपार्कमा ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२ हुने भएको छ । सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय परिषद् मेलाको मुख्य आयोजना रहेको छ भने नेपाल तामाङ् पत्रकार कोशी प्रदेश यसको सह आयोजक रहेको छ । मेलाले जातिय परिकार खानालाई प्रदर्शन, तामाङ समुदायको कला संकृतिको उजागर, समुदायमा संकृति चेतनाको अभिबृद्धि, मौलिक खानाले पर्यटन सँग जोड्ने मुख्य उदेश्य रहेको छ भने, उदयपुरमा रहेको समग्र तामाङ् समुदायको आर्थिक बिकास, सामाजिक तथा सांस्कृतिक बिकास यसको मुख्य लक्ष रहेको आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति र त्रियुगा नगरपालिकाले मेलको सहकार्यमा सहयोग गरेको छ भने अन्य जिल्लाका सबै पालिकाहरुले मेलामा सहयोग गरेको छ । मेलालाई नेपाल तामाङ घेदुङ संघिय परिषद् काठमाण्डौँले प्रबद्र्धक गरेको छ । मेला यहि माघ ३ देखी १० गते सम्म ...
नेपाली कम्युनिष्ट पार्टी उदयपुरमा  यी व्यक्तिहरुको उम्मेदवारमा नाम सिफारिस

नेपाली कम्युनिष्ट पार्टी उदयपुरमा यी व्यक्तिहरुको उम्मेदवारमा नाम सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते । नेपाल कम्युनिष्ट पार्टी उदयपुरका लागि क्षेत्र नं १ र क्षेत्र नं २ गरी १८ जनाको उम्मेदवारीमा नाम सिफारिस भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजानिक गरेको हो । पार्टीले क्षेत्र नं १ मा १० जना र क्षेत्र नं २ मा ८ जनाको नाम सिफारिस गरेको छ । जसमा धेरै भन्दा धेरै नयाँ अनुहार र युवाहरु रहेको छ । युवामा एविराज राई देखी मेजर कुमार राई सहितको नाम सिफारिस भएको छ । नेपाल कम्य्ुनिष्ट पार्टी कोशी प्रदेशले शुक्रबार उम्मेदवारहरुको नाम टुँगाई सार्वजानिक गरेको हो । यस्तो छ उम्मेदवारहरुको नाम लिस्ट...
उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते । उदयपुर मिलिजुली समाजद्धारा कुवेदमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २०२१ मा स्थापना भएको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यक्र गर्दै आएको अवस्थामा रक्तदान गरिएको हो । उक्त संस्थाले बिदेशमा अलपत्र परेका पिडित तथा महिलाहरुलाई उद्धार गर्दै आईरहेको छ । उक्त संस्था कुवेतमा वसेर नेपालीहरुका लागि सामाजिक संस्थाको रुपमा काम गर्दै आईरहेको संस्थाका अध्यक्ष मोहन लुईटेलले जनाएको छ । रक्तदान प्रदानले मानवीय सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरिएको हो । उक्त संस्थामा युवक राई र उमेश पुडाशैनी संरक्षणको रुपमा रहेको छ भने सचिवमा रमेश सिलवाल रहेको छ ।...
विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

Breaking News 1, Breaking News 2, Breaking News 3, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष २७ गते । उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले  ६ जना  फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो । https://youtu.be/s2kADReZGaw...
उदयपुरमा दाउरा काट्न वन गएकी महिलाको सुकेको रुखको हाँगाले लागेर मृत्यु

उदयपुरमा दाउरा काट्न वन गएकी महिलाको सुकेको रुखको हाँगाले लागेर मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पौष २६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित श्री बसन्तपञ्चमी सामुदायिक वन क्षेत्रमा शुक्रबार बिहान दाउरा काट्न गएकी एक महिलाको सुकेको रुखको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा बस्ने हाङबजारकी ४२ बर्षीया नमिता राई रहेको प्रहरीले जनाएको छ । दाउराको लागि सुकेको रुख ढाल्नेक्रममा त्यही रुखको हाँगा उछिटिएर लाग्दा उनि घाइते भएकी थिईन् । घटना लगत्तै उपचारको लागि नगर अस्पताल बेल्टार ल्याइएको उनको उपचारको क्रममा मृत्यु भएको उक्त सामुदायिक वनका अध्यक्ष झप्पुराम राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1
पूर्णपुष्टि, पौष २६ । उदयपुरका त्रियुगा नगरपालिका–१० बोक्से चोक नजिकबाट एक युवालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–९ रातमाटे बस्ने रेम्बो भनेर चिनिने ३२ बर्षीय जहान सिंह खत्री रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो साढेँ ३ बजेको समयमा लागुऔषध कारोबार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ४५० एम्पुल सहित खत्रीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरि जम्मा ४५० एम्पुल, नगद ३८ हजार ६० रुपैँया, १ थान मोबाइल, सुनको जस्तो देखिने चन्द्रमा १ थान र १ थान औठी फेला पारी बरामद गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले गरे भोटको अपिल

उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले गरे भोटको अपिल

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पौष २५ । उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले भोटको अपिल गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका–३ निवासी राई कडा प्रतिष्पर्धाको बिच सयौँ प्रतिष्पर्धीहरुलाई पछि पार्दै फाइनल चरणको उत्कृष्ट ६ प्रतियोगि बन्न सफल भएका हुन् । उत्कृष्ट ६ प्रतियोगि बन्न सफल राईले भोली (शनिबार) हुने अन्तिम प्रतिस्पर्धालाई लक्षित गर्दै आफ्ना शुभेच्छुक आफन्त जन तथा देश–विदेशमा रहेका सम्पूर्ण संगीत प्रेमी, दर्शक–श्रोता माझ आफूलाई भोट गरी सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् । उनले डिजिटल क्यूआर मार्फत भोटको अपेक्षा गर्दै ‘भनेका छन्’ मेरो गायन यात्रालाई नयाँ उचाइमा पुर्‍याउन तपाईँहरूको साथ माया र समर्थन अमूल्य छ। उनको सुरिलो र शुद्ध स्वर भावनात्मक गायन शैली तथा निरन्तरको अभ्यासले गर्दा उनले दर्शक र निर्णायकहरूको मन जित्न सफल भएका छन् । गीतको भावलाई आत्मसाथ गर्दै दशकको मन छुने उनको प्रस्तुति य...
उदयपुरगढी–चौदण्डीगढी पदयात्रा आजबाट सुरु

उदयपुरगढी–चौदण्डीगढी पदयात्रा आजबाट सुरु

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २३ । श्री पशुपती प्रसाद गणको संयोजकत्वमा स्थानीय पालिकाहरु त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा आजबाट उदयपरगढी–चौदण्डीगढी पदयात्रा सुरु भएको छ । पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापती उपरथी गौरवकुमार केसीले पदयात्राको उद्घाटन गर्नुभयो । इतिहासमा पुर्वजहरुको त्याग, शाहस र बलिदानीको उच्च कदर गर्दै ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला र पदमार्गहरुको पहचिान तथा संरक्षण गर्ने उद्देश्यले पदयात्राको आयोजना भएको हो । साथै युवा पुस्तामा देशभक्तिको भावना जागृत गराउन, जिल्लाको पर्या–पर्याटन विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्य समेतले कार्यक्रमको आयोजना भएको गणपती मनोज कार्कीले जानकारी दिनुभयो । पदयात्रा शुभारम्भ समारोहमा पालिकाहरुका प्रमुख तथा उपप्रमुख, ...
मिक्चरजडान ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

मिक्चरजडान ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २१ । उदयपुर उदयपुरको त्रियुगा नगरपालिका ७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा आज सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गमार्फत होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स १ त २८२५ नम्बरकोे ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजलेका ४३ वर्षिय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षिया आशा सदाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनीह?को जिल्ला अस्पताल उदयपुरमा लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी त्रिनपा –६ मोहनपुरकी ४0 वर्षिय समिद्रा सदा र सोही वडाको जलजले बस्ने ४५ वर्षिय शम्भु सदा घाइते भएकोमा जिल्ला अस्पताल उदयपुरमा उपचार गरी घर फर्केका छन् । दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रिनपा–...