पाँचथर फिदिममा युवाको शंकास्पद मृत्यु, निष्पक्ष छानविनको माग, राजनीतिकरण र दवाव, प्रभाव नहुन स्थानीयको खबरदारी
पूर्णपुष्टि/उदयपुर, पुस ८ ।
गत पुस २ गते पाँचथरको फिदिम नगरपालिका –११ नांगिनमा रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको २४ वर्षिय पारस सुजी (दर्जी)को मृत्युलाई परिवार, आफन्त र छिमेकीहरुले संकास्पद रुपमा लिएका छन् । घटना प्रकृतिको आधारमा उनको मृत्युलाई शंकास्पदरुपमा लिएको मृतकका दाजु चन्द्रबहादुर दर्जीले बताउनुभयो ।
उनका अनुसार झुण्डिएको अवस्थामा फेला परेका पारसको आत्महत्या नभइ हत्याको आशंका गरिएको छ । घटनाअघि उनको प्रेमिकासंग विवाद, हातपात भएको थियो भने झुण्डिन प्रयोग भएको रुख, सल, भेष्ट च्यातिएको अवस्था र घटनास्थल वरपर लडिबढी गरेको अवस्था देखिएकाले उनको हत्या भइ झुण्ड्याएको हुनसक्ने आशंका भएको हो । १ गते राती नै उनको हत्या भई झण्ड्याएको हुनसक्ने आशंका उनीहरुको छ ।
उनी स्थानीय एक महिला एलिसा आङ्बोसंग प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीसंग बेलुका विवाद र झगडा परेको गाउँलेहरुले देखेका थिए...









