Thursday, July 23News That Matters

Author: पूर्णपुष्टि

कटारीको ९७ करोड ४६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

कटारीको ९७ करोड ४६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ९ । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । हिजाे १७ औँ नगरसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ। नगरपालिकाले संघीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र मौज्दात रकमलाई बजेटको प्रमुख स्रोतका रूपमा उल्लेख गरेको छ। बजेटमा युवालाई उद्यमशीलतामा जोड्न ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम, सूचना प्रविधि विस्तार तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना समावेश गरिएको छ। स्वास्थ्यतर्फ आयुर्वेद सेवाको स्तरोन्नति गरी आयुर्वेद अस्पताल सञ्चालन गर्ने तथा वडा नं। ११ गहुँबारीमा पाँच शैय्याको नगर अस्पताल स्थापना गर्ने तयारी गरिएको छ। पूर्वाधार विकासअन्तर्गत महाभारत क्षेत्रका वडा नं। ९, १० र १३ मा बाह्रैमासे सडक न...
चौदण्डीगढी नगरपालिकाको बजेट १ अर्ब ३७ करोड ९ लाख, पूर्वाधार र विकासमा जोड

चौदण्डीगढी नगरपालिकाको बजेट १ अर्ब ३७ करोड ९ लाख, पूर्वाधार र विकासमा जोड

Breaking News 2, समाचार
पूर्णपुष्टि/बेल्टार, असार ९ । चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २ सय २२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २० औँ नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक मणिकादेवी दुलालले प्रस्तुत गरेको बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ९१ करोड ८५ लाख रुपैयाँ र कार्यक्रम तथा पुँजीगत खर्चतर्फ ४५ करोड २४ लाख ५ हजार २ सय १२ रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम सञ्चालनका लागि विभिन्न स्रोतबाट बजेट व्यवस्थापन गरेको छ । जसअनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडमार्फत १७ करोड ६५ लाख ३२ हजार ३ सय १० रुपैयाँ प्राप...
उदयपुरका कैदीबन्दीलाई निःशुल्क चस्मा वितरण

उदयपुरका कैदीबन्दीलाई निःशुल्क चस्मा वितरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ९ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा जिल्ला कारागार उदयपुरमा रहेका कैदीबन्दीहरूलाई आज निःशुल्क चस्मा वितरण गरिएको छ । कारागारमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई तथा मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले संयुक्त रूपमा चस्मा वितरण गरेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेश विष्टका अनुसार दृष्टि सम्बन्धी समस्या भएका कैदीबन्दीहरूको आँखा परीक्षणपछि आवश्यकता अनुसार चस्मा उपलब्ध गराइएको हो । यस कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै उनीहरूको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुगेको विश्वास गरिएको छ । कार्यक्रममा कारागार प्रशासन, अस्पतालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । संस्थाले समुदायका विभिन्न वर्गलाई लक्षित गरी यस्ता सामाजिक तथा स्व...
टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता/गाईघाट, असार ६ । मोटरसाइकल कुदाउँदा हेल्मेट अनिवार्य लाउने कुरालाई प्रोत्साहित गर्दै उदयपुरको गाईघाट स्थित पूर्व पश्चिम बरुवा बसपार्कको मदन भण्डारी राजमार्ग किनारमा अाज बोर्ड राखिएको छ । हेल्मेटको ठूलो तस्बिरसहित हेल्मेटको महत्व दर्शाउने बोर्ड राखिएको हो । हेल्मेट शरीरको टाउको अन्तर्गतका महत्त्वपूर्ण अङ्गहरू जोगाउन अपरिहार्य कुरा रहेको बोर्डमा उल्लेख छ। हेल्मेटको अङ्ग्रेजी अक्षर HELMET को एचबाट हेड अथवा टाउको, इ बाट इयर अथवा कान, एलबाट लिप्स अथवा ओठ, एमबाट माउथ अथवा मुख, इबाट आइज अथवा आँखा र टिबाट टिथ अथवा दाँत जोगाउने जनाइएको छ । स्कुटर वा मोटरसाइकल चलाउँदा दुर्घटना भइहाले पनि हेल्मेटले टाउको अन्तर्गतका महत्वपूर्ण अङ्गहरू जोगाउने भएकाले अनिवार्य रुपमा लगाउन सन्देश दिइएको छ । यी अ‌ग जाेगिएमा दुर्घटनामा परेर घाइते भएकाकाे बाँच्ने सम्भावना बढी रहेकाे हुन्छ । राजमार्...
पत्रकार देवराम यादवमाथि आक्रमणको विरोध, दोषीलाई तत्काल कारबाही गर्न माग

पत्रकार देवराम यादवमाथि आक्रमणको विरोध, दोषीलाई तत्काल कारबाही गर्न माग

Breaking News 1, Breaking News Video, समाचार
पूर्णपुष्टि सम्बाददाता/काठमाडौं, असार ६ । पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति विभिन्न पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल र संघीय प्रेस यूनियन ९एकता पक्षधर० ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घोर निन्दा गरेका हुन् । विज्ञप्तिअनुसार सप्तरीको महादेवा गाउँपालिकामा सडकको गुणस्तरसम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवको निर्देशनमा पत्रकार यादवमाथि आक्रमण भएको आरोप लगाइएको छ । आक्रमणबाट घाइते भएका गोरखापत्रका संवाददाता यादव हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत छन् । घटनाका क्रममा आक्रमण रोक्न खोज्दा भोलीदेव...
बस दुर्घटनाका २३ घाइते डिस्चार्ज, ७ जनाको विभिन्न अस्पतालमा उपचार जारी

बस दुर्घटनाका २३ घाइते डिस्चार्ज, ७ जनाको विभिन्न अस्पतालमा उपचार जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता/उदयपुर, असार ६ उदयपुरकाे उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा घाइते भएका अधिकांश यात्रु उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा घाइते भएका ३० जनामध्ये २३ जनाले उपचारपछि अस्पतालबाट डिस्चार्ज पाएका छन्। बाँकी ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत घाइतेमध्ये महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी, सोही स्थानकी २४ वर्षीया नितु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। १८ वर्षीया रुपा महतो तथा २४ वर्षीय अनिल कुमार पासवानको महोत्तरीको बर्दिबासस्थित शुभ स्वास्थ्य अस्पतालमा उपचार जारी रहेको छ। यस्तै, ३६ व...
१७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

१७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

Breaking News 1, Breaking News Video, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ६ । उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुल भित्री सडक खण्डबाट प्रहरीले १७ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार राति करिब १ः२० बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले उदयपुरगढीतर्फबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँचका लागि रोक्न खोजेको थियो। तर मोटरसाइकल चालकले प्रहरीको संकेत अटेर गर्दै तीव्र गतिमा भाग्ने प्रयास गरेको थियो। भाग्ने क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–६ बाउनटार घर भई हाल कटारी नगरपालिका–४ सिम्ले बस्दै आएका ३० वर्षीय नरबहादुर पुलामी मगर मोटरसाइकलबाट लडेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले १७ दशमलब ४० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ। घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। फरार चालक तथा मोटरसाइकलको खोजी कार्य जारी ...
सरकारी सेवा प्रवाह सुधारमा जिल्ला प्रशासनको २३ बुँदे निर्णय, सुशासनमा जोड

सरकारी सेवा प्रवाह सुधारमा जिल्ला प्रशासनको २३ बुँदे निर्णय, सुशासनमा जोड

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ६ । जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाकाे सरकारी सेवा प्रवाह सुधारको कदम अघि बढाएको छ । भर्खरै आगमन भएका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सुशासन र नागरिककाे सेवामा प्रभावकारी सुधारका लागि यस्ताे कदम बढाएका हुन् । सेवा प्रवाहलाई प्रभावकारीरुपमा सुधार गर्न विभिन्न २३ बुँदे निर्णयहरु पारित गर्दै हिजो कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएकाे थियाे ।  बैंठकले सरकारी सेवा प्रवाहलाई थप झन्झटमुक्त, नागरिकमैत्री र पारदर्शी बनाउन २३ बुँदे महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो । जिल्लाका सरकारी कार्यालयहरूबाट सम्पादन हुने कार्यलाई चुस्त बनाउन र सेवाग्राहीलाई प्रत्यक्ष राहत दिन यी निर्णयहरू तत्कालै लागू गरिने जनाइएको छ । बैठकले प्रमुख निर्णयहरूमा निःशुल्क निवेदन र फोटोकपी सेवा रहेको छ । कार्यालयमा आउने साधारण सेवाग्राहीलाई मध्यनजर गर्दै निवेदन लेख्न नसक्नेहर...
अधेरीमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० जना घाइते

अधेरीमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ६ – । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । दुर्घटनामा महाेत्तरीकाे बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बिहान करिब ८ः५० बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो।  प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी महोत्तरीको गौशाला न...
उदयपुरमा नयाँ सिडियो आएसंगै नागरिक सहायता कक्ष सञ्चालन, निःशुल्क निवेदन लेखिने

उदयपुरमा नयाँ सिडियो आएसंगै नागरिक सहायता कक्ष सञ्चालन, निःशुल्क निवेदन लेखिने

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३ जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवाग्राहीलाई सहज, प्रभावकारी, प्रविधिमैत्री तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरभित्र नागरिक सहायता कक्ष स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको आगमनसंगै नागरिक सहायता कक्ष स्थापना भएको हो । प्रशासन कार्यालयबाट सेवा लिन आउने तर निवेदन लेख्न नजान्ने वा नसक्ने सेवाग्राहीका लागि सहायता कक्ष मार्फत निःशुल्क निवेदन लेखिदिने सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायतका सेवाग्राहीलाई लक्षित गरी उक्त सेवा सुरु गरिएको प्रजिअ मगरातीले बताउनुभयो । प्रशासन कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई नागरिक सहायता कक्षमा सम्पर्क गरी निःशुल्क सेवा लिन सुचना जारी गरी अनुरोध गरेको छ ।...