नेपाली विद्यार्थीको शव लण्डनको थेम्स नदी किनारमा फेला
पूर्णपुष्टि, बैशाख २० । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षणद्वारा उक्त शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिएका छन् ।
गत मंगलबार फेला परेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा नेपाली राहदानी विभागबाट मगाइएको औँठा छाप परीक्षण गरिएको थियो । परीक्षणले शव र पहिचान भिडेको लन्डन प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । दुवाडीका अनुसार मृत्यु शंकास्पद नरहेको प्रहरीले जनाएको छ, तर थप अनुसन्धान जारी रहेको छ ।
अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीहरूले लन्डन प्रहरी र नेपाली दूताव...









