Sunday, July 5News That Matters

Author: पूर्णपुष्टि

नक्कली नोट सहित एक महिला पक्राउ

नक्कली नोट सहित एक महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १८ । मोरङको विराटनगर महानगरपालिका–१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार एक किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेको थियो । खबर प्राप्त भएसँगै तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र ३ हजार १ सय नेपाली रुपैँया सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्हरीले जनाएको छ ।...
शुक्रबार सम्म बर्षाको  सम्भावना

शुक्रबार सम्म बर्षाको सम्भावना

Breaking News 1
पूर्णपुष्टि, बैशाख १८ । काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागमा अहिले परिरहेको वर्षा आगामी दुई दिनसम्म जारी रहने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। यो वर्षा बंगालको खाडीबाट विकसित भएको मौसमी प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण भइरहेको बताइएको छ। मौसम विज्ञ तथा विपद् विशेषज्ञ डा= धर्मराज उप्रेतीका अनुसार ‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ । देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ । ‘उनले केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिएका छन् । हाल काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ । गत एक घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा २४.२ मिलिमिटर मापन गरिएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर, सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बुलेटिनले पन...
जसपा नेत्री यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल, प्रहरीले अनुसन्धान थाल्यो

जसपा नेत्री यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल, प्रहरीले अनुसन्धान थाल्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेत्री डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबार सार्वजनिक भएको उक्त भिडिओमा डा. यादवले एक राउण्ड ‘हवाई फायर’ गरेको दृश्य स्पष्ट देखिन्छ । भिडिओमा डा. यादवका साथै अन्य केही व्यक्तिहरू पनि नाचिरहेको देखिन्छन् । पेस्तोलबाट फायर गरेपछि निस्केको धुवाँ पनि भिडिओमा स्पष्ट देख्न सकिन्छ । यसपछि अर्का एक युवकले पनि उक्त पेस्तोल समातेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार भिडिओ सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढाइएको छ । उनले भने, ‘अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिसकेको छैन ।’ एसपी खतिवडाले डा. यादवलाई प्रहरीले बोलाइसकेको र उनी पनि आउन सहमत भएको जानकारी दिए । ‘उहाँलाई बोलाइसकेका छौं, ...
कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, बैशाख १८ । कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने यस सम्मेलनमा कुल ७१ वटा परियोजनाहरू प्रस्तुत गरिनेछ, जसको कुल लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोइरालाका अनुसार, सम्मेलनमा प्रस्तुत गरिने ७१ मध्ये करिब २४ परियोजनाहरूमा सम्झौता हुने अपेक्षा गरिएको छ । यी परियोजनाहरू मुख्यतया पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी र सेवा लगायत आठ क्षेत्रमा केन्द्रित रहेका छन् । सम्मेलनमा नेपालका निजी क्षेत्रका लगानीकर्ताहरूका साथै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको पनि सहभागिता हुनेछ । लगानीमैत्री वातावरण सिर्जना गर्न सम्मेलनभन्दा केही दिन अघि मंगलबार प्रदेश सरकारले आठव...
त्रियुगा रोजगार केन्द्रद्धारा उत्कृष्ट रोजगारदाता र श्रमिकलाई सम्मान

त्रियुगा रोजगार केन्द्रद्धारा उत्कृष्ट रोजगारदाता र श्रमिकलाई सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ बैशाख । त्रियुगा नगरपालिका रोजगार सेवा केन्द्रले उत्कृष्ट रोजगारदाता तथा श्रमिकहरुलाई सम्मान गरेको छ । १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा त्रियुगाको २४ जना रोजगारदाता र २३ जना श्रमीक गरी जम्मा ४७ जनालाई बुधबार सम्मान गरेको हो । त्रियुगा नगरपालिकाको सभा हलमा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा आन्तरिक रोजगार प्रवद्र्धन अभियान अन्तर्गत श्रम तथा रोजगारी क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने रोजगारदाता तथा श्रमिकहरुको उत्कृष्ट मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । यस सम्मानले रोजगारदाता र श्रमिकहरुमा उच्चमनोवल र आउने समयमा थप रोजगार बढाउने उत्साह मिल्ने त्रियुगा नगर प्रधानमन्त्री रोजगार शाखाकी संयोजक निशा घलेले बताईन् । घलेकी अनुसार संञ्चार उद्यमी, उद्योगी, फर्म, होटल, कन्ट्रक्सन, मोवाईल ब्यवसायी, ग्यारेज, डेरी, यातायात व्यवसायी लगायत बिभिन्न रोजगारदाताल...
आज १३६ औँ अन्तराष्ट्रिय श्रमीक दिवस

आज १३६ औँ अन्तराष्ट्रिय श्रमीक दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ बैशाख । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय श्रमीक दिवस मनाईन्छ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोल...
गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु

गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ बैशाख । उदयपुरको गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु भएको छ । गाईघाट बैँकलाईनको सम्राट आयुर्वेद सँगै रहेको कोशेली गार्मेन्ट उद्योगमा सोमवारदेखी तालिम सुरु भएको हो । तालिममा १० जना सहभागी रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपर र नेपाल घरेलु तथा सना उद्योग महासंघ उदयपुरको संयुक्त समन्वयमा तालिम सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । गार्मेन्ट सिलाई तालिम उच्चस्तरीय कपडा निर्माण गर्ने तालिम पनि हो । यसमा ट्रयाक सुट तथा टिसट बनाउने सिप निर्माण गरिन्छ । उद्घाटन तालिममा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बिना राई लगायतका पदाधिकारी र घरेलु उद्योग कार्यालयका प्रमुख अर्जुन घिमिरे लगायत कर...
उदयपुरमा ठुलो परिमाणमा बरामद गरिएको गाँजा जलाएर नष्ट

उदयपुरमा ठुलो परिमाणमा बरामद गरिएको गाँजा जलाएर नष्ट

Breaking News 2
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानबाट बरामद गरिएको ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा फेला परेको १७७४ किलो ३८७ ग्राम भन्दा बढी ग्राम गाँजा सोमबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको कम्पाउण्ड भित्र खाली जग्गामा नष्ट गरिएको हो । प्रहरीले विभिन्न मिति,समय र स्थानमा नियन्त्रणमा लिएको उक्त गाँजा उदयपुर जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बेलका नगरकार्यपालिकाको कार्यालयका प्रतिनिधि, वडा नं।९का जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प डुडखोलाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालय रामपुरका प्रतिनिधि र स्थानीय पत्रकारहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको हो ।...
उदयपुरको रौतामाईमा चट्याङको आगोले एक घर जलेर नष्ट

उदयपुरको रौतामाईमा चट्याङको आगोले एक घर जलेर नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको रौतामाई गाउँपालिकामा आइतबार मध्यरातमा परेको चट्याङका कारण एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । वडा नं. ५ ढुकुरचुङका चक्रबहादुर राईको घर मध्यरात १२ बजेतिर हावाहुरी र वर्षासँगै परेको चट्याङबाट उब्जेको आगोले पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपात सबै जलेर नष्ट भएको छ । साथै घरसँगै रहेको बाख्राको खोर र सुँगुरको खोरमा आगो लाग्दा एउटा सुँगुर पनि जलेर मरेको छ । आगलागीबाट करिब ५ लाख ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी निरीक्षक धनकुमारी राईका अनुसार रातिको समय भएकाले प्रहरी र स्थानीयलाई घटनास्थलमा जुट्न समय लागेको र आगो बिहानसम्ममा आफै नियन्त्रणमा आएको थियो । घटनाको थप अनुसन्धानक...
गाइघाटदेखी काँकरभिट्टा हिडेको वस कन्चनपुरमा दुर्घटना, ३ को मृत्यु

गाइघाटदेखी काँकरभिट्टा हिडेको वस कन्चनपुरमा दुर्घटना, ३ को मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ बैशाख । गाईघाट देखी काकरभिट्टा हिडेको वस सप्तरीको कन्चनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार प्र१(०१(००१ ख ३४२० नं। को बस उदयपुर सदरमुकाम गाईघाटदेखी झापाको काँकरभिट्टा जाने क्रममा बाटैमा दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको वसमा च्यापिएर दुई जनाको घटना स्थलमै मृत्यु भएका थिए भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको छ । बिहान गाईघाट देखी ९ः३० मा छुटेको वस गन्तव्यमा नपुग्दै दुर्घटना भएको हो । दुर्घटनामा एक पुरुष र एक महिलाको ज्यान गएको प्रारम्भीक भनाई छ । गाईघाटबाट हडिया, फत्तेपुर, भान्टाबारी हुँदै काँकरभिट्टा हिडेको बस आफै अनियन्त्रित भई सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १० बदगमामा भन्ने ठाउँमा दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र मृतक घाईतेहरुको पहिचान खुल्न बाँ...