Sunday, July 5News That Matters

Author: पूर्णपुष्टि

नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्यु : सभामुखद्वारा भारतसँग कुटनीतिक संवाद गर्न निर्देशन

नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्यु : सभामुखद्वारा भारतसँग कुटनीतिक संवाद गर्न निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको मामिलामा सोमबार प्रतिनिधि सभाको बैठकमा गम्भीर छलफल भएको छ । सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएपछि सभामुख देवराज घिमिरेले सरकारलाई भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिए । प्रिसा साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यस घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको सभामुख घिमिरेले बताए । उनले ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न’ भएको उल्लेख गरे । सभामुख घिमिरेले घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन, मृतक प्रिसा साहको परिवारलाई आवश्यक ...
दश दिन देखी बेपत्ता उदयपुरका महेन्द्र कार्की अझै फेला परेन

दश दिन देखी बेपत्ता उदयपुरका महेन्द्र कार्की अझै फेला परेन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ बैशाख । दशदिन अघि उदयपुरको त्रियुगा नगरपालिका ११ शिवमार्गबाट बेपत्ता भएका ५६ वर्षिय महेन्द्र कार्की अझै फेला परेका छैनन् । बेपत्ता भएको बैशाख १२ गते विहान विराटनगरको टिकट काटेर धरानसम्म पुगेको जानकारी परिवारले पाएको छ, तर हालसम्म भएभरका आफन्तहरुसंग सोधीखोजी गर्दा मान्छे फेला पर्न नसकेको उनकी श्रीमती डिकामाया कार्कीले बताइन् । कार्की कान्छि श्रीमती हुन् ।   उनैसंग डेरागरी बस्दै आएका कार्की श्रीमती माइती गएको बेला घरबाट बेपत्ता भएको बताइएको छ । बेपत्ता भएकै दिन प्रहरीमा खोजतलासका लागि हुलीया दिएको छ । प्रहरीले खोजतलास गर्दासमेत फेला पर्न सकेको छैन । कार्कीको मोतिगडा स्थित घरमा जेठी श्रीमती रहेको र रौतामाई गाउँपालिकाको सल्ले पनि घर रहेको जनाइएको छ । प्रहरीमा दिइएको हुलिया अनुसार ५ फिट ७ इन्च उचाइ रहेकाका कार्कीको बाँया हातको कान्छि औला नभएको, दाँया खुट्टाको कुर्कुच...
माओवादी मजदुर पार्टीद्धारा किसानलाई कचिया वितरण

माओवादी मजदुर पार्टीद्धारा किसानलाई कचिया वितरण

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २१ बैशाख । माओवादी मजदुर पार्टीले मजदुर दिवसको अवसरमा किसानहरुलाई कचिया वितरण गरेको छ । मे १ को अवसरमा मनाईने १३६ औँ मजदुर दिवसको अवसर पारी खाटमन्दिर खोहरिया टोलका १२ घर परिवारलाई कचिया वितरण गरिएको पार्टीका प्रवक्ता जगत कटुवालले जानकारी दिए । माओवादी मजुर पार्टीले किसान र मजदुरहरुकै क्षेत्रमा आवाज उठाउने बताउँदै उनिहरुको आवश्यकतामा सहयोग पुराएको जनाए । पार्टीका संयोजक हिमाल ंिसह राईले आम मजदुरहरुको योगदान र सम्मानका लागि कचिया वितरण गरेको जनाए । विश्वलाई सुन्दर बनाउन मजदुरको मेहनत र संघर्षको सम्मानको लागि मजदुर दिवस महत्वपूर्ण दिनको रुपमा रहेको जनाए । कचिया पाएपछि किसानहरुले पार्टीलाई धन्यवाद दिएको छ ।...
उदयपुरका भोजु दनुवार मलेसियामा मृत फेला, परिवारद्धारा हत्याको आशंका

उदयपुरका भोजु दनुवार मलेसियामा मृत फेला, परिवारद्धारा हत्याको आशंका

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २१ बैशाख । उदयपुरकी त्रियुगा नगरपालिका वडा नं ८ बैरेनीकी ४० बर्षिय बिनिता दनुवारको मोवाईलमा मलेसियामा रहेका श्रीमान भोजु दनुवारको अडियो मेसेज आउँछ । अडियो पढ्न नमिल्ने भएकाले उनिले मेसेजमा आएको अडियोलाई क्लिक गरेर सुन्छीन् । सँधै घरायसी ब्यवहार र सामान्य कुराकानी गरिरहने बिनिता यो पटकको अडियो सुनेर होस गुमाउँछिन् । सप्तकोशी मेनपावर काठमाण्डौँबाट ३ बर्ष अघि मलेसिया पुगेका भोजुले श्रीमतलाई होस गुमाउनेखाले अडियो मेसेज गर्छन् । मलाई मार्न कम्पनीको सुपरभाईजरले केटाहरु खटाएको छ,“ तिनिहरुले मलाई भित्र भएपनि मार्छ बाहिरै गएपनि मार्छ,”“ तिनिहरुले मार्नु भन्दा बरु म आफै मर्छु,” यहि भनाई अडियो मार्फत भोजु दनुवारले आफ्नो श्रीमतीलाई पठाउँछ । त्रियुगा नगरपालिका वडा नं ८ बैरेनीका ४० बर्षिय भोजुले सायद आफ्नो मृत्यु पक्का भएको थाहा भएरै यो अडियो पठाएको आकलन गरिएको छ । भोजुले यो अडियो ब...
मुख्यमन्त्री कार्कीको एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव

मुख्यमन्त्री कार्कीको एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २१ । नेकपा एकीकृत समाजवादीका नेताहरूले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा १७ वटा विषयका १३८ बुँदे मागपत्र बुझाउन पुग्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले र समाजवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार मुख्यमन्त्री कार्यालयमा एकीकृत समाजवादीका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्युरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायत तीन दर्जन नेताहरूले मागपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछिको अनौपचारिक छलफलमा मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलाएर एउटै गौरवशाली पार्टी बनाउने प्रस्ताव गरेका हुन् । "यो अनौपचारिक कुरा हो, तर दुई वटाले गौरवशाली पार्टी किन भन्ने? दुईवटै गौरवशाली मिलाएर एउटै गौरवशाली बनाऔँ," मुख्यमन्त्री कार्कीले भने । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीको प्रस्तावमा समाजवादीका नेत...
सरकारसँग चिकित्सक संघको ४ बुँदे सहमति

सरकारसँग चिकित्सक संघको ४ बुँदे सहमति

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच शनिबार आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी विवादमा चार बुँदे सहमति भएको छ । आवासीय चिकित्सकलाई सरकारी सोसरह निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालयका सहसचिव भीमप्रसाद सापकोटा र संघका महासचिव सञ्जीव तिवारीबीच सहमति भएपछि चिकित्सकले आन्दोलन अन्त्य भएको घोषणा गरेका छन् । तर आवासीय चिकित्सकहरूले भने उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी राख्ने जनाएका छन् । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर साढे ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गत माघ २५ गते गरेको थियो । तर निजी मेडिकल कलेज सञ्चालकहरूले भत्ता उपलब्ध गराउन नसक्ने घोषणा गरेका थिए । गतसाता बसेको आयोगको बैठकले एमबीबीएसलगायत चिकित्सा शिक्षा स्नातक ...
१२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ विद्यार्थी सहभागी, देशभर कती ?

१२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ विद्यार्थी सहभागी, देशभर कती ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २१ बैशाख । आईतबार देखी सुरु कक्षा १२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ जना सहभागी बनेको छ । परिक्षाको लागि उदयपुर जिल्लाको बिभिन्न विद्यालयहरुलाई केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरकी प्राविधिक साहयक मैनाकला लिम्वुका अनुसार परिक्षाका लागि जिल्लामा लिम्चुङबुङ र ताप्ली बाहेक ६ ओटा पालिकाहरुमा १७ ओटा परिक्षा केन्द्रहरु तोकिएको छ । त्रियुगा, बेलका, चौदण्डी, कटारी, उदयपुरगढी र रौतामाईमा परिक्षा केन्द्र तोकिएको हो । जस मध्ये सबैभन्दा बढी त्रियुगामा ८ ओटा परिक्षा केन्द्र रहेको छ । त्रियुगामा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, रामजानकि मावि मोतिगडा, जनता मावि देउरी, अम्वेवर मावि राजावास, जनज्योति मावि चुहाडे, त्रियुगा मावि गाईघाट, राष्ट्रिय मावि बगाहा र बाल मन्दिर मावि बोक्सेमा परिक्षा संञ्चालन भैरहेको लिम्वुले बताईन् । यता कटारीको त्रिवेणी मावि र गुँरासे ...
गाईघाटमा  एक सय बढी प्रहरीको निशुल्क आँखा जाँच

गाईघाटमा एक सय बढी प्रहरीको निशुल्क आँखा जाँच

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० बैशाख । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरीहरुको निशुल्क आँखा जाँच गरिएको छ । शनिवार मदन भण्डारी आँखा खस्पताल गाईघाटको आयोजना तथा नेत्रज्योति संघ उदयपुरको संमन्वयमा आँखा जाँच गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा कार्यरत एक सय बढीको प्रहरीको प्रहरी कार्यालय भित्रै आँखा जाँच गरेको हो । दिनरात जनताको सेवामा खटिनु पर्ने प्रहरीको आँखा स्वास्थ्य राख्न यो निशुल्क सेवा प्रदान गरिएको हो । अहिलेको हावाहुरी र धुलौमैलोले आँखामापर्ने असरलाई मध्यनजर गर्दै आँखाको सुरक्षा तथा सावधानका लागि आँखा शिविर आयोजना गरिएको हो । विभिन्न दर्जाका एकसय बढी प्रहरीको आँखा परिक्षण भएको छ प्रहरी स्रोतले जनाएको छ । आँखा मानवीय जीवन र प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ ।    ...
उदयपुरमा लागुऔषध सहित एक युवक प्रकाउ

उदयपुरमा लागुऔषध सहित एक युवक प्रकाउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २० । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० का २१ बर्षीय अनमोल राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शुक्रबार विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले राईको घर खानतलासी गर्दा २ सय ५९ ग्राम गाजा र कोलिबन र ट्रामाडोल ७ सय ३६ ट्याबलेट समेत बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै सेवनकर्ता तथा कारोबारी राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।...
मुख्यमन्त्री कार्कीद्वारा सामाजिक सञ्जालसम्बन्धी कडा कानुन ल्याउन सङ्घीय सरकारलाई आग्रह

मुख्यमन्त्री कार्कीद्वारा सामाजिक सञ्जालसम्बन्धी कडा कानुन ल्याउन सङ्घीय सरकारलाई आग्रह

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्न सङ्घीय सरकारलाई शीघ्र कानुन ल्याउन आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्नेमा जोड दिए । "सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खल्बलिएको छ," मुख्यमन्त्री कार्कीले भने, "यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी कानुन अत्यावश्यक छ ।" नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । एक लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार ...