Friday, July 10News That Matters

Author: पूर्णपुष्टि खबर

कोशी प्रदेशमा माओवादीको सरकारबाट फिर्ता हुने निर्णयमा अनिश्चितता

कोशी प्रदेशमा माओवादीको सरकारबाट फिर्ता हुने निर्णयमा अनिश्चितता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १८ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारमा रहेको माओवादी केन्द्रको भविष्यबारे चासोको विषय बनेको छ। हाल कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका तीन जना मन्त्री छन् : गणेशप्रसाद उप्रेती (भौतिक पूर्वाधार विकास), नारायण बुर्जा मगर (पर्यटन, वन तथा वातावरण), र राजेन्द्र कार्की (स्वास्थ्य) । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कांग्रेस र एमालेबीचको प्रारम्भिक सहमति अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री एमालेकै रहने बताए। माओवादी सरकारबाट बाहिरिने वा नरहने विषयमा केन्द्रको निर्देशन अनुसार निर्णय गरिने जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रमा परिवर्तन भएसँगै प्रदेशमा पनि सोही अनुसार अगाडि बढ्ने बताए। माओवादी क...
उर्लाबारीमा टिफरले ठक्करदिँदा एक युवतीको मृत्यु

उर्लाबारीमा टिफरले ठक्करदिँदा एक युवतीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटनामा २७ वर्षीया सीता बोहोराको मृत्यु भएको छ। हिजो साँझ प्रदेश ०३–००१क १०९० नम्बरको टिफरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सीता बोहोरा र उनका ९ वर्षीय छोरा प्रशान्त बोहोरा घाइते भएका थिए। घाइते दुबैलाई उपचारका लागि मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो भने छोरा प्रशान्तलाई थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर पठाइएको छ। ठक्कर दिने टिफर र चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।...
लागुऔषधसहित ६ जना युवायुवती पक्राउ

लागुऔषधसहित ६ जना युवायुवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । झापा, मोरङ, र सुनसरी जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–९ की २३ वर्षीय कञ्चना राई र १८ वर्षीय समन भुजेललाई ट्रामाडोल ३४० पिससहित पक्राउ गरेको हो। त्यसैगरी, धरान–१७ का २१ वर्षीय राजु साहलाई अस्थायी प्रहरी पोस्ट तीनकुने धरानबाट खटिएको टोलीले स्पास्मो ३५०० ट्याब्लेट र ओपोट्याब १७०० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ। मोरङको पथरी शनिश्चरे–१ का १८ वर्षीय नवराज मगरलाई ट्रामाडोल ३३ चक्की र स्पासमिड १२ चक्कीसहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । त्यस्तै, झापाको बिर्तामोड–७ का ३३ वर्षीय सुरज लामा र बिर्तामोड–५ का २२ वर्षीय विजय मगरलाई ४ ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा...
प्रधानमन्त्री दाहालले राजीनामा नदिई विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिई विश्वासको मत लिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा नदिई संसदमा विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यो निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। प्रधानमन्त्रीले संसदमा गणित देखाउने र विश्वासको मत लिने बताएका छन् । माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेसहित विभिन्न दलहरूसँग छलफल गरी अगाडि बढ्ने रणनीति लिएको छ । यो कदमले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ ।...
करमगाछीदेखि गणेश मन्दिरसम्म वृक्षारोपण

करमगाछीदेखि गणेश मन्दिरसम्म वृक्षारोपण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बोक्से स्थित करमगाछीदेखि बरुवा पारी निर्माणाधीन गणेश मन्दिरसम्म वृक्षारोपण गरिएको छ । मंगलबार वन डिभिजन कार्यालय उदयपुरले नव उदय सामुदायिक वनसँगको सहकार्यमा शून्य बजेटमा गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गतमा वृक्षारोपण गरेको हो । वन डिभिजन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर शाहले वातावरण सुधार, सौन्दर्यीकरण र स्वच्छ हावाको प्रवर्द्धन गर्ने उद्देश्य सहित वृक्षारोपण गरिएको बताएका छन् । वृक्षारोपणले यस क्षेत्रको सौन्दर्य बढाउनुका साथै स्थानीयवासीलाई मर्निङ वाक र मनोरञ्जनका लागि थप आकर्षक स्थल प्रदान गर्ने अपेक्षा लिएको अधिकृत शाहले बताए । राजनैतिक अगुवा, नागरिक समाज, र स्थानीयको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।    ...
“प्रचण्डद्वारा ओलीलाई ‘विवेकसम्मत निर्णय’ लिन सुझाव; संक्रमणकालीन न्याय विधेयक पारित भए पद छोड्न तयार”

“प्रचण्डद्वारा ओलीलाई ‘विवेकसम्मत निर्णय’ लिन सुझाव; संक्रमणकालीन न्याय विधेयक पारित भए पद छोड्न तयार”

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता समीकरणबारे ‘विवेकसम्मत निर्णय’ लिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको तीन घण्टा लामो छलफलमा प्रचण्डले ओलीलाई सत्ता समीकरण, बजेट, विभिन्न नियुक्ति र भावी सहकार्यबारे ‘विवेकसम्मत निर्णय’ लिन आग्रह गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको असन्तुष्टि सम्बोधन गर्न तयार रहेको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि सत्ता हस्तान्तरण गर्न इच्छुक रहेको बताए । साथै, कांग्रेसको समर्थनमा सरकार बनाउने विकल्पबारे पनि सोच्न ओलीलाई सुझाव दिएका छन्। ओलीले विवेकसम्मत निर्णय लिने जवाफ फर्काएका छन्।    ...
गृहमन्त्री लामिछाने विरुद्धको रिटमा आज सुनुवाई

गृहमन्त्री लामिछाने विरुद्धको रिटमा आज सुनुवाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले दायर रिटमा निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखिएको छ। जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए भने गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि सुनुवाइ असार १८ गतेका लागि सारिएको थियो। रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पार्न सक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न अन्तरिम आदेशको माग गरिएको छ। साथै, महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर नभएको भनेर लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ।...
त्रिनपा १६ मा जग्गा नापीको निस्सा वितरण

त्रिनपा १६ मा जग्गा नापीको निस्सा वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ शाही खोलामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण सम्पन्न भएको छ । साहिखोलाका ८४ जनालाइ निस्सा वितरण गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, वडाध्यक्ष मानबहादुर राई लगायतले निस्सा प्रमाण पत्र प्रदान गरेका थिए । निस्सा प्रमाणपत्र पाएपछि स्थानीय खुसी बनेका थिए । नगरपालिकाले विभिन्न वडामा नापीको निस्सा वितरण गर्दै आएको छ । निस्सा वितरणलाई निरन्तरता दिने र जग्गा नापीको काम बाँकी रहेका ठाउँमा पनि नापी गरेर निस्सा वितरण गरिने मेयर बस्नेतले बताए । उनले यो वर्षभित्रमा सबै नाप्ने र निस्सा वितरणको काम सकेर आगामी वर्ष २०८२ मा लालपूर्जा वितरणको लक्ष लिएको बताए । वडाध्यक्ष राईले जग्गा नापीको जनताको मागलाई प्राथमिकतामा राखेर काम गरिएकोले आज निस्सा वितरण गर्न सफल भएको ...
युक्रेनको नियन्त्रणमा रहेका सिद्धार्थ ढकालको पत्र परिवारलाई प्राप्त

युक्रेनको नियन्त्रणमा रहेका सिद्धार्थ ढकालको पत्र परिवारलाई प्राप्त

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १७ । काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकालले युक्रेनको नियन्त्रणमा रहेको अवस्थाबाट परिवारलाई पत्र पठाएका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को पहलमा किभस्थित रेडक्रस सोसाइटीका अधिकारीहरूले ढकालको सन्देश सहितको पत्र नेपाल रेडक्रस सोसाइटीलाई पठाएका हुन्। ढकालको पारिवारिक स्रोतबाट प्राप्त पत्रमा उनले आफू पूर्ण स्वस्थ रहेको र चाँडै आउने आश्वासन दिएका छन्। उनले पत्रमा लेखेका छन्, ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन। म चाँडै आउँछु। हुनसक्छ युद्ध रोकिएपछि अथवा नेपाल सरकारको सहयोग भयो भने म अझै चाँडै आउन सक्छु।’ उनले ९ अप्रिल २०२४ ९२७ चैत २०८०० मा पत्रमा हस्ताक्षर गरेका छन्। सिद्धार्थ २५ भदौ २०८० मा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट मस्को उडेका थिए। विचौलियाको सिकार भएपछि उनी रुसी सेनामा भर्ती हुन बाध्य भएका थिए। १३ मंसिर २०८० मा उनले बुबा बिरुला...
लागुऔषध सहित ७ जना पक्राउ

लागुऔषध सहित ७ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १७ गते । झापा र सुनसरी जिल्लामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ७ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भद्रपुर–८ का ३६ बर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयालाई ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो। त्यसैगरी, सुनसरीको धरान–८ मा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३६ सुनिल श्रेष्ठ र २३ बर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । नरसिंह गाउँपालिका–६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई स्पास्मो २५४ ट्याब्लेट, नगद ३९ हजार र मोटरसाइकल सहित पक्राउ गरिएको छ। धरान–१५ का २७ बर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।...