Monday, July 13News That Matters

Author: पूर्णपुष्टि खबर

माओवादी मजदुर पार्टीद्धारा खुल्ला सभा तथा शौक्षीक सामाग्री वितरण

माओवादी मजदुर पार्टीद्धारा खुल्ला सभा तथा शौक्षीक सामाग्री वितरण

Breaking News 1
पूर्णपुष्टि, २ माघ । माओवादी मजदुर पार्टीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै खुल्ला सभा कार्यक्रम सम्पन्न गरेको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर पार्टीले बिबिध कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री र खुल्ला सभा कार्यक्रम राखेका थिए । पार्टीका केन्द्रीय महासचिव हिमाल सिंह राईका अनुसार मंगलबार त्रियुगा नगरपालिका वडा नं ७ खोरिया टोल स्थित पार्टी केन्द्रीय सदस्यहरु प्रदिप फुयाँल, मेघ बहादुर दनुवार सहित तिन प्रतिनिधि र जिल्ला सदस्यहरु लिला दनुवार, पार्वती दनुवार, उर्मिला राय, बिष्णु राय, निर्मला राई लगायतको उपस्थिति रहेको थियो । यस्तै पार्टीले त्रिनपा १० बोक्से पानी ट्याँङकी टोलमा शैक्षिक सामाग्री समेत वितरण गरेको छ । विद्यार्थीहरुलाई कापी र कलम वितरण गर्दै उज्वल शिक्षाको कामना पार्टीले गरेको छ ।...
मोतीगडा क्याम्पसका विद्यार्थीको लागी खानेपानी ट्याङकी निर्माण गरिदिने मन्त्री बुर्जाको प्रतिबद्धता

मोतीगडा क्याम्पसका विद्यार्थीको लागी खानेपानी ट्याङकी निर्माण गरिदिने मन्त्री बुर्जाको प्रतिबद्धता

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले मोतीगडा क्याम्पसका विद्यार्थीका लागी खानेपानी ट्याङकी निर्माण गरीदिने भएका छन् । बुधबार मोतीगडा क्याम्पसको एक कार्यक्रमका बिच मन्त्री बुर्जाले सो कुरा बताएक हुन् । मन्त्री बुर्जाले आफ्नो कार्याकालमा क्याम्पसमा पढ्ने विद्यार्थीहरुको लागी स्वच्छ खानेपानी अभाव नहोस् भन्ने हेतुले एउटा खानेपानीको ट्याङकीको व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालय पाएका आफुले जनताका हितमा काम गर्नका लागी आफ्ना कर्मचारी र सबै पार्टीका नेताहरुलाई कानुनी, प्राविधिक लागायतका सल्लाह सुझाव दिनुपर्ने बताएका छन् । आफु काम गर्ने ब्यक्ति भएकोले मन्त्रालय असफल भयोभने सबै कर्मचारीहरु पनि असफल हुने आफ्नो मन्त्रालयका कर्मचारीहरुलाई सुनाएको मन्त्री बुर्जाले बताए । मन्त्री बुर्जाले आफु हाईफाई र स्टयाण्ड...
प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई नि:शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बताएका छन् । दोस्रो प्रदेश महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश भरी नै १० बर्ष मुनिका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताएका हुन् । मुख्यमन्त्री कार्कीले भविष्यलाई हेरेर बालबालिकालाई बचाउने अभियानमा लागेको बताएका छन् । बालबालिकाको नि:शुल्क उपचारको लागी बजेट विनियोजन गरेको छु ‘मुख्यमन्त्री कार्कीले भने’ घर भित्र विकास पु¥याउने जिम्मेवारी सरकारको रहेकोले बाटोमा पुग्दै गरेको विकासलाई घरभित्र पु¥याएको हुँ । प्रदेश भरीकै बालबालिकालाई विशेषज्ञ सेवा प्रदान गर्न परेमा नि:शुल्क उपचार हुने मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पतालमा उपचार गर्ने परेमा पैसा नलाग्ने साथै औषधीको समेत व्यवस्था गरेको मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पताल...
निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील छ : उपसभामुख दनुवार

निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील छ : उपसभामुख दनुवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील रहेको बताएकी छन् । दोस्रो प्रदेश महोत्सवलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले व्यापारी, उद्योगी, किसान लगायत सबै क्षेत्रको उत्थान, सम्रक्षण, प्रवद्र्धन, विकास र समृद्धिको लागी निति निर्माण गर्ने काममा कोशी प्रदेश सभा सम्वेदनशील र जिम्मेवार रहेको बताएकी हुन् । व्यवसाय र संस्थाको अगुवाई गरेका व्यक्तित्वले कानुन नबनेको भन्ने गुनासो गरेको सुनाउँदै जुन नितिहरु छ, त्यसलाई अवलोकन गर्दै कति परिमार्जन गुर्न पर्नेछ र कति निर्माण गर्न बाकिँ छ त्यो कुरामा कोशी प्रदेश सभा जिम्मेवार रहेको उनले बताए । महोत्सवहरु धेरै लागेकोमा बिकृती, बिसंगती देखिएको बताउँदै यो महोत्सवले बिषेश गरेर स्थानिय श्रमजिवि, स्थानिय उद्योगी, स्थानिय व्यापारी र स्थानिय किसानहरुको सम्रक्षण र प्रवर्धनमा भुमिका खेल्नेमा उन...
कृषी क्षेत्रमा क्रान्तिकारी काम आवश्यक छ : उद्योग कृषि तथा सहकारीमन्त्री खत्री

कृषी क्षेत्रमा क्रान्तिकारी काम आवश्यक छ : उद्योग कृषि तथा सहकारीमन्त्री खत्री

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले कृषी क्षेत्रमा क्रान्तिकारी सोच, बिचार र काम आवश्यक रहेको बताएका छन् । दोस्रो प्रदेश महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खत्रीले नेपालीहरुको महोत्वपुर्ण क्षेत्रको रुपमा कृषी क्षेत्र रहेकोले कृषीलाई उत्पादन मुखी, यान्त्रीकिकरण र बजारीकरण गर्नु पर्ने बताए । नेपाल कृषी प्रदान देश रहेकोले बिशेष प्राविधिमा राखेर भोलीको दिनमा अगाढी बढ्नु पर्ने उनले बताए । कृषीमा लगानी गरिएमा मात्रै जनताको आर्थिक स्तर बृद्धि हुने र देश अगाडी बढ्ने उनले बताए । पर्यटन र भौगोलिक दृष्टि कोणले पनि उदयपुर जिल्ला एकदमै महत्वपुर्ण रहेकोले पर्यटन क्षेत्रमा केही सुधार गर्न सक्यौँ भने लाखौँको संख्यामा पर्यटकहरु भित्राउन सकिने उनले बताए ।...
त्रियुगा २ मा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

त्रियुगा २ मा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, २ फागुन । त्रियुगा नगरपालिका वडा नं २ मा माओवादी केन्द्रले वडा सम्मेलन सम्पन्न गरेको छ । २९ औँ जनयुद्ध दिवसको अवसर सँगै पार्टीले दोश्रो वडा सम्मेलन पनि सम्पन्न गरेको हो । दिवसको अवसरमा शुभकामना आदानप्रदान सँगै सम्मेला सम्पन्न गरेको पार्टीका त्रियुगा नगर अध्यक्ष मान वहादुर राईले जनाए । पार्टीका प्रदेश सदस्य तथा त्रियुगा नगर ईन्चार्ज विमल किराँतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अध्यक्ष राईको भनाई छ । ।जगत ब. सार्कीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । यस्तै रुक्मिणा खडकाको अध्यक्षतामा ९ सदस्यीय अनेम संघ (क्रान्तिकारी) र दल बहादुर रम्तेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा समेत गठन भएको छ । निर्वाचित सबै नेतृत्वहरुलाई प्रमुख अतिथि किराती र नगर अध्यक्ष राई लगायतले हार्दिक बधाई व्यक्त गरेको छ ।...
उदयपुरमा जनयुद्धको संझनामा दिप प्रज्वलन

उदयपुरमा जनयुद्धको संझनामा दिप प्रज्वलन

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ । उदयपुरको सदरमुकाम गाईघाटमा २९ औं जनयुद्धको दिवसको सम्झनामा दिप प्रज्वलन गरिएको छ । त्रिनपा–११ स्थित पिपल चोकमा हिजो साँझ क्रान्तिकारी माओबादी नेपाल, उदयपुरले दिप प्रज्वलन गरेको हो । उक्त दिप प्रज्वलनको अबसरमा गरिएको कोणसभामा पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश समितीका स्कुल बिभागका प्रमुख अम्मर परियारले दलाल संसदिय ब्यबस्थाको अन्त्यको निम्ति फेरि पनि आंधिबेहेरी सृजना गर्नु पर्ने बताउंदै अब अन्तिम युद्धको तयारिमा जुट्नु पर्ने बताउनु भयो। जनयुद्धको भावना बिपरित धोकेबाज प्रचण्डले देशलाइ बर्बादितिर लागेको र उनिहरुले शहिदका सपनालाइ लत्यायर दक्षिणपन्थी भाषतिर जाकियको ठोकुवा गर्दै अब उनिहरुबाट देश र जनताको मुक्ती नहुने ठोकुवा गर्नु भयो ।...
गाईघाट दोस्रो प्रदेश महोत्सवमा आज मिलन नेवार आउँदै

गाईघाट दोस्रो प्रदेश महोत्सवमा आज मिलन नेवार आउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ फागुन । गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार आउने भएकी छिन् । महोत्सवमा आज नेवारको बिषेश प्रस्तुती रहने आयोजकको भनाई छ । बरुवा वसपार्कमा संञ्चालन महोत्समा आज नेवारले भरपुर मनोरञ्जन गराउने भन्दै दर्शकहरुलाई महोत्सव अवलोकनमा उपस्थित हुन अनुरोध गरेको छ । गायिका नेवार सँगै गायक ताराबिर पाण्डे समेत महोत्सवमा आउने छन् ।...
उदयपुरमा दोस्रो प्रदेश महोत्सव सुरु

उदयपुरमा दोस्रो प्रदेश महोत्सव सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ फागुन । उदयपुरमा आजबाट दोस्रो प्रदेश महोत्सव सुरु भएको छ । १० दिन सम्म संञ्चालन हुने महोत्सव गाईघाट स्थित बरुवा वसपार्कमा आजबाट सुरु भएको हो । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेको छ । उद्घाटन सँगै महोत्सव औपचारिक रुपमा संञ्चालन भएको हो । महोत्सवमा स्थानीय उत्पादनलाई बिषेश जोड दिएको छ । भने पर्यटन, उद्योगक कृषिलाई पनि बिषेश जोड दिईएको छ । महोत्सवमा प्याराग्लाईडिङ, र्याफटिङ, मनोरञ्जन, ब्यापार जस्ता कुराहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ । प्रदेश भरीकै बिभिन्न उत्पादनलाई सो गर्नुका साथै प्रचार प्रसार गरिएको छ । महोत्सव उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री सहित खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा र कृषि उद्योग मन्त्री राम कुमार खत्री, उपसभामुख सिर्जना दनुवार लगायतका बिषेश ब्यक्तिहरुको उपस्थिति रहेका थिए ।...
उदयपुरको तिन स्थानीय तहले दियो जनयुद्ध दिवसमा सार्वजानिक विदा

उदयपुरको तिन स्थानीय तहले दियो जनयुद्ध दिवसमा सार्वजानिक विदा

Breaking News 1
पूणंपुष्टि, १ फागुन । उदयपुरको थप दुई ओटा स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको छ । जिल्लाको रौतामाई र ताप्ली गाउँपालिकाले मंगलबार सार्वजानिक विदा दिएको हो । यस अघिनै लिम्चुङबुङ गाउँपालिकाले सार्वजानिक विदाको घोषणा गरिसकेका थिए । माओवादी सरकार रहेको यस तिन पालिकामा जनयुद्ध दिवस जनताहरुको महत्वपूर्ण दिवस रहेको भन्दै सार्वजानिक विदा दिएको बताएका छन् ।...