उदयपुर, १० माघ २०८२ ।
<span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ।
<span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् ।
<span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए ।
निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए।
यसअघि...
९ माघ, २०८२ । उदयपुर
उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् ।
चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् ।
क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् ।
राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।...
९ माघ, २०८२ । उदयपुर
संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए ।
दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ ।
दुई स्वतन्त्र चुनावी मैदानमा कायम
उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा ए...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का लागि सशक्त टिकट दावी गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पार्टीबाट टिकट प्राप्न नगरे पनि राजिनामा दिएका छन् । आउ दिउसो ४ बजे सामाजिक सञ्जालमा आएर अध्यक्ष राईले राजिनामा घोषणा गरेका हुन् । उनले दोस्रो पटक पनि स्थानीय तहको चुनाव जितेर अध्यक्ष दोहोर्याएका थिए ।
उनले पार्टीबाट टिकट नपाए पनि स्वतन्त्ररुपले भएपनि निर्वाचनमा उम्मेदवारको रुपमा उभिने संकेत गरेका छन् । उनले पदको लोभ भन्दा पनि जनता र ठाउँको विकासका लागि यो साहस गरेको बताएका छन् ।
“पालिका अध्यक्षको बाँकी कार्यकालका लागि लोभिने भन्दा भावि दिनमा जनताको विकास र समृद्धिको हुटहुटीले जनतामाझ चुनावमा जान राजिनामा दिएको हुँ ।” उनले भनेका छन् ।
राजिनामा पछि उनले दुईदुई पटक निर्वाचनमा जिताउने जनतालाई धन्यवाद ज्ञापन ग...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा उदयपुर क्षेत्र नम्बर १ बाट बिदुर बस्नेत र २ नम्बर क्षेत्रबाट रामकुमार राई उठाएकाे छ ।
बस्नेत पार्टीका पूर्वजिल्ला सभापति हुन भने राई गत प्रतिनिधिसभाकाे चुनावमा स्वतन्त्र उठेका उम्मेद्वार हुन् । क्षेत्रिय सभापति रहेका राई काङ्ग्रेसबाट बाघि उठेकाेमा उनलाई कारवाही पछि फुकुवा गरि टिकट दिईएकाे हाे ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ ।
पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे ।
पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...