Wednesday, June 17News That Matters

राजनीति

निर्वाचन आयोगलाई मेयर बालेनसँग जरिवाना नलिन सर्वोच्चको आदेश

निर्वाचन आयोगलाई मेयर बालेनसँग जरिवाना नलिन सर्वोच्चको आदेश

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ४ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगको गत भदौ ३१ गतको बैठकले समयमै खर्च विवरण पेस नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । शाहलाई रु सात लाख ५० हजार जरिवाना तोकिएको थियो । त्यस्तै अरु एक लाख २३ हजार उम्मेदवारलाई न्यूनतम रु एक लाख ५०...
कांग्रेस नेता चन्द्र भण्डारी र आमा ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते

कांग्रेस नेता चन्द्र भण्डारी र आमा ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ४ । गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएको छ । निजि निवासमै उक्त घट्ना मा परी उनको ८६ वर्षीय आमा हरिकलासमेत घाइते भएकी हुन् । उनीहरूको हाल कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए । चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो ।...
बालाजु घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

बालाजु घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ३ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही गत फागन १ गते काठमाडौंको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए । सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए...
महाअभियान गणतन्त्रको विरोधका रूपमा छैन :  दुर्गा प्रसाईं

महाअभियान गणतन्त्रको विरोधका रूपमा छैन : दुर्गा प्रसाईं

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागनु १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरू गरेका छन् । सोमबारदेखि अभियान सुरू गरेका प्रसाईंले महाअभियान गणतन्त्रको विरोधका रूपमा नभएको दाबी गरेका हुन् । प्रसाईंले महाअभियानका लागि ८ वटा मागसमेत राखेका छन् । अरू ३ बुँदा पनि बैंकसँगै सम्बन्धित छन्। पहिलो नम्बरमा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर ६ प्रतिशतभन्दा कम हुनुपर्ने, बैंक लघुवित्त र सहकारी संस्थाहरूले घरजग्गा लिलाम गरी परिवारविहीन सुकुम्बासी बनाएको नागरिकको घरजग्गा तत्काल फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले पत्रिकामा फोटो सार्वजनिक गर्ने,तीनपुस्ते विवरण प्रकाशन गरी सार्वजनिक बेइज्जति गर्ने कार्य बन्द गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाका कारण आत्महत्या गर्न बाध्य बनाउने कर्मचारीलाई छानबिन गरी तत्काल मुद्दा लगाउनुपर्ने र बैंक तथा वित्तीय संस्था नेपाल स...
दुर्गा प्रसाईले सुरुगरे आफ्नो अभियान ज्ञानेन्द्र र पारसलाई सँगै राखेर

दुर्गा प्रसाईले सुरुगरे आफ्नो अभियान ज्ञानेन्द्र र पारसलाई सँगै राखेर

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई एकै मञ्चमा राखेर नयाँ अभियानको सुरुवात गरेको छ । सोमबार राजपरिवारको सदस्यहरुको उपस्थितिमा काँकडभिट्टाको मेची पुलबाट प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हो । नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रहेका प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेतालाई निम्ता दिएका थिए। अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ।...
रास्वपाले केन्द्रीय सदस्य थप्ने तयारी

रास्वपाले केन्द्रीय सदस्य थप्ने तयारी

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने तयारी थालेको छ । सोमबार दिउँसो समितिको बैठक बस्दै दिउँसो तीन बजेका लागि बैठक बोलाइए र केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुने भएको हो । केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ । अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ। यसैबीच रास्वपाले चितवन९२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ । उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन– २ मा उपनिर्वाचन गर्दैछ।...
आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को आईतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा हजारौँ नेपालीले ज्यान गुमाएका थिए । त्यसैको फागुन १ लाई १० वर्षे सशस्त्र जनयुद्धका क्रममा १३ हजार भन्दा बढी सहिदहरूले ज्यान गुमाएको फेहरिस्त छ । आज ज्ञात अज्ञात सबै सहिदहरू र तिनीहरूको बलिदानको चर्चा गरिन्छ ।...
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा

राजनीति, समाचार
पूर्णपुष्टिट,माघ २९ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए । गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुनः नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा स्थापना कालदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् । यस्तै, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् । सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी ...
राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको बताएका छन् । शनिबारको एक कार्यक्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको र अहिले संकेतमात्र गर्ने बताएका हुन् । नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन् । सबैलाई पद दिएको छ । म भइहालेँ भन्ने परेको छ । को(को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौँ । हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ ।’ नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।...
नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश संञ्चलन भईरहेको छ । शनिवार गाईघाटको कञ्चनजंगा होटलमा संगठनका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा खुल्ला सत्र कार्यक्रम सञ्चानल भैरहेको हो । कर्यक्रममा नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य उदयपुर जिल्ला इन्चार्ज एंव पूर्व सांसद सुरेश कुमार राई ९हिमाल०,प्रदेश सभा सदस्य नारायण बुर्जा, सांसद राजन किराती, सम्भना तामाङ, मोइन बहादुर खत्री लगाएतको उस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपला निजामति कर्मचारी संगठनमा अवाद्ध जिल्लाका बिभिन्न कर्मचारीहरुको उपस्थितिमा अधिवेशन अधिवेशन संचालन भईरहेको छ । “प्रभावकारी जनसेवा पेशागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रि कर्मचारी संगठन शान्ति सुशासन” आत्मनिर्भरता र राट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन” भन्ने मूल नाराको साथ पाँचौ जिल्ला अधिवेश सञ्चालन भए...