उदयपुरमा एमालेले आज विशाल जनसभा गर्ने
पूर्णपुष्टि, उदयपुर, कार्तिक २९ गते ।
एमाले उदयपुरले जिल्लामा आज विशाल जनसभाको आयोजना गर्दैछ । जेनजी आन्दोलन पश्चात जनविश्वास गुमाउँदै गएको एमालेले जनतामाझ आफुलाई बलिायो देखाउन जनसभा गर्ने गदैेछ । यो कार्यक्रम देशव्यापि रुपमै आयोजना गरिएको छ । गाईघाट स्थित पिपलचोक बाट गाईघाट बजार हुँदै मोतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजावास, बोक्से, करमगाछी हुँदै पिपलचोकमै आएर कोणसभा गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई कुन केन्द्रीय नेता तथा कुन नेताले सम्बोधन गर्ने भन्ने बिषयमा टुँगो नलागेपनि जिल्लाकै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बुझिएको छ ।
एमालेले तिन चरणमा जनसभा कार्यक्रम गर्ने छ । जसमा पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको गगरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका थिए । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज शनिवार जिल्लाहरू जनसभा हुँदैछन् । जनपर...









