सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पश्चिम तटबन्ध कटान हुने जोखिम
पूर्णपुष्टि, असोज १२ । सप्तकोशी नदीमा पानीको बहाव उच्च स्तरमा पुगेको छ । आज दिउँसो प्रतिसेकेन्ड ५ लाख ७ हजार ६ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको छ । यसका कारण सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।
जोखिम बढेसँगै ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ । पूर्वी र पश्चिमी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित छन् । भारतको बिहार सरकारले पनि आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
बिहार सरकारले शनिबार मध्याह्नसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको छ । यस्तो अवस्थामा ठूलो क्षतिको सम्भावना रहेको चेतावनी दिइएको छ । नेपालतर्फ पश्चिम तटबन्ध कटान हुने जोखिम बढेको छ ।...









