Saturday, August 29News That Matters

समाचार

ब्राउनसुगर सहित १ जना पक्राउ

ब्राउनसुगर सहित १ जना पक्राउ

समाचार
झापा, बैशाख २८ गते । झापाको कन्काईबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । कन्काई नगरपालिका–४ निबासी ४० बर्षीय प्रदिप बुढाथोकीलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । आफ्नै घरबाट लागूऔषध कारोवार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटेका प्रहरी टोलीले उनको घरबाट नै १० ग्राम ब्राउन सुगर सहित बिहान करिब साँढे १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढाथोकीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
आउदो बजेटमा कर नबढ्ने

आउदो बजेटमा कर नबढ्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख २८ गते । आउँदो बजेटमा कोरोनाले थच्काएको आर्थीक स्थितिलाई उकास्ने गरी कार्यक्रम आउने अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७÷७८ को विनियोजन विधेयक र बजेटका प्राथमिकता प्रस्तुत गर्दै कोरोनाले थच्काएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताएका हुन् । कोरोनाको प्रभा कम गर्न गहन जिम्मेवारी गरेको र चुनौती पन्छाउँदै नेपाललाई समृद्धिको बाटोमा र्डोयाउने गरी बजेट आउने मन्त्रि खतिवडाको दाबी छ । अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्नुपरेको, सिमानाको आवागमन बन्द गरेको, आन्तरिक आवागमनमा रोक लगाउँदा मानवीय क्षति नभएको र संक्रमित कम नै रहेको तर अर्थतन्त्रमा भने ठूलो असर गरेको जनाईएको छ । बजेटमा खास गरी नागरिकले सहज र सुलभ स्वास्थ्य सेवा पाउने कुरालाई जोड दिइने छ । व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आ...
मलेसियामा थप ४ हप्ता लकडाउन थपियो

मलेसियामा थप ४ हप्ता लकडाउन थपियो

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २८ गते ।  कोरोना संक्रमण रोकथामका लागी मलेसिया सरकारले चार हप्ता लकडाउन थपेको छ । यस अघि मे १२ सम्मका लागी लकडाउन तोकिएको भएपनि चार हप्ता थप्दै जुन ९ सम्म र्पुयाएको हो । मलेसियाले कोरोना संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन जारी राखेको छ । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको जनाईको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ । लकडाउनको समय बढाएसँगै भिसाको अवधि सकिएकालाई १४ दिनभित्र देश छाड्न दिएको समय सारेको छ ।...
काठमाण्डौ उपत्यका भित्र टाईम कार्ड लागु

काठमाण्डौ उपत्यका भित्र टाईम कार्ड लागु

समाचार
पूर्णपुष्टि, बैशाख २८ गते । लकडाउनको समयमा काठमाण्डौ उपत्यका भित्र गाडी चलाउन आजदेखि टाइम कार्ड लागू भएको छ ।  उपत्यकाका सीडीओ, सुरक्षा निकाय हेर्ने डीआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले गाडी चलाउन टाईम कार्ड लागु गरेको हो । कार्यालय जनाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याएको छ । त्यस्तै अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ । बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ । तोकिएको यी समयमा कार्यालय वा संस्थाका सबै गाडी चल्न पाउने छैनन् । तोकिएको समयमा हरेक कार्यालय वा संस्थाका एक चौथाई गाडीलाई मात्र चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।...
कोरोनाले ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु

कोरोनाले ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  विश्वको विभिन्न देशमा रहेका नेपाली मध्ये कोरोना संक्रमणबाट ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमणको कारण सवै भन्दा बढी बेलायतमा रहेका नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । बेलायतमा ५१, अमेरिकामा १५, संयुक्त अरब इमिरेट्स (यूएई)मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइन १ र स्वीडेनमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ । विश्वको ९ देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ भने अन्य २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाले देखाएको छ । नेपाल बाहेक विश्वका विभिन्न देशमा रहेका ५ हजार ४ सय ७२ जना नेपाली कोरोना संक्रमित भएका छन...
कतारमा सवै भन्दा बढी नेपाली कोरोना संक्रमित

कतारमा सवै भन्दा बढी नेपाली कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  विश्वको विभिन्न देशमा छरिएर रहेका नेपाली मध्ये कोरोना भाईरस (कोभिड–१९) बाट कतारमा रहेका नेपाली बढी संक्रमित भएका छन् । स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म कतारमा २ हजार ३ सय जना नेपालीमा कोरोना संक्रमण देखा परेको जनाएको छ । नेपाल बाहेक विश्वका विभिन्न देशमा रहेका ५ हजार ४ सय ७२ जना  गैरआवासीय नेपाली कोरोना संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपाली उपचारपछि निको भएको अनुमान गरिएको छ । कतारमा २ हजार ३ सय, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, साउदी अरबमा ३०, साईप्रसमा ३, मलेसियामा ४९, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार,  पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०,...
कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४१ लाख नाघेको छ । विश्वका विभिन्न देशमा ४१ लाख ७ सय २६ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । अमेरिकामा १३  लाख ४७ हजार ३ सय ९ जना, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जना, इटालीमा २ लाख १८ हजार २ सय ६८ जना संक्रमित पुगेका छन् । अहिलेसम्म करिब १४ लाख संक्रमित उपचार पछि निको भएका छन् भने कोरोनाबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
भुल्केमा फेरी थपियो १ संक्रमित, अव, भुल्केमै मात्र संक्रमितको संख्या ३२ पुग्यो

भुल्केमा फेरी थपियो १ संक्रमित, अव, भुल्केमै मात्र संक्रमितको संख्या ३२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २७ । उदयपुरको भुल्केमा आज बेलुका १ जना कोरोना संक्रमित थपिएको छ । थपिएको संक्रमित पनि महिला हुन् । विहान भुल्केका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज भुल्केमा कोरोना संक्रमित हुनेको संख्या ४ पुगेको छ । चारैजना मुस्लिम समुदायका हुन् । भुल्केमा पुनः परिक्षण गर्दा उनीहरु संक्रमित देखिएका हुन् । गएको २४ गते भुल्केमा मुस्लिम समुदायका २ सय ३८ जनाको स्वाव नमुना पुन परिक्षणका लागि संकलन गरिएको थियो । सोही बेला अन्य ९६ जना स्थानीयको पनि स्वाव नमुना संकलन गरिएको थियो । अन्य स्थानीय सबैको स्वावको रिपोर्ट नेगेटिभ आएको छ । योसंगै अव भुल्केमा संक्रमितको संख्या ३२ पुगेको छ भने प्रदेश १ मा ३५ पुगेको छ । देशभरमा भने ११० पुगेको छ । विहान पुष्टि भएका ३ संक्रमित महिलाहरुलाई उपचारका लागि विराटनगरस्थित कोशी कोरोना हस्पिटल लगिएको छ भने पछिल्लो एकजनालाई भोली लैजाने जनाइए...
संक्रमित ३ जनालाई आजै विराटनगर लगियो

संक्रमित ३ जनालाई आजै विराटनगर लगियो

समाचार
पूर्णपुष्टि, बैशाख, २७ देशको सबैभन्दा बढि कोरोना प्रभावित स्थान भुल्केमा गरिएको पुन परिक्षणमा भेटिएका ३ जना संक्रमितलाई आजै एम्बुलेन्सबाट विराटनगर कोशि कोरना उपचार हस्पिटल लगिएको छ । देशको सबैभन्दा बढि कोरोना प्रभावित स्थान भुल्केमा गरिएको पुन परिक्षणमा भेटिएका ३ जना संक्रमितलाई आजै एम्बुलेन्सबाट विराटनगर कोशि कोरना उपचार हस्पिटल लगिएको छ । गत २४ गते स्वाव संकलन गरि पुन  परिक्षण हुदा उनिहरु संक्रमित दृखिएका हुन । संक्रमित तिनैजना महिला हुन् । आजका संक्रमित संगै भुल्केमा संक्रमितको संख्या ३१ पुगेको छ । १ नंं  प्रदेशमा ३४ पुगेको छ । देशभरमा १०९ पुगेको छ । वैशाख ५ देखि लक गरिएको भुल्केलाई केहि खुकुलो पार्दै जाने प्रकिया अनुरुप पुन परिक्षण गरिदा संक्रमित थपिए पछि लक कायमै भएको छ ।  ...
उदयपुरको भुल्केमा आज १४३ जनाको स्वाव संकलन

उदयपुरको भुल्केमा आज १४३ जनाको स्वाव संकलन

समाचार
उदयपुर/बैशाख, २७ नेपालको सबै भन्दा बढी कोरसोना संक्रमण रहेको उदयपुरको भुल्केमा १४३ जना स्थानीयहरुको आज स्वाव संकलन गरिएको छ । जनस्वास्थ्य कार्यलय उदयपुरले आज स्थानीयहरुको स्वाव संकलन गरेको हो । भुल्केमा बुधवार मात्रै ३ सय ३४ जनाको पून परिक्षणको रिपोर्ट बाट ३ जनामा कोरोना पुष्टि भए सँगै आज स्थानीयहरुको तत्काल परिक्षण गरिएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहान सुवेदीले जानकारी दिनुभयो । आज समेत को ३ जना गरी भुल्केमा मात्रै कोरोना संक्रमणको संख्या ३१ पुगेको छ । उदयपुर नेपालको सबै भन्दा बढी संक्रमण रहेको जिल्ला हो । संक्रमित ३१ मध्येबाट  १४ जना भने निको भएको छ । त्यसमा १ जना महिला मोतिगडाको क्वारेन्टाइन छ भने अरु हाल विराट नगरकै क्वारेन्टाइनमा रहेको छ । नेपालमा अहिले १ सय ९ जना कोरोना संक्रमण रहेको छ भने, नेपालभरी उपचार पछि ३१ जना निको भएर फिर्किएका छन् । अहिले सम्म मृत्यु भन...