Thursday, August 27News That Matters

समाचार

कोरोना भाईरस २ सय १२ देशमा फैलियो

कोरोना भाईरस २ सय १२ देशमा फैलियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ गते ।  विश्वको दुई सय १२ देश र दुई वटा अन्र्तराष्ट्रिय पानी जहाजमा कोरोना भाईरस फैलिदा ३३ लाख चार हजार जना भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण देखा परेको सेन्ट पियर र मिकलान देश हुन् । उक्त संक्रमित मध्ये १० लाख ३९ हजारभन्दा बढी निको भएको छ भने २० लाख ३१ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ५ हजार भन्दा बढीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई लाख ३३ हजारभन्दा बढी पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको मेृत्यु भएको छ भने साढे ३० हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट साढे ६३ हजार भन्दा बढीको मृत्यु भएको छ । यस्त...
रुसी प्रधानमन्त्री मिखाईललाई कोरोना संक्रमण पुष्टि

रुसी प्रधानमन्त्री मिखाईललाई कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ गते ।  रुसीको प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रि मिखाईललाई भाइरसको संक्रमण देखिएपछि अस्पाल भर्ना गरिएको छ । कोरोना संक्रमण भएको बारेमा प्रधानमन्त्री मिखाईलले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको जनाईएको छ । अहिलेसम्म रुसमा कोरोना संक्रमितको सख्या एक लाख पुगेको छ भने एक हजारभन्दा बढीको मृत्यु भईसकेको जनाइएको छ ।...
लिम्चुङ्बुङले २५ लाख बराबरको प्रकोप ब्यबस्थापन कोष स्थापना गर्ने

लिम्चुङ्बुङले २५ लाख बराबरको प्रकोप ब्यबस्थापन कोष स्थापना गर्ने

समाचार
मिलन परियार  लिम्चुङ्बुङ/बैशाख ,१९  लिम्चुङ्बुङ गाउँपालिकाले २५ लाख बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । नोबेल कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रणका निम्ति १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पालिकाले रु २५ लाख २४ हजारको प्रकोप ब्याबस्थापन कोष स्थापना गर्ने निर्णय पारित गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी बाहेक गाउँपालिका भित्र रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक , लगाएतको तह अनुसार तलब भत्ता कट्टा गरि प्रकोप ब्याबस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष राइले बताउनुभयो । जस्मा जनप्रतिनिधिहरुको हकमा एक महिनाको तलब भत्ता , कर्मचारीको हकमा अधिकृत स्तरको कर्मचारीको ५ दिनको तलब ,चौथो पाचौ स्तर सो सरहका कर्मचारी को ३ दिनको तलब र शिक्षकहरुको हकमा मा.बि वा उच्च मा.बि सो...
ग्यारेजमा आगो लाग्दा ३ वटा कार जलेर नष्ट

ग्यारेजमा आगो लाग्दा ३ वटा कार जलेर नष्ट

समाचार
सुनसरी, बैशाख १९ गते । सुनसरीको  ईटहरी स्थित एक मोर्टस ग्यारेजमा आगलागी हुदा तनि वटा कार जलेर नष्ट भएको छ । ईटहरी–९ ओसेनपार्कमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी हुदा कार जलेर नष्ट भएको हो । रबिन्द्र खड्काले संचालन गर्दै आएको ग्यारेजमा अचानक हिजो बेलुका साढे ७ बजे आगलागी हुदा बनाउनका लागी राखिएको बा २ च ३८७८, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
लकडाउन खुलेपछि एसईई र १२ को परीक्षा गराउन कार्यदलको सिफारिस

लकडाउन खुलेपछि एसईई र १२ को परीक्षा गराउन कार्यदलको सिफारिस

शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख १९ गते ।  लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ । आगामी बैशाख २५ गते लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परिक्षा संचालन गर्न शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले सुझाव दिएको हो । एसर्ईर्ई र १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । सामाजिक दुरी कायम गर्दै विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ । यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि  सामाजिक दूरी कायम गर्दै भिडभाड नगरि भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने प्रतिवेदनमा सुझाव छ । कार्यदलले हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवे...
श्रीमतिसंगै क्वारेन्टाइनमा बसेका युवाले गरे अात्महत्या

श्रीमतिसंगै क्वारेन्टाइनमा बसेका युवाले गरे अात्महत्या

समाचार
पूर्णपुष्टि, वैशाख १९ । उदयपुरमा श्रीमतिसंगै क्वारेन्टाईनमा बसिरहेका एक युवाले गएराति झुण्डिएर अात्महत्या गरेका छन् ।  उदयपुरकाे राैतामाई गाउपालिका ७ गुराँसेका १८ वर्षिय सुमन विकले अात्महत्या गरेकाे गाउपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयाे । काठमाडाैबाट गाउँ अाएका दम्पतिलाई गाउपालिका- ७ राजावास स्थित गाउँ नजिकैकाे क्वारेन्टाईनमा गत ११ गतेदेखि राखिएकाे थियाे । श्रीमती निदाएकाे बेला राती विकले श्रीमतीकै सलमा झुण्डिएर अात्महत्या गरेकाे बताइएकाे छ । उनले अात्महत्या गर्नुकाे कारण खुलेकाे छैन । प्रेम विवाह गरि काठमाडाैं गएका उनीहरु लकडाउनमा फर्किएपछि क्वारेन्टाईनमा राखिएकाे थियाे । विक दम्पतिलाई छुट्टै काेठामा राखिएकाे थियाे । विहानै पुगेकाे प्रहरी टाेलिले सर्जमिन मुचुल्का उठाई सव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने प्रहरिले जनाएकाे छ । साथै घटनाकाे सम्वन्धमा अनुसन्ध...
राैल्पामा बम विष्फाेट, चार बालबालिकाकाे मृत्यु

राैल्पामा बम विष्फाेट, चार बालबालिकाकाे मृत्यु

समाचार
पूर्णपुष्टि, वैशाख १८ । आज साँझ रोल्पामा बम विष्फोट भएर चार बालबालिकाको मृत्य भएको छ । रौल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसार गैरी गाउँको मैतीगातिनामा बम विस्फोट भएको र चार बालबालिकाको ज्यान गएको हो । साँझ ६ बजेतिर घटना भएको थियो । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् । शव नजिकै अर्को बम पनि फेला परेको बताइएको छ । नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ । बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ ।...
सरकारले कर तिर्ने समय बढ्यो

सरकारले कर तिर्ने समय बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  सरकारले लकडाउनका कारण परेको समस्यालाई मध्ये नजर गर्दै कर तिर्ने समय थप गरेको छ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ । यसअघि वैशाख २५ गतेसम्म तिर्नु पर्ने सबै शीर्षकका करको समय सरकाले बढाएको छ । करको सुचि तल हेर्नुस्  ...
कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाव परिक्षण हुदै, १४० को रिपोर्ट नेगेटिभ, अन्यको बाँकी

कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाव परिक्षण हुदै, १४० को रिपोर्ट नेगेटिभ, अन्यको बाँकी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १८ गते । उदयपुरमा प्रशासनले कन्ट्याक्ट ट्रेसिङको आधारमा विभिन्न व्यक्तीहरुको स्वाव नमुना संकलन गरी परिक्षणमा पठाएको छ । जसमध्ये केहीको रिपोर्ट नेगेटिभ आएको छ । जसमा संक्रमितसंग सम्पर्क भएका नागरिक समाजका अगुवा, राजनीतिककर्मी, समाजसेवीहरु समेत छन् । भुल्केमा २८ जना संक्रमित भेटिएपछिे प्रशासनको कन्ट्याक्ट टे«सिङको आधारमा २ सय २ जनाको स्वाव नमुना संकलन भएको छ । जसमध्ये १ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३७ जनाको स्वाव परिक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएपछि प्रशासनले बैशाख ११ गतेदेखि कन्ट्याक्ट टे«सिङको आधारमा थप परिक्षण अगाडि बढाएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार वैशाख ११ गते चौदण्डीगढी नगरपालिकाको वडा नंं ५ र ९ बाट संकलित ५८ जनाको स्वाव रिपोर्ट नेगेटिभ आयो ...
लकडाउनमा पसल खोल्ने ७ जना पक्राउ

लकडाउनमा पसल खोल्ने ७ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  लकडाउनमा अत्यावश्यक सामानको भन्दा अन्य पसल खोलेको भन्दै प्रहरीले तुलसीपुरका सात जना व्यापारीलाई पक्राउ गरेको छ । फेन्सी, स्टेसनरी, जुत्ता पसल लगायतका पसल सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पटक–पटक सम्झाउदा पनि अटेरी गर्दै लकडाउनको उल्लङ्घन गरी पसल खोलेकाहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सम्झाउँदा उल्टै प्रहरीसँग विवाद गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ ।...