पर्यटन भित्राउने तयारी बारे अन्र्तक्रिया
गाईघाट/माघ, २
उदयपुरमा पर्यटन भित्राउने बारे वृहत छलफल भएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउने भन्दै राष्ट्रिय पर्यटन बोर्ड नेपालले अहिले देशैभर पर्यटन बर्षको तयारी र पर्यटनहरु भित्र्याउने कार्यहरु गरिरहेको छ । उदयपुरमा पनि पर्यटन भित्राउन स्थानीय सरकारहरुले भव्य तयारी गरिरहेको छ । यसै शिलशिलामा जिल्लामा ५० हजार पर्यटन भित्राउने उदेश्यका साथ बिहिबार त्रियुगा नगरपालिकाले अन्र्तक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।
उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रहरुलाई समेट्दै कसरी पर्यटकहरुलाई लाई सहज र सरल वातावरणका साथ भित्राउने भन्ने विषयमा विभिन्न सम्बन्धित निकायहरु सँग छलफल तथा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा पर्यटन भित्राउन अझै धरै सेवा सुविधा र सुधारका पक्षहरु बाँकि नै रहेको कुरा छलफलमा उठेको छ । पर्यटनहरुलाई सहज वातावरणका निम्ति अझै धरै कार्यहरुलाई अगाडी बढाउनु पर्ने अन्तक्रिया...







