Saturday, August 22News That Matters

समाचार

काठमाडौंमा १३ वर्षपछि पोलियो भाइरस फेला, विशेष खोप अभियान सुरु

काठमाडौंमा १३ वर्षपछि पोलियो भाइरस फेला, विशेष खोप अभियान सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ । नेपालमा १३ वर्षपछि पोलियो भाइरस फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको टुकुचा–बागमती संगम नजिकको ढलबाट संकलित नमुनामा ‘भ्याक्सिन डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ भेटिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो भाइरस वातावरणमा मात्रै रहेको र मानिसमा नभेटिएको जानकारी दिए। उनका अनुसार गत जेठ १३ गते संकलित नमुनामा भाइरस भेटिएको थियो, तर जेठ २२ गते पुनः संकलित नमुनामा भाइरस फेला परेन। यस जोखिमबाट बच्न काठमाडौं उपत्यकामा आजदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गरिँदैछ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस अभियान अन्तर्गत उपत्यकाका २ लाख ८० हजार बालबालिकालाई खोप लगाइने छ। विश्व स्वास्थ्य संगठनले सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। नेपालमा सन् २०१० यता मानिस वा वातावरणमा पोलियो भाइ...
मोरङमा सुरक्षा निकायहरूबीच गम्भीर विवाद

मोरङमा सुरक्षा निकायहरूबीच गम्भीर विवाद

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ । मोरङमा तीन प्रमुख सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच गम्भीर विवाद र आरोप प्रत्यारोपको स्थिति उत्पन्न भएको छ। सुरक्षा स्रोतका अनुसार तीनै निकायका प्रमुखहरूबीच बोलचाल बन्द रहेको र एक अर्काविरुद्ध बेनामी उजुरीहरू दर्ता गरिएको छ। प्रधानमन्त्री कार्यालयमा दर्ता भएको एक बेनामी उजुरीमा नेपाल प्रहरीका एसपी नवराज कार्कीमाथि घुमुवा प्रहरी परिचालन गरेर तस्करी गराएको र मासिक ३० लाखसम्म उठाएको आरोप लागेको छ। उजुरीमा उल्लेख भए अनुसार, ‘एसपी कार्कीले सीमा क्षेत्रमा घुमुवा परिचालन गरेर तस्करी खुलाएको र व्यापक पैसा उठाएको’ आरोप छ। त्यसैगरी, ‘पीडित व्यापारी मुसाफिर’ नामक अर्को बेनामी उजुरीमा राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंमाथि पनि तस्करहरूसँग पैसा उठाएको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, ‘एसपी साहेबले अफिसमा हामीलाई आफैँ फोनबाट पटकपट...
हचुवामा गाईघाटको ट्राफिक लाईट, समस्या सुधार गर्न ट्राफिक प्रहरीको पहल

हचुवामा गाईघाटको ट्राफिक लाईट, समस्या सुधार गर्न ट्राफिक प्रहरीको पहल

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ साउन । गाईघाट मेनचोकमा राखिएको ट्राफिक लाईटको व्यवस्थापनमा समस्या देखिएको छ । आईतबार देखी ट्रायलको रुपमा संञ्चालनमा आएको ट्राफिक लाईटको बिभिन्न समस्याहरुबीचनै सुचारु भएको छ । ट्राफिक लाईटको उचित प्रयोग र व्यवस्थापन गर्न आवश्यक समस्याहरुको समाधान भएको छैन । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले जोडेको उक्त लाईट गाईघाटको मेनचेकमा राखिएको छ । लाईटलाई प्रयोग र संञ्चालनमा ल्याउन आवश्यक कुराहरु पुरा नगरी राखिएको जनाईएको छ । ट्राफिक कार्यालय उदयपुरले उक्त लाईट संञ्चालनका लागि निम्न समस्याहरुको सुधार गर्न त्रियुगा नगरपालिकालाई पत्रनै लेखेको छ । सो समधान व्यवस्थापन भएपछि मात्रै लाईट संञ्चालनमा सहज हुनेछ । कार्यालयका अनुसार सडकको लेन नुछुटाईएको, जेब्रा क्रसिङ क्लियर नभएको, उत्तर दक्षिणको दुवै साईडको पार्किङ १५० मिटर पर नभएको, बत्ति जडान गर्दा आवश्यक समन्वय नभएको र जडान भएको ...
उदयपुरमा नयाँ ट्राफिक इन्चार्ज

उदयपुरमा नयाँ ट्राफिक इन्चार्ज

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ८ । उदयपुरमा नयाँ ट्राफिक इन्चार्जको आगमन भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका लागि नयाँ ट्राफिक इन्चार्जको रुपमा प्रहरी नायव निरिक्षक दधिराम दाहालको आगमन भएको हो । दाहालले साउन ७ गतेबाट उदयपुरमा नेतृत्व सम्हालेको छ । दाहाल इटहरी ट्राफिक कार्यालयबाट उदयपुर सरुवा भएको हो । उदयपुरका इन्चार्ज सुन्दर श्याम पोखरेलको बिराटनगर सरुवा भएपछि दाहाल उदयपुर आएको हो । दाहालले उदयपुरको ट्राफिक समस्या हल गर्न लागि पर्ने जनाए । यहाँको सडक दुर्घटना न्युनिकरण तथा पार्किङ व्यवस्थाहरुमा आफ्नो नेतृत्व टोली परिचालन गर्ने दाहालको भनाई छ ।...
आगोको धुवाँमा निसासिएर सुत्केरी र बहिनीको मृत्यु, शिशु गम्भीर

आगोको धुवाँमा निसासिएर सुत्केरी र बहिनीको मृत्यु, शिशु गम्भीर

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । जुम्लाको चन्दननाथ नगरपालिकामा एक दुःखद घटना भएको छ। सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर २२ वर्षीया मायालक्ष्मी रोकाया र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको छ। घटनामा १२ दिनको शिशु पनि गम्भीर घाइते भएको छ। आइतबार राति भएको यस घटनापछि तीनै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगामा भर्ना गरिएको थियो। मायालक्ष्मीको सोमबार र जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। शिशुको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको प्रहरीले बताएको छ।...
कलिलै उमेरमा आमा बन्दा स्वास्थ्य जोखिम

कलिलै उमेरमा आमा बन्दा स्वास्थ्य जोखिम

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ८ । नेपालमा किशोरी अवस्थामै गर्भवती हुने समस्या अझै कायम रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन्। यो समस्या विशेषगरी कर्णाली र मधेश प्रदेशमा बढी देखिएको छ। चिकित्सकहरूका अनुसार किशोरी उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम हुन्छ। गर्भपतनको उच्च जोखिम, कम तौलको शिशु जन्मने सम्भावना, कुपोषण र मानसिक स्वास्थ्य समस्याहरू देखिन सक्छन्। किशोरी शारीरिक र मानसिक रूपमा आमा बन्न तयार नभएकोले यसले दीर्घकालीन असर पार्न सक्छ।यो समस्याका प्रमुख कारणहरूमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन र बेरोजगारी रहेका छन्। विशेषज्ञहरूका अनुसार समाधानका लागि किशोरकिशोरीलाई स्कुल नछोड्ने वातावरण बनाउने, सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउने र परिवार नियोजनका साधनहरूबारे जानकारी ...
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दो

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ८ । प्रमुख श्रम गन्तव्य देशहरू कतार र मलेसियामा श्रमिक कटौती भएपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ३.८९ प्रतिशतले कमी आएको छ। विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷०८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३२७ थियो भने गत आर्थिक वर्षमा यो संख्या घटेर ७ लाख ४१ हजार २९७ मा सीमित भयो। मलेसिया र कतारमा जाने नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०७८÷०८० मा २ लाख १९ हजार नेपाली मलेसिया गएकोमा गत वर्ष यो संख्या ८१ हजारमा झरेको छ। त्यस्तै कतारमा जाने संख्या ४० हजार ५१७ बाट ४० हजारमा झरेको छ। यूएई, साउदी अरब र क्रोएसियामा भने जाने नेपालीको संख्या बढेको छ। विज्ञहरूका अनुसार यो गिरावटको मुख्य कारण ती देशहरूमा उद्योग र सेवा क्षेत्रमा भएको व्याप...
नक्कली प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

नक्कली प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । प्रहरी अधिकारी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ बाटुलेचौर निवासी २१ वर्षीय सुजित क्षेत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार क्षेत्रीले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी रकम माग गरेको पाइएको छ। उनले आफूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी भएको दाबी गर्दै, ‘तपाईंहरूको केही काम छ भने भन्नुहोस्, गरिदिन्छु’ भन्दै रकम माग गरेको आरोप छ। प्रहरीले आइतबार पोखराको लामाचौरबाट क्षेत्रीलाई पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले यस मामलामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको जनाएको छ।...
बुध ग्रहको गर्भमा लुकेको हिराको खजाना

बुध ग्रहको गर्भमा लुकेको हिराको खजाना

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ८ । वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले सौर्यमण्डलको सबैभन्दा नजिकको ग्रह बुधको सतहमुनि ठूलो मात्रामा हिरा हुनसक्ने सम्भावना देखाएको छ। चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक यानहाओ लिन र उनको टोलीले गरेको यो अध्ययनले बुधको असामान्य चुम्बकीय क्षेत्र र उच्च कार्बन सामग्रीको रहस्य खोल्ने प्रयास गरेको छ। अध्ययनका अनुसार बुधको मध्यमण्डल र केन्द्रमण्डलको सीमामा अत्यधिक तापमान र चापका कारण कार्बन तत्व हिरामा परिणत हुनसक्छ। यो सम्भावनालाई जाँच्न वैज्ञानिकहरूले कार्बन, सिलिका र फलामको मिश्रणलाई उच्च चापमा परीक्षण गरे। परिणामले बुधको आन्तरिक संरचनामा हिरा बन्नसक्ने अवस्था देखायो। यद्यपि, यी सम्भावित हिरा सतहभन्दा करिब ४८५ किलोमिटर गहिराइमा र अत्यन्तै उच्च तापमानमा रहेकोले उत्खनन गर्न असम्भव छ। यो खोजले बुध ग्रहको रहस्यमयी संरचना र...
पूर्व राज्यमन्त्री रायको हत्या अनुसन्धान : १५ जनासँग सोधपुछ, सहयोगीको पोलिग्राफ परीक्षण

पूर्व राज्यमन्त्री रायको हत्या अनुसन्धान : १५ जनासँग सोधपुछ, सहयोगीको पोलिग्राफ परीक्षण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । सर्लाहीको चन्द्रपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीले १५ जनासँग सोधपुछ गरेको छ। रायका २१ वर्षीय सहयोगी राम उजेन रायलाई नियन्त्रणमा लिई पोलिग्राफ परीक्षण गरिँदैछ। साउन ७ मा आफ्नै घरमा मृत भेटिएका रायको हत्यामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। सहयोगीले राति घरमा ३ जना आगन्तुक आएको बताएका छन्, जसको पहिचान अझै खुलेको छैन। मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले सहयोगीको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गरिएको जानकारी दिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।...