Friday, May 1News That Matters

समाचार

विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना नेपालमा चैत्र ६ र ७ गते तीव्र हावाहुरी र वर्षातको जोखिम

विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना नेपालमा चैत्र ६ र ७ गते तीव्र हावाहुरी र वर्षातको जोखिम

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ नेपाल सरकार गृह मन्त्रालयले आज नेपाली नागरिकहरूलाई सतर्कताका लागि अनुरोध गरेको छ । तीव्र हुरी बतास र बर्सातले क्षति हुन सक्ने भन्दै सतर्कता गराएको हो। गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि ६ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना हुने जनाएको छ भने पर्सि ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी झन्डै (११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार सतर्क गराएको हो । "प्रिमनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने कमजोर संरचना र छाना उड्ने विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ पछिल्ला केही दिन...
जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिममा उदयपुरका पाँच जना

जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिममा उदयपुरका पाँच जना

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ । जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टिममा १५ जनामध्ये उदयपुरका ३ खेलाडी परेका छन् । एकजना वैकल्पिक र एकजना फिजियो गरी कुल ५ जना छनोटमा परेका छन्। छनोटमा रहेका उदयपुरे खेलाडीहरूमा सोनु अन्सारी, सुमन श्रेष्ठ र प्रभातकिरण हाङखिम राई रहेका छन् । वैकल्पिकमा सोनु शर्मा रहेका छन् भने फिजियोमा बिपिन भट्टराई छनोटमा परेका छन् । यस अघि टिम छनौटका लागि इटहरी र विराटनगरमा सेलेक्सन गेम सञ्चालन भएको थियो। छनोटमा परेका खेलाडी सहितको टिम भोलि जनकपुरतर्फ जाने बताइएको छ । कोशी प्रदेश टिममा क्याप्टेन सुजन थपलिया, सायक क्याप्टेन सकीव हक, विकेट किपरहरूमा <span;>सिवान्स बजगाई र प्रभातकिरण हाङखिम राई  रहेका छन् । अन्य खेलाडीहरूमा अङ्कित सुवेदी, फिर्तोस अन्सारी, दिपेश कँडेल, बिपिनकुमार महतो, समिर कार्की, प्रेम कामत,...
हावाहुरीले १ करोड २० लाख बढीको भौतीक क्षती

हावाहुरीले १ करोड २० लाख बढीको भौतीक क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता ५ चैत्र, २०८२ । उदयपुर उदयपुरमा हावाहुरीले ठुलाे धनजनकाे क्षती भएकाे छ । भाैतिक क्षतीतर्फ एक करोड २० लाख ६६ हजार पाँचसय बराबरको क्षती गरेको छ । गत चैत्र २ गतेरातीको बर्षातसंगैको हुरीबतासले जिल्लाको विभिन्न ठाउँमा क्षती गर्दा उक्त क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले संकलन गरेको क्षती विवरण अनुसार हुरीबतासले जिल्लाको छवटा स्थानीय तहका विद्यालय, सामुदायिक भवन र ब्यक्तिहरुको घरगरी १३५ संरचनामा क्षती पुर्याएको छ । सबैभन्दा बढि ब्यक्तीहरुको घरमा क्षती पुर्याएको हो । दुई विद्यालय, पाँचवटा सामुदायिक भवनमा क्षती पुर्याउदा १२८ घरमा क्षती पुर्याएको हो । सबै संरचनाको छानो आंशिक तथा पूर्णरुपमा उडाएर क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो । जिल्लामा धेरै जनधनक...
उदयपुरमा स्कुल बसबाट लडेर बालकको मृत्यु

उदयपुरमा स्कुल बसबाट लडेर बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारी स्थितमा गुडिरहेको स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कृष्ण बस्नेतको ९ बर्षीय छोरा सफल बस्नेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो ४ बजे स्कुल छुट्टि भएपछि जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट सोही बोर्डिङमा अध्ययनरत बालक अचानक खसि घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचना पाएलगत्तै तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटि गई लाशको कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको प्रहरीले जनाएको छ । बस चालक बेलका–८ सिसौली बस्ने ३४ बर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च

क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ गम्भीर प्रकृतिको रोग लागेका एक व्यक्तिलाई एसियन लाइफ इन्सुरेन्स गाईघाटले ३ लाख उपचार खर्च उपलब्ध गराएको छ। घाँटीको क्यान्सर भएका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियाका ४८ वर्षिय मोहनबहादुर परियारलाई उपलब्ध गराएको हो । उनले तीन वर्षअघि इन्सुरेन्स गराएका थिए । बीमा कम्पनीको योजना र नियम अनुसार दुई दिनअघि बिरामीको घरमै पुगेर उपचार खर्च उपलब्ध गराएको इन्सुरेन्सका शाखा प्रमुख मेनुका खत्रीले बताउनुभयो ।...
नागरिक सर्बोच्चताका नेता थुलुङ श्रम संस्कृतीमा प्रवेश

नागरिक सर्बोच्चताका नेता थुलुङ श्रम संस्कृतीमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । ४ चैत्र, २०८२ नागरिक सर्बोच्चता पार्टीका नेता उदयपुरको त्रियुगा नगरपालिका ११ का देवि थुलुङ राई श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन् । नागरिक सर्बोच्चता पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारसमेत रहेका राईले पार्टी परित्याग गरी नयाँ पार्टी श्रम संस्कृती पार्टीमा प्रवेश गरेका हुन् । उनले श्रम संस्कृती पार्टीको विचार, सिद्धान्त र कार्यदिशा मन परेर प्रवेश गरेको बताएका छन् । उनलाई श्रम संस्कृती पार्टीका अगुवा श्रमदाता राजेश खिम्दुङले पार्टी प्रवेश गराएका हुन् । खिम्दुङ गत फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ को प्रत्यक्षतर्फको उम्मेदवार हुन् । चुनावपछिको आज समिक्षा तथा श्रमदाता भेटघाट कार्यक्रमको अवसरमा थुलुङ पार्टी प्रवेश गरेको श्रम संस्कृती पार्टी त्रियुगा नगर कमिटि अध्यक्ष किसन राईले बताए । पार्टी प्र...
फरार टिपर चालक प्रहरी नियन्त्रणमा

फरार टिपर चालक प्रहरी नियन्त्रणमा

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । ४ चैत्र, २०८२ मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा मोटरसाईकललाई ठक्कर दिइ बेपत्ता भएका टिपर चालक प्रहरी नियन्त्रणमा परेको छ । चालक विनोद भन्ने प्रेमबहादुर खड्का दिउसाे करिव ३: ०० बजेकाे समयमा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको र नियन्त्रणमा राखि थप आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ । कटारीबाट गाईघाटतर्फ आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले विपरित दिशाबाट आउदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाईकल चालक खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राई गम्भिर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
स्कुलबसले किचेर विद्यार्थीको मृत्यु, योसंग उदयपुरमा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

स्कुलबसले किचेर विद्यार्थीको मृत्यु, योसंग उदयपुरमा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता उदयपुर । ४ चैत्र, २०८२ उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारीमा आफ्नै स्कुलको बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ । को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कूलको बसबाट खसेर स्थानीय ९ वर्षिय विद्यार्थी सफल बस्नेतको मृत्यु भएको हो । भित्रीसडक हुदै जहडाबाट हरिपुरतर्फ जाने क्रममा गुडिरहेको स्कुलबसबाट एक्कासी खसेर बालक बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलबस र चालक बेलका नपा –८ का ३४ वर्षिय प्रेम तामाङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक बालकको शब कानुनी प्रकृया पश्चात पोष्टमार्टमका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । योसंगै उदयपुरमा आज दुर्घटनामा ज्यान जानेको संख्या दुई पुगेको छ । यसअघि मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका ...
हेलिकेप्टर फेमिली चार्टरमा आएको खुल्याे

हेलिकेप्टर फेमिली चार्टरमा आएको खुल्याे

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता ४ चैत्र, २०८२ । उदयपुर खोटाङमा दुर्घटनाग्रस्त हेलिकेप्टर फेमिली चार्टरमा आएको खुलेको छ । सुरुमा शब ल्याएर गाउँ आएको भनिए पनि पारिवारिक भेटघाट प्रायोजनमा हेलिकेप्टर ल्याएको खुलेको हो । चालकसहित छ जना सवार एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको ९एनएएफक्यू कलसाइन० हेलीकप्टर केपिलासगढी गाउँपालिका वडा नम्बर–२ खार्तम्छास्थित बालावेशीमा दिउँसो १२ बजेर २ मिनेट जाँदा दुर्घटनाग्रस्त हुन पुगेको थियो । हेलिकेप्टर फेमली चार्टरमा यात्रु लिएर काठमाडौंबाट उढेकोमा अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किन पुगेको हो । हेलीकप्टरमा काजीबहादुर राई, लक्ष्मी राई, समला राई, वालकुमार राई र डाकमणी राई सवार थिए । ५० वर्षीय काजी राई घाइते भए । घाईते काजीको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनी बाहेक अन्यको अवस्था सामान्य रहेको छ ।  घटनाबारे सम्बन्धित निकायले अनुसन्...
नेपालटारमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नेपालटारमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 2, समाचार
४ चैत्र, २०८२ । उदयपुर मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राईको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते राईलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । टिपरभने प्रहरी नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो ।...