Sunday, July 5News That Matters

समाचार

अधेरीमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० जना घाइते

अधेरीमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ६ – । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । दुर्घटनामा महाेत्तरीकाे बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बिहान करिब ८ः५० बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो।  प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी महोत्तरीको गौशाला न...
उदयपुरमा नयाँ सिडियो आएसंगै नागरिक सहायता कक्ष सञ्चालन, निःशुल्क निवेदन लेखिने

उदयपुरमा नयाँ सिडियो आएसंगै नागरिक सहायता कक्ष सञ्चालन, निःशुल्क निवेदन लेखिने

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३ जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवाग्राहीलाई सहज, प्रभावकारी, प्रविधिमैत्री तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरभित्र नागरिक सहायता कक्ष स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको आगमनसंगै नागरिक सहायता कक्ष स्थापना भएको हो । प्रशासन कार्यालयबाट सेवा लिन आउने तर निवेदन लेख्न नजान्ने वा नसक्ने सेवाग्राहीका लागि सहायता कक्ष मार्फत निःशुल्क निवेदन लेखिदिने सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायतका सेवाग्राहीलाई लक्षित गरी उक्त सेवा सुरु गरिएको प्रजिअ मगरातीले बताउनुभयो । प्रशासन कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई नागरिक सहायता कक्षमा सम्पर्क गरी निःशुल्क सेवा लिन सुचना जारी गरी अनुरोध गरेको छ ।...
देवधार दहमा डुबेर बालिकाको मृत्यु

देवधार दहमा डुबेर बालिकाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार - ३ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बुधबार दिउँसो करिब ४ः१० बजे चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदा साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर बेपत्ता भएकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त खोजतलासका क्रममा साँझ ७ः२० बजे सोही दहमा बालिकालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरी टोलीले अनुसन्धान अघि बढाएको छ।...
उदयपुर प्रहरीले जेठमा के के गर्याे ? : प्रगती विवरण सार्वजनिक

उदयपुर प्रहरीले जेठमा के के गर्याे ? : प्रगती विवरण सार्वजनिक

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २  जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत जेठ महिनामा सम्पादित विभिन्न सुरक्षा, अपराध अनुसन्धान तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार जेठ महिनामा जिल्लाभर ५० वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ३३ सामान्य, १३ गम्भीर तथा ४ जघन्य प्रकृतिका रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १९ महिला र १ ज्येष्ठ नागरिक सम्बन्धी मुद्दा रहेका छन् भने बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको छैन। आर्थिक अपराधतर्फ १० वटा मुद्दा दर्ता भएका छन्। जसमा ठगीका ५ र बैंकिङ कसुरका ५ वटा मुद्दा रहेका छन्। ती घटनाबाट करिब ३० लाख ६८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। चालु मुद्दाका ६४ प्रतिवादीमध्ये ४२ जना पक्राउ परेका...
नयाँ प्रजिअ मगरातीको प्रतिबद्धता : सुशासन, पारदर्शिता र पत्रकारितामैत्री प्रशासन

नयाँ प्रजिअ मगरातीको प्रतिबद्धता : सुशासन, पारदर्शिता र पत्रकारितामैत्री प्रशासन

Breaking News 2, समाचार
पूर्णपुष्टि/गाईघाट, उदयपुर, असार २ । उदयपुरका भर्खरै आएका  प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले आफ्नो कार्यकाललाई सुशासन, पारदर्शिता र सेवामुखी प्रशासनमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरमा मंगलबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ मगरातीले प्रशासनलाई नागरिकमैत्री र पत्रकारितामैत्री बनाउने आफ्नो प्राथमिकता रहेको बताए । https://youtu.be/DC1HV5FsEVU उनले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सामान्य प्रकृतिका निवेदनहरू निःशुल्क रूपमा कार्यालयकै तर्फबाट लेखेर सहयोग गरिने व्यवस्था तत्काल लागू गर्ने जानकारी दिए । यसअघि आफूले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका अन्य जिल्लाहरूमा समेत यस्तो अभ्यास सफलतापूर्वक सञ्चालन गरेको उल्लेख गर्दै उनले बाहिर शुल्क तिरेर लेखाउनुपर्ने निवेदन कार्यालयमै निः...
तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न, प्रविधी नहुनेलाइ मेसिन हस्तान्तरण

तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न, प्रविधी नहुनेलाइ मेसिन हस्तान्तरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २ गते । मोडर्न टेक्निकल विजिनेश एण्ड ट्रेनिङ सेन्टर प्रालि उदयपुरको आयोजनामा तथा कोशी प्रदेश सरकारको सहयोग र त्रियुगा नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न भएको छ। गाईघाटमा आयोजित तालिमको समापन समारोह संस्थाकी प्रमुख ज्ञानु प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गितादेवी रेग्मी प्रमुख अतिथि तथा घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मधुकर थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। तालिममा त्रियुगा नगरपालिकाका २२ जना महिलाको सहभागिता रहेको थियो। तीन महिनासम्म सञ्चालन गरिएको तालिममार्फत सहभागी महिलाहरूलाई सिलाइकटाइ सम्बन्धी उन्नत सीप प्रदान गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै आर...
बिटुमिन प्लान्ट हटाउन माग गर्दै गाइघाट बरुवा बसपार्क क्षेत्रका पीडित समुदायको निवेदन

बिटुमिन प्लान्ट हटाउन माग गर्दै गाइघाट बरुवा बसपार्क क्षेत्रका पीडित समुदायको निवेदन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार २ । त्रियुगा नगरपालिका–१३ जनज्योती टोल स्थित वरुवा बसपार्क क्षेत्रमा सञ्चालन गरिएको बिटुमिन प्लान्टका कारण वातावरण तथा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय समुदायले सम्बन्धित निकायसमक्ष तत्काल प्लान्ट हटाउन माग गरेका छन् । विश्व बैंक ऋण सहयोग कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिकाका विभिन्न वडामा सडक निर्माणका लागि स्थापना गरिएको बिटुमिन प्लान्ट न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएको स्थानीयको आरोप छ। स्थानीयका अनुसार वातावरणीय मूल्याङ्कन तथा परीक्षण नगरी सञ्चालनमा ल्याइएको उक्त प्लान्टबाट निस्कने धुवाँ, धुलो र रासायनिक पदार्थले आसपासको वातावरण प्रदूषित बनाएको छ। निवेदनमा उल्लेख भएअनुसार प्लान्टमा प्रयोग हुने टारकोललाई पातलो बनाउन प्रयोग गरिने ‘थिनर’ मानव स्वास्थ्यका लागि ‘स्लो पोइजन’ सरह रहेको दाबी गरिएको छ। उक्त रासायनिक पदार्थ तथा प्लान्टबाट निस...
त्रियुगा-३ मोतिगडा बालमैत्री वडा घोषणा, सामाजिक योगदानकर्तासहित स्वास्थ्य स्वयंसेविका सम्मानित

त्रियुगा-३ मोतिगडा बालमैत्री वडा घोषणा, सामाजिक योगदानकर्तासहित स्वास्थ्य स्वयंसेविका सम्मानित

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता/उदयपुर, असार-१ उदयपुरकाे त्रियुगा नगरपालिका–३ मोतिगडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो । नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेपछि मोतिगडालाई बालमैत्री वडा घोषणा गरिएको हो । निर्देशिकाअनुसार कुल सूचकको ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने व्यवस्था रहेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बालमैत्री वडा घोषणा केवल उपलब्धि नभई कार्यान्वयनको नयाँ चरण भएको बताउनुभयो । उहाँले नगरपालिकाले अन्य वडाहरूलाईसमेत बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक...
उदयपुरगढीकाे परेवा झरना :  पर्यटकको आकर्षक गन्तव्य

उदयपुरगढीकाे परेवा झरना : पर्यटकको आकर्षक गन्तव्य

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, १ असार २०८३ उदयपुरको उदयपुरगढी गाउँपालिका–३ साइपामा अवस्थित परेवा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। घना जंगल र विशाल पहाडको काखमा रहेको यो झरनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा पनि छुट्टै पहिचान बनाएको छ। प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण परेवा झरना करिब ९० फिट अग्लो रहेको वडाध्यक्ष मनोज कार्कीले जानकारी दिए। पहाडको काखबाट छङछङ्ती झर्ने पानी, झरनाले बनाएको प्राकृतिक दह, वरपरको हरियाली वातावरण र शान्त परिवेशले यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ। पछिल्लो समय झरना अवलोकन गर्न स्थानीयसँगै विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको संख्या समेत उल्लेख्य रूपमा बढ्दै गएको छ। पर्यटकको सहज पहुँचका लागि झरनासम्म पुग्ने सिँढी तथा अवलोकन स्थल निर्माण गरिएको छ। झरनाको अवलोकन गर्न सुरक्षित र सहज वातावरण निर्माण...
बेवारिसे अवस्थामा फेला परेकी महिलाको उद्धार, पहिचान खुल्न बाँकी

बेवारिसे अवस्थामा फेला परेकी महिलाको उद्धार, पहिचान खुल्न बाँकी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार १  उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेकी एक महिलाको आज उद्धार गरी मानव सेवा आश्रम विराटनगर शाखामा पठाइएको छ । उद्धारकर्मीहरूका अनुसार ती महिलाले आफ्नो घर “मोतिगडा” भएको र आफन्तको नाम “लालु” रहेको बताउने गरेकी छन् । उनी चौदण्डीगढी नगरपालिका–५ क्षेत्रकी हुन सक्ने अनुमान गरिएको भए पनि वास्तविक नाम, ठेगाना तथा पारिवारिक विवरण हालसम्म खुल्न सकेको छैन । उद्धार टोलीकी सदस्य मेनुका खड्काका अनुसार ती महिला केही समयअघि चौदण्डीगढी नगरपालिका–२ क्षेत्रमा समेत भेटिएकी थिइन् । त्यसबेला उनको उद्धारको तयारी भइरहेकै अवस्थामा उनी सम्पर्कविहीन भएकी थिइन् । पछि पुनः त्रियुगा नगरपालिका–७ चुहाडेमा कपडाविहिन अवस्थामा रहेकाे खबर पाएपछि उद्धारटाेलीले उद्धार गरी मानव सेवा आश्रम विराटनगर शाखामा सुरक्षित रूपमा पठाइएकाे हो । महिलाको पहिचान खुल्न नसकेकाल...