मदन भण्डारी राजमार्ग : करोडौं खर्च गरेर बाटोविनै बनाइए ९ वटा पुल
पूर्णपुष्टि, चैत्र ३० । मोरङको केराबारी–९ बाट लेटाङ जाने मदन भण्डारी राजमार्गअन्तर्गत भलुवा खोलामा पुल बनेको छ तर पुलसम्म पुग्ने बाटो भने छैन । निर्माण सम्पन्न भइसक्न लागेको पुलको पूर्वतर्फ भीर छ भने पश्चिमतर्फ हिँडेर मात्र जान मिल्ने गोरेटो रहेको छ ।
२०७७ साल जेठमा निर्माण सुरु भएको यो पुलको ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ४३ करोड ६७ लाख १५ हजार लागतमा निर्माण सम्झौता भएको पुलका लागि हालसम्म झण्डै ८३ प्रतिशत अर्थात् ३६ करोड १० लाख ४१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याकविना नै यस्ता खालका ९ वटा पुल निर्माण भएका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६÷७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो ।
राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास क...








