उदयपुरको छुट्टा छुट्टै स्थानबाट चरेश र गाँजा सहित दुई जना पक्राउ
पूर्णपुष्टि, २९ फागुन ।
उदयपुरमा चरेश र गाँजा सहित दुईजना पक्राउ परेको छ । सोमवार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला बाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं।९ रामपुर बजार स्थित होटल एकान्त एण्ड लजबाट वेलका नगरपालिका वडा न। ५ बस्ने वर्ष ३० को विशप खतिवडालाई ३६० मिलिग्राम अबैध लागू औषध चरेश सहित पक्राउ गरेको हो। साथै,पक्राउ परेका निज विशप खतिवडाको साथबाट विभिन्न बैकको चेकहरु २०, थान ATM Card ५४, थान NTCको सिम कार्डहरु थान २०० समेत बरामद गरिएको छ । पक्राउ परेका निज विशप खतिवडालाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको छ । यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागु औषाध गाँजा सहित मंगलबार एक महिलालाई पनि पक्राउ गरेको छ । पक्रउा पर्नेमा त्रियुगा नगरपालिका वडा नं। ३ बगर टोल बस्ने वर्ष ५० की सितेम्मा राई रहेकी छिन...








