Tuesday, May 5News That Matters

समाचार

उदयपुरको चौदण्डीमा आगोले ३ घर ध्वस्त, करडौँको क्षती

उदयपुरको चौदण्डीमा आगोले ३ घर ध्वस्त, करडौँको क्षती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पिूर्णपुष्टि, ५ चैत्र । उदयपुरको चौदण्डीगढी नगरपालिकामा मंगलबार तिन घर जलेर नष्ट भएको छ । नगरपालिकाको वडा नम्बर ७ कल्याण चोकमा लागेको भीषण आगोले ३ घर पूर्ण रुपमा जल्नुका साथै करडौँको क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भै आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको छ । सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् । चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल,...
गाईघाटका दुई ठुला क्याम्पसमा हुन सकेन स्ववीयु निर्वाचन

गाईघाटका दुई ठुला क्याम्पसमा हुन सकेन स्ववीयु निर्वाचन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरका दुई ठुला क्याम्पसमा यो वर्ष स्वविय निर्वाचन हुन सकेन । बिभिन्न कारणहरुको अवरोध देखाउँदै उदयपुरको पुराना र ऐतिहासिक क्याम्पस तथा कोशी प्रदेशकै उत्कृष्ट त्रियुगा जनता बहुमुखी क्याम्पस सँगै बरुवा क्याम्पसले यो बर्ष स्ववियु निर्वाचन गर्न नसकेको हो । त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश राईका अनुसार विद्यार्थी संगठनहरुले आआफ्नो कुरामा आपत्ति राखेपछि यो बर्ष चुनाव अन्योल बनेको जनाए । निर्वाचन नहुनको पहिलो कारण पछिल्लो समय ११ जना विद्यार्थीहरुको पुरा गागजात नभई लिएको भर्ना रहेको छ । फोटोको आधारमा मात्रै भर्ना गराएका विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी नगराउने भन्दै बिभिन्न संगठनहरुले आपत्ति जनाएको थियो । त्रियुगा जनता बहुमुखी क्याम्पसका वर्तमान स्ववियु अध्यक्ष सरोज कार्कीका अनुसार टियुको नियम विपरिद भर्नाहरुका कारण निर्वाचनमा असर परेको जनाए । उनले ट...
ताप्लीको सबै वडाहरुमा पक्की भवन निर्माण

ताप्लीको सबै वडाहरुमा पक्की भवन निर्माण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरको पहाडी पालिकाको रुपमा रहेका ताप्ली गाउँपालिकाले सबै वडाहरुमा गुणस्तरीय पक्की वडा कार्यालय भवन निर्माण गरेको छ । ५ ओटा वडाहरु रहेका पालिकामा सबै वडाका लागि व्यवस्थित पक्की कार्यालय भवन निर्माण भैसकेको छ । पालिका अध्यक्ष ढुँगराज बिश्वकर्माका अनुसार भवन निर्माण भैसकेपनि औपचारिक रुपमा संञ्चालन भने भैसकेको छैन । पालिकाको १ नं वडा नुनथला, २ नं वडा लेख गाउँ, ३ नं वडा इनामे, ४ नं वडा ठानागाउँ र ५ नं वडा रुपटारमा वडाको लागि भवन निर्माण भैसकेको अध्यक्ष विश्वकर्माले जनाए । पालिकाको आफ्नै लगानीमा सबै वडाहरुमा भवन निर्माण भएपछि काम गर्न सहज हुने जनाईएको छ । हाल पुरानो भवनहरुमा काम कार्य भैरहेको भएपनि व्यवस्थित रुपमा गुणस्तरीय कार्यालय अभावले काम सेवा असहज भैरहेको अवस्था छ । वडा कार्यालयमा सेवाग्राहीहरुलाई दिईने सेवाको लागि आवश्यकीय भवनले कामलाई थप सहज र व्यवस्थित बनाउने ...
उदयपुरमा सिरिन्ज घोप्दै गरेका तिन युवा पक्राउ

उदयपुरमा सिरिन्ज घोप्दै गरेका तिन युवा पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरमा लागुऔषध प्रयोगका लागि सिरिन्ज खोप्दा खोप्दै तिन युवालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी–४ का स्थानीय ३१ वर्षीय वासु थापा मगरको घरबाट आईतवार इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक बबिन राईको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी थापा मगरसहित सोही ठेगानाका ४० वर्षीय लोकेन्द्रराज भण्डारी र अन्दाजी २५ वर्षीय सागर थापा मगर रहेका छन् । सो घरमा खानतलासी गर्दा प्रयोग भइसकेको एम्फुल ७ थान र प्रयोग नभएको टेपले बेरेको एम्फुल सेट ९ थान त्यसैगरी प्रयोग भइसकेको सिरिन्ज ११ थान र प्रयोग नभएको सिरिन्ज ४ थानगरी १५ थान सिरिन्ज फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जनाएका छन् । पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
स्थानीय तह कार्य मुल्याङकनमा लिम्चुङबुङ तेस्रो स्थानमा उक्लियो

स्थानीय तह कार्य मुल्याङकनमा लिम्चुङबुङ तेस्रो स्थानमा उक्लियो

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ४ चैत्र । स्थानीय तह स्वमूल्यांकन प्रणाली (लिजा) मा उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरको ८ पालिका मध्ये जिल्लाको तेस्रो स्थानमा उक्लिएको छ । ‘स्थानीयतह सँस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा लिम्चुङबुङले पहिलेको तुलनामा राम्रो अंक पाए सँगै यो बर्ष कार्य क्षमतामा प्रगति गरेको हो । गत आर्थिकवर्ष ०८०–८१ मा ६९.५ प्रतिशत ल्याएको लिमचुङबुङले चालुवर्ष ८९.५ प्रतिशत पुु¥याएर अन्यको दाँजोमा सर्वाधिक प्रगति गरेको छ । गतवर्ष कम अङ्क पाएको यस पालिकाले जनताको कुरा र सुझाव मनन गर्दै शुसासनमा प्राथामिकता दिएको थियो । पछिल्लो बर्ष पालिकाले प्रगतिमय काम गर्दै अंक बढाएको हो । सङ्घीय सरकारले दिने वित्तीय समानीकरण शीर्षकको बजेट निर्धारणमा प्रमुख सूचक मानिने लिजामा कम प्रतिशत ल्याउदा गाउँपालिकालाई घाटा हुने गरेको छ । ‘विगत वर्षहरुको लिजामा लिमचुङबुङ निकै पछि परेकै हो, तर अघिल्लो वर्षको नत...
माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा मान वहादुर राई

माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा मान वहादुर राई

Breaking News 1, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, २ चैत्र । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा मान वहादुर राई चयन भएको छ । नगरको दोस्रो अधिवेशनबाट राईको नेतृत्वमा सर्वसहमत कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा राधारमण खतिवडा, शुभराज तामाङ, दुर्गा कुमार कार्की, सचिव काशि कुमार कार्की, सह सचिव गोपाल कटेल र कोषाध्यक्ष मेम बहादुर बि.क चयन भएको छ । यता कार्यालय सदस्यमा ज्ञानेन्द्र मगर, बुद्धि कुमारी तुम्वाहाम्फे, जिवनी कुमारी राई र नविन कुमार राई रहेको छ ।...
उदयपुरमा दैनिक सडक दुर्घटना, पछिल्लो ८ दिनमा ५ जनाको मृत्यु

उदयपुरमा दैनिक सडक दुर्घटना, पछिल्लो ८ दिनमा ५ जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ चैत्र । उदयपुरमा सडक दुर्घटनाले सिमा पार गरेको छ । गएको २२ गतेदेखी २९ गते सम्म भएको दैनिक सडक दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएको छ । उदयपुर भित्र पर्ने मदन भण्डारी सडक खण्डमा पछिल्ला दिनहरुमा दिन नविराई सडक दुर्घटना भैरहेको छ । फागुन २२ गते उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेट भित्रि सडकमा बुलेरोको ठक्करबाट एकै परिवारकी दुई दिदिवहिनीले ज्यान गुमाईन् । हिमशिखर पर्निचरका प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो अन्यन्त्रित भई घरमा बसिरहेको अवस्थामा दिदिवहीनीलाई ठक्कर दिएको थियो । उक्त घटना सेलाउन नपाउँदै २३ गते शुक्रबार मदन भण्डारी सडक खण्ड राजावासमा तत्काल अर्को दुर्घटना भयो । त्रियुगा नगरपालिका ९ राजावास मथाने टोल स्थित प्रदेश १–०५–००१ ह ०३१० न। को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोर...
उदयपुरमा होली खेल्न बोलाएर जवरजस्ती करणी आरोपमा २  पक्राउ

उदयपुरमा होली खेल्न बोलाएर जवरजस्ती करणी आरोपमा २ पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १ चैत्र । उदयपुरको रौतामाई गाउँपालिकामा होली खेल्ने बाहानामा जवरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । करणी गरेको भन्दै पिडितले प्रहरीमा जाहेरी दिएको आधारमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाईघाटमा होलीको रौनक, तस्विर सहित

गाईघाटमा होलीको रौनक, तस्विर सहित

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १ चैत्र । होली पर्वले गाइृघाट बजार तताएको छ । दिउँसो २ बजेदेखी बजारमा होली रौनक सुरु भएको हो । तराई होलीको दिन शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा होली भव्य भएको हो । होलीको अवसरमा बिभिन्न संघ संस्थाहरुले बिविध मनोरञ्जन, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरेको छ । गाईघाट बजारको पिपलचोक, बिपिचोक, मेनचोक, पिजि चोक लगायत आसपासका स्थानहरुमा होली मनाईएको हो । होलीमा बढी जसो युवायुवतीहरुको क्रेज देखिएको थियो । बिहिबार मात्रै उदयपुरको बिभिन्न पहाडी स्थानमा होली मनाईएको थियो । बिहानी पख सुनसान गाईघाट बजार दिउँसो १ बजेदेखी होलीको रौनक सुरु भएको थियो ।...
बन जंगलमा डढेलो लगाए जरिवाना सहित कार्वाही गछौँ : ताप्ली गाउँपालिका

बन जंगलमा डढेलो लगाए जरिवाना सहित कार्वाही गछौँ : ताप्ली गाउँपालिका

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ फागुन । सुख्खा याम हावाहुरीको समय र डढेलो सिजन आएसँगै उदयपुरको पहाडी पालिका ताप्ली गाउापालिकाले बन जंगलमा डढेलो नलगाउन सचेत गराएको छ । पालिका अध्यक्ष ढुँगराज बिश्वकर्माले बन जंगल सुख्खा भएको यो अवस्थामा आगाजन्य क्रियाकलाप नगर्न अनुरोध गरेको हो । डढेलेले बन विनाश हुनका साथै खडेरी निम्ताउने जलवायु परिवर्तनको अवसर हुने, पानीको मुहान सुख्खा हुनुका साथै वस्ती घरहरुमा क्षती पुराउने भन्दै सचेत गराएको हो । अध्यक्ष बिश्वकर्माले डढेलोले बन्य जन्तुहरुलाई पनि असर गर्ने बताईएको छ । जंगलमा रहेको पशुपन्छी तथा जंगली जनवारहरुलाई समेत असर पर्ने हुँदा उनिहरुको बाँच्ने अधिकार र वस्ने अधिकारमा समेत डढेलोले क्षती पुराउने अध्यक्ष विश्वकर्माको भनाई छ । यदि डढेलो लगाएको थाहापाए कानुनवोजिम कार्वाही र जरिवाना गराईले पालिकाले जनाएको छ ।...