Thursday, July 9News That Matters

समाचार

जसपा नेत्री यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल, प्रहरीले अनुसन्धान थाल्यो

जसपा नेत्री यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल, प्रहरीले अनुसन्धान थाल्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेत्री डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबार सार्वजनिक भएको उक्त भिडिओमा डा. यादवले एक राउण्ड ‘हवाई फायर’ गरेको दृश्य स्पष्ट देखिन्छ । भिडिओमा डा. यादवका साथै अन्य केही व्यक्तिहरू पनि नाचिरहेको देखिन्छन् । पेस्तोलबाट फायर गरेपछि निस्केको धुवाँ पनि भिडिओमा स्पष्ट देख्न सकिन्छ । यसपछि अर्का एक युवकले पनि उक्त पेस्तोल समातेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार भिडिओ सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढाइएको छ । उनले भने, ‘अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिसकेको छैन ।’ एसपी खतिवडाले डा. यादवलाई प्रहरीले बोलाइसकेको र उनी पनि आउन सहमत भएको जानकारी दिए । ‘उहाँलाई बोलाइसकेका छौं, ...
कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, बैशाख १८ । कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने यस सम्मेलनमा कुल ७१ वटा परियोजनाहरू प्रस्तुत गरिनेछ, जसको कुल लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोइरालाका अनुसार, सम्मेलनमा प्रस्तुत गरिने ७१ मध्ये करिब २४ परियोजनाहरूमा सम्झौता हुने अपेक्षा गरिएको छ । यी परियोजनाहरू मुख्यतया पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी र सेवा लगायत आठ क्षेत्रमा केन्द्रित रहेका छन् । सम्मेलनमा नेपालका निजी क्षेत्रका लगानीकर्ताहरूका साथै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको पनि सहभागिता हुनेछ । लगानीमैत्री वातावरण सिर्जना गर्न सम्मेलनभन्दा केही दिन अघि मंगलबार प्रदेश सरकारले आठव...
त्रियुगा रोजगार केन्द्रद्धारा उत्कृष्ट रोजगारदाता र श्रमिकलाई सम्मान

त्रियुगा रोजगार केन्द्रद्धारा उत्कृष्ट रोजगारदाता र श्रमिकलाई सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ बैशाख । त्रियुगा नगरपालिका रोजगार सेवा केन्द्रले उत्कृष्ट रोजगारदाता तथा श्रमिकहरुलाई सम्मान गरेको छ । १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा त्रियुगाको २४ जना रोजगारदाता र २३ जना श्रमीक गरी जम्मा ४७ जनालाई बुधबार सम्मान गरेको हो । त्रियुगा नगरपालिकाको सभा हलमा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा आन्तरिक रोजगार प्रवद्र्धन अभियान अन्तर्गत श्रम तथा रोजगारी क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने रोजगारदाता तथा श्रमिकहरुको उत्कृष्ट मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । यस सम्मानले रोजगारदाता र श्रमिकहरुमा उच्चमनोवल र आउने समयमा थप रोजगार बढाउने उत्साह मिल्ने त्रियुगा नगर प्रधानमन्त्री रोजगार शाखाकी संयोजक निशा घलेले बताईन् । घलेकी अनुसार संञ्चार उद्यमी, उद्योगी, फर्म, होटल, कन्ट्रक्सन, मोवाईल ब्यवसायी, ग्यारेज, डेरी, यातायात व्यवसायी लगायत बिभिन्न रोजगारदाताल...
आज १३६ औँ अन्तराष्ट्रिय श्रमीक दिवस

आज १३६ औँ अन्तराष्ट्रिय श्रमीक दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ बैशाख । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय श्रमीक दिवस मनाईन्छ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोल...
गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु

गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ बैशाख । उदयपुरको गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु भएको छ । गाईघाट बैँकलाईनको सम्राट आयुर्वेद सँगै रहेको कोशेली गार्मेन्ट उद्योगमा सोमवारदेखी तालिम सुरु भएको हो । तालिममा १० जना सहभागी रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपर र नेपाल घरेलु तथा सना उद्योग महासंघ उदयपुरको संयुक्त समन्वयमा तालिम सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । गार्मेन्ट सिलाई तालिम उच्चस्तरीय कपडा निर्माण गर्ने तालिम पनि हो । यसमा ट्रयाक सुट तथा टिसट बनाउने सिप निर्माण गरिन्छ । उद्घाटन तालिममा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बिना राई लगायतका पदाधिकारी र घरेलु उद्योग कार्यालयका प्रमुख अर्जुन घिमिरे लगायत कर...
उदयपुरको रौतामाईमा चट्याङको आगोले एक घर जलेर नष्ट

उदयपुरको रौतामाईमा चट्याङको आगोले एक घर जलेर नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको रौतामाई गाउँपालिकामा आइतबार मध्यरातमा परेको चट्याङका कारण एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । वडा नं. ५ ढुकुरचुङका चक्रबहादुर राईको घर मध्यरात १२ बजेतिर हावाहुरी र वर्षासँगै परेको चट्याङबाट उब्जेको आगोले पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपात सबै जलेर नष्ट भएको छ । साथै घरसँगै रहेको बाख्राको खोर र सुँगुरको खोरमा आगो लाग्दा एउटा सुँगुर पनि जलेर मरेको छ । आगलागीबाट करिब ५ लाख ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी निरीक्षक धनकुमारी राईका अनुसार रातिको समय भएकाले प्रहरी र स्थानीयलाई घटनास्थलमा जुट्न समय लागेको र आगो बिहानसम्ममा आफै नियन्त्रणमा आएको थियो । घटनाको थप अनुसन्धानक...
गाइघाटदेखी काँकरभिट्टा हिडेको वस कन्चनपुरमा दुर्घटना, ३ को मृत्यु

गाइघाटदेखी काँकरभिट्टा हिडेको वस कन्चनपुरमा दुर्घटना, ३ को मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ बैशाख । गाईघाट देखी काकरभिट्टा हिडेको वस सप्तरीको कन्चनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार प्र१(०१(००१ ख ३४२० नं। को बस उदयपुर सदरमुकाम गाईघाटदेखी झापाको काँकरभिट्टा जाने क्रममा बाटैमा दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको वसमा च्यापिएर दुई जनाको घटना स्थलमै मृत्यु भएका थिए भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको छ । बिहान गाईघाट देखी ९ः३० मा छुटेको वस गन्तव्यमा नपुग्दै दुर्घटना भएको हो । दुर्घटनामा एक पुरुष र एक महिलाको ज्यान गएको प्रारम्भीक भनाई छ । गाईघाटबाट हडिया, फत्तेपुर, भान्टाबारी हुँदै काँकरभिट्टा हिडेको बस आफै अनियन्त्रित भई सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १० बदगमामा भन्ने ठाउँमा दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र मृतक घाईतेहरुको पहिचान खुल्न बाँ...
इन्द्र राईको नेतृत्वमा किरात राई यायोख्खा त्रियुगा नगरको १६ सदस्यीय चयन

इन्द्र राईको नेतृत्वमा किरात राई यायोख्खा त्रियुगा नगरको १६ सदस्यीय चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ चैत्र । किरात राई यायोख्खा त्रियुगा नगर कार्यसमितिमा १६ कार्यसमिति चयन भएको छ । शनिवार गाईघाट साकेला टोलमा भएको तेस्रो नगर सम्मेलनले इन्द्र राईको अध्यक्षतामा १६ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुकुम राई, सचिवमा पेशल राई, कोषाध्यक्षमा सुमित्रा राई र सहसचिवमा सुस्मिता राई रहेकी छिन् । यस्तै सदस्यहरुमा सशिकला राई, लाल वहादुर राई, बिवेक राई, विन्दा राई, जै वहादुर राई, अमृत राई, यच्छा कुमार राई, दिल कुमार राई, निमेश राई, प्रवधन राई, दिल कुमारी राई र दुर्गा बहादुर राई रहेका छन् ।...
त्रियुगामा भोली बिहान देखी विद्युत अवरुद्ध हुने

त्रियुगामा भोली बिहान देखी विद्युत अवरुद्ध हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भोली (शनिबार) बिहान देखी बेलुका सम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले एक सुचना जारी गर्दै बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो । सुचनामा भनिएको छ ‘उदयपुर वितरण केन्द्र अन्तर्गतको ११ के.भी. गाईघाट फिडर, जोगिदह भिडर, चुहाडे फिडर अन्तर्गतका स्थानहरु जलजले, देउरी, बगाहा, दमौटी, मोतिगडा, हडिया, बोक्से, गाईघाट बजार, असारी, राजावास, चुहाडे, साउने, रानिबास  लगायतका क्षेत्रहरुमा लाईन संरचनामा परेका रुख विरुवाका हाँगाबिँगाहरु काटछाट गर्नु पर्ने भएकोले विद्युत अवरुद्ध रहनेछ ।’ उल्लेखित समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार लाईन सुचारु हुने समेत प्राधिकरणले जनाएको छ ।...
उदयपुरमा दुई थान बरुवा बन्दुक सहित एकजना पक्राउ

उदयपुरमा दुई थान बरुवा बन्दुक सहित एकजना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ नेपालटार स्थित संगम चोक नजिकबाट दुई थान बरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय सन्तोष मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार बिहिबार दिउँसो गाईघाटदेखि नेपालटार तर्फ जादै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकल चेकजाचको क्रममा लुकाएर लादै गरेको अबस्थामा एक नाल लोड तयारी र अर्को बट र नाल छुट्टाछुट्टै पुर्ण रूपमा तयारी नभएको अबस्थामा भरुवा बन्दुक बरामद गरिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भैरहेको कार्कीले बताए ।...