Sunday, August 16News That Matters

खेलकुद

साफ यु –१७ महिला च्याम्पियनसिपको उपाधि रुसलाई

साफ यु –१७ महिला च्याम्पियनसिपको उपाधि रुसलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १५ । बंग्लादेशमा सम्पन्न साफ यु –१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रुसले जितेको छ । पाचँ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा चार खेल जित्दै रुसले १२ अंक जोडेर उपाधि हात पारेको हो । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा रुसले भारतलाई २–० गोलले हराउँदै उपाधि उचालेको हो । भारतविरुद्ध रुसलाई जित दिलाउन एभडिनको र कोट्लोभाले गोल गरे । रुसले च्याम्पियनसिपको ४ खेलमा कुल १७ गोल गरेको छ भने १ गोल मात्र बेहोरेको थियो । सो एक गोल पनि भुटानसँगको खेलमा रुसकै खेलाडीबाट आत्मघाती गोल भएको थियो । घरेलु टोली बंगलादेश ७ अंक जोडेर तेस्रो भयो भने साविक विजेता नेपाल भने ४ अंक जोड्दै चौथो स्थानमा रह्यो । सबै खेल हारेको भुटान भने अंकविहिन रहेको छ ।...
मेस्सीको ह्याट्रिकमा कुराकाओमाथि अर्जेनटिनाको फराकिलो जित

मेस्सीको ह्याट्रिकमा कुराकाओमाथि अर्जेनटिनाको फराकिलो जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १५ । कप्तान लिओनल मेस्सीले ह्याट्रिक गोल गर्दा मैत्रीपूर्ण खेलमा कुराकाओमाथि अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । बुधबार बिहान घरेलु मैदान ब्युनर्स आयर्समा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७–० गोल अन्तरले हराएको हो । कप्तान मेस्सीले खेलको २० औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने अर्जेन्टिनाका लागी १०० गोल पुरा गरेका थिए । त्यस्तै खेलको २३औं मिनेटमा निको गोन्जालेज र ३५ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेका थिए । त्यसयता कप्तान मेस्सीले खेलको ३३औं र ३७ औं मिनेटमा गोल गरी पहिलो हाफमा ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो हाफको ७८ औं मिनेटमा एन्जल डि मरियाले र ८७औं मिनेटमा गोन्जालो मोनिटेलले गोल गर्दै फराकिलो जित निकालेको हो । मेस्सी अन्तराष्ट्रिय फुटबलमा सय गोल पुरा गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाका लागि १७४ खेलमा...
अग्रता जोगाउन नसक्दा नेपालले बंगलादेशविरुद्ध बराबरी खेल्यो

अग्रता जोगाउन नसक्दा नेपालले बंगलादेशविरुद्ध बराबरी खेल्यो

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १४ । साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ । मंलवार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको हो । खेलको आठौं मिनेटमा नेपालका लागि सेनु परियारले एक गोल गर्दा बंगलादेशकी सागोरिकाले ७५ मिनेटमा एक गोल फर्काइन् । त्यसपछि नेपालमाथि बंगलादेशले लगातार दबाब दिएको थियो। यसअघि नेपालले रसियासँग ३–० र भारतसँग ४–१ को हार बेहोरेको थियो । नेपालले भुटानलाई भने ५–० गोलले पराजित गरेको थियो । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।...
प्रधानमन्त्री कप : नेपाल र भुटान निर्णयक खेल हुँदै

प्रधानमन्त्री कप : नेपाल र भुटान निर्णयक खेल हुँदै

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १४ । काठमाण्डौँको त्रिपुरेश्वरमा अवस्थ्ति दशरथ रङ्गशालामा आज प्रधानमन्त्री कप फुटबलको फाइनल पुग्न नेपाल र भुटान खेल्दैछन् । उत्तः खेल नेपाली समय अनुसार बेलुका ६ बजे भएको हो । समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन । आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ ।...
सन्दीपविरुद्ध मुद्धाको अन्तिम सुनुवाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा

सन्दीपविरुद्ध मुद्धाको अन्तिम सुनुवाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १३ । सन्दीप लामिछाने विरुद्ध मुद्धाको अन्तिम सुनुवाई आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । नाबालिग बलात्कार आरोप लागेका सन्दिपविरुद्धको मुद्धाको अन्तिम सुनुवाई सोबारदेखी जिल्ला अदालत काठमाडौंमा हुने भएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन फागुन १५ गते आदेश दिएको थियो । सोहि आदेश बमोजिम आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको जिल्ला अदालत काठमाण्डौँले जनाएको छ । एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दिपविरुद्ध प्रहरी वृत गौशालामा उजुरी दिएकी थिईन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो । वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प...
युरोकप छनोट : युक्रेनमाथि इंग्ल्याण्डको जित

युरोकप छनोट : युक्रेनमाथि इंग्ल्याण्डको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १३ । युरोकप २०२४ छनोट अन्तर्गतको खेलमा युक्रेनमाथि इंग्ल्याण्डले जित निकालेको छ । समूह सी अन्तर्गतको दोस्रो खेलमा युक्रेनलाई इंग्ल्याण्डले ०–२ गोलले पराजित गरेको हो । आईतबार राती भएको खेलको ३६ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्लाई आग्रता दिलाएका थिए भने ३९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा इंग्ल्याण्डले २ गोल गरेको थियो भने दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन् । पहिलो खेलमा इटलीलाई हराएको इंग्ल्याण्डल दुई जित सहित समुह सी को शीर्ष स्थानमा छ । त्यस्तै समुह सी को अर्को खेलमा इटलीले माल्टालाई २–० गोलले हराएको छ । इटलीका लागि माटेओ रेटेगुई र माट्टेओ पेसिनाले गोल गरे । एक हार र एक जित निकालेको इटली ३ अंक सहित दोस्रो स्थानमा छ ।...
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १३ । कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित निकालेको छ। समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि उसकै घरेलु मैदानमा ६(० गोलको जित निकालेको हो । पोर्चुगलको जितमा रोनाल्डोले २ गोल गरे। यस्तै, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले १-१ गोल गरे । पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो । खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए । १५औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो। ३१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगल पहिलो हाफमै ४–० को अग्रता लिन सफल भयो। दोस्रो हाफको अन्त्यमा वैकल्पिक खेलाडी ओटाभियो र ...
प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानविरुद्धको खेलमा लाओस विजयी

प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानविरुद्धको खेलमा लाओस विजयी

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १२ । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको रंगशालामा लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको तेस्रो मिनेटमा बोउनकोङको लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए। प्रतियोगिताको निर्धारित समय कुनै गोल हुन सकेन । एक गोलले अगाढि रहेको लाओस विजयी भएको थियो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिलो खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो।...
एमबाप्पेको विजयी शुरुवात, नेदरल्यान्ड्सलाई ४ गोल

एमबाप्पेको विजयी शुरुवात, नेदरल्यान्ड्सलाई ४ गोल

खेलकुद
पूर्णपुष्टि,चैत्र ११ । पहिलो पटक कप्तानको जिम्मेवारी पाएका केलियन एम्बाप्पेले फ्रान्सका लागि २ गोल गरेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० ले पराजित गरेको छ । युरो छनोटमा सानदार प्रदर्शन गर्ने क्रममा साविक विश्व उपविजेता फ्रान्सले विश्वकपको फाइनल हार पछि पहिलो जित हासिल गर्यो। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै एन्टोनी ग्रिजमनको गोलबाट अग्रता लिएको थियो। उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । लगतै आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पिहलो हाफमै फराकिलो अग्रता तर्फ अग्रसर गराएका थिए। पहिलो हाफमा ३ गोलको अग्रता बनाएको फ्रान्सले ८८औं मिनेटमा चौंथो गोल गरेको थियो। इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्...
तेस्रो वडाअध्यक्ष कपको उपाधी फ्युजन फुटवल क्लबलाई

तेस्रो वडाअध्यक्ष कपको उपाधी फ्युजन फुटवल क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५, देउरीमा श्रीपुर फुटवल क्लवद्धारा आयोजित तेस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी फ्युजन फुटवल क्लव बोक्लेले हात पारेको छ । बिहिवार प्रतियोगिताको फाईनल खेलमा वडा नं.१० फ्युजन फुटवल क्लवले सगरमाथा फुटबल क्लब राजाबासलाई २–१ गोलले पराजित गदैँ उपाधि चुम्न सफल भएको हो । देउरीको बालुवाटार खेल मैदानमा भएको फाईनल खेलमा पहिलो हाफको २४औँ मिनेटमा राजाबासको तर्पबाट जर्सि नम्बर २२का डेबिट चौधरीले पहिलो गोल गर्दै आफ्नो टिमका लागि खाता खोल्न सफल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ सम्म भने फ्युजनको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । त्यस्तै प्रतियोगिताको दोस्रो हाफको ४६औँ मिनेटको खेल चलिरहदा फ्युजनको तर्फबाट जर्सि नम्बर ४ का अनमोल राईले जवाफी गोल गर्दै खेललाई बराबरीमा बनाएको थियो । त्यस्कै ४ मिनेटको फरकमा फ्युजनको लागि ...