Saturday, August 15News That Matters

खेलकुद

ब्याड्मिन्टन खेल सकियो, यी खेलाडीहरु भए विजेता : प्रथम त्रियुगा खेल महाेत्सव

ब्याड्मिन्टन खेल सकियो, यी खेलाडीहरु भए विजेता : प्रथम त्रियुगा खेल महाेत्सव

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २५ । प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ । भेट्रान्सतर्फ दिपक राई र गोविन्द थापाको जोडी प्रथम भयो भने १७ वर्ष मुनिका सिंगल खेलतर्फ सौरभ ठकुरी प्रथम भएको आयोजकले जनाएको छ । दोस्रो स्थानमा खुल्लातर्फ दिपक राई र गोविन्द थापाको जोडी भए । भेट्रान्सतर्फ चित्र थापा र कालुप्रसाद उराव भए भने १७ वर्षमुनिका सिंगलमा प्रतिश राई (बुद्ध) दोस्रो भए । खुल्ला खेलतर्फ तेस्रो स्थान हाँसिल गर्ने दुईजोडीहरुमा बादल खतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बसन्त कटुवालको जोडी भए । त्यस्तै भेट्रान्सतर्फ दिपक खनाल र लिलाराम पौडेलको जोडी तथा भिमबहादुर दाहाल र सुधिर सुवेदीको जोडी तेस्रो भए । १७ वर्षको मुनिको खेलमा तेस्रो रुमुहाङ राई र अनुप कार्की भए । विजय खेलाडीहरुलाई त्रियुगा नगरपा...
त्रियुगा खेलकुद महोत्सवमा ब्याड्मिन्टन हुदै, फाईनल आज

त्रियुगा खेलकुद महोत्सवमा ब्याड्मिन्टन हुदै, फाईनल आज

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २५ । प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगिता हिजोदेखि सञ्चालन भईरहेको छ । प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ ३८ जोडीले भाग लिएका छन् । भेट्रान्स तर्फ १४ जोडीले भाग लिएका छन् भने १७ वर्ष मुनिको सिंगल खेलमा ८ जनाले भाग लिएका छन् । हिजोबाट सञ्चालन भएको प्रतियोगिताको अधिकांश खेल हिजो र आज विहानसम्ममा भइसकेका छन् । बाँकी खेलसहित फाईनल खेल आजै सम्पन्न हुने आयोजकले जनाएको छ । त्रियुगा नगरपालिकाको मुख्य आयोजना र जिल्ला ब्याड्मिन्टन संघ उदयपुरको आयोजनामा खेल भइरहेको छ । प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रो हुने सबै इभेन्टका खेलाडीहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका सचिव किसन राईले बताउनुभयो । प्रतियोगिताले नगरक्षेत्रको सबै ब्याड्मिन्टन खेलाडीलाई समेटेको छ । साथै खेलमा विभिन्न सर...
चौदण्डीगढीका तीन उदीयमान ब्याड्मिन्टन खेलाडीलाई भोजपुरमा सफलता

चौदण्डीगढीका तीन उदीयमान ब्याड्मिन्टन खेलाडीलाई भोजपुरमा सफलता

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाका तीनजना उदीयमान ब्याड्मिन्टन खेलाडीहरुले भोजपुरमा भएको सत्रवर्ष मुनीको ब्याड्मिन्टन प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेका छन् । गत फागुन १९ देखि २२ गतेसम्म भएको १ नं. प्रदेश स्तरीय अन्डर सेभेन्टिन ब्याड्मिन्टन प्रतियोगितामा विनय चौधरी, रोजी राई र स्मृति राईले तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीहरुले चौदण्डीगढी नगरपालिकाको तर्फबाट भाग लिएका हुन् । रोजी र स्मृति बेल्टार ब्याड्मिन्टन एकेडेमीबाट प्रशिक्षित खेलाडी हुन् भने विनय सुन्दरपुर ब्याड्मिन्टन क्लवबाट प्रशिक्षित खेलाडी हुन् । प्रशिक्षकसमेत रहेका बेल्टार ब्याड्मिन्टन एकेडेमीका अध्यक्ष भेषराज मगरका अनुसार चौदण्डीगढीका उदीयमान खेलाडीहरुले जिल्ला बाहिर प्रदेश स्तरको प्रतियोगितामा पहिलो पटक भाग लिएका हुन् । पहिलो पटकमै उनीहरुले सफलता हाँसिल गरेका हुन् । ११ जना खेलाडीले भाग लिए...
थारुहट रंगशालामा सुरु फुटवल प्रतियोगिताको पहिलो खेल बराबरीमा

थारुहट रंगशालामा सुरु फुटवल प्रतियोगिताको पहिलो खेल बराबरीमा

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २३ प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको पहिलो फुटवल प्रतियोगिता बराबरीमा टुंगिएको छ । आईतबार खेलकुद महोत्सव उद्घाटनको पहिलो खेल त्रियुगा नगरपालिका ११ र त्रियुगा नगरपालिका ३ ले खेलेको थियो ।खेल अबधिभर दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि पेनाल्टी गराइएको थियो । पेनाल्टीमा पनि दुवै टिमले बराबरी प्रतिस्पर्धा गरेको थियो । त्रियुगा नगरपालिका भरीका १६ वडा मध्य १४ वटा वडाहरुले खेलमा सहभागी जनाएको छ ।  ...
साइक्लिङमा रुवेनकाे सफलता

साइक्लिङमा रुवेनकाे सफलता

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २३ । स्कुल पढ्दा साईकल स्लो रेसमा प्रथम भएका रुवेन राई आज साईक्लिङ प्रतियोगितामा प्रथम भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका रुवेनले नगरपालिकाले आजबाट सुरु गरेको खेलकुद महोत्सव २०७७ अन्तर्गत उदयपुर साईक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा पुरुष तर्फ प्रथम भएका हुन् । सामान्य साईकल सानैदेखि चलाउने रुवेनले माउन्टेन साईकल चलाउन भने दुईवर्षदेखि सुरु गरेका हुन् । साईक्लिङमा खास रुची राख्ने रुवेन ब्याड्मिन्टन पनि उत्तिकै राम्रो खेल्दछन् तर, पछिल्लो समय उनको साईक्लिङमा बढि झुकाव देखिन्छ । यो जीतसंगै उनको प्रशंसकहरु बढेका छन् । प्रतियोगितामा केशब थापा दोस्रो र अवतार राई तेस्रो भए । त्यसैगरी प्रतियोगिताको महिलातर्फ लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भए । पछिल्लो समय उदयपुरमा साइक्लिङको क्रेज युवाहरुमाझ बढ्दो छ । यसले शारीरिक, मानसि...
गाईघाटमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु

गाईघाटमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २३ गाईघाटमा त्रियुगा नगर खेलकुद महोत्सव आईतबार बाट सुरु भएको छ । बिभिन्न ८ विद्यामा खेलाइने खेलको त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले औपचारिक रुपमा आज उद्घाटन गर्नुभयो । बिभिन्न  विद्यामा फुटवल, भलिवल, क्रिकेट, साईकलिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टन आदि खेलहरु खेलाइने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको कार्यालय सचिव उदय राईले बताउनुभयो ।खेल आजबाट बिभिन्न स्थानहरुमा सुरु भएको छ । फुटवल थारुहट रंगशालामा सुरु भएको छ भने साइकलिङ चप्पनमा भएको छ । भलिवल बोक्से नयाँवस्तिमा हुने छ, क्रिकेट पूर्वपश्चिम बसपार्क छेउ हुनेछ भने अन्य व्याडमिन्टन, कराँते, बक्सिङ, लगायतका खेलहरु बोक्से कवर्डहलमा हुने सचिव राईले बताउनुभयो । उद्घाटनको दिन चप्पनमा साईकलिङ प्रतियोगिता भईसकेको छ भने थारुहट रंगशालामा फुटवल प्रतियोगिता भएको छ । अन्य खेलहरु चरणबद्ध रुपले खे...
साईकल रेस प्रतियोगितामा लक्ष्मि र रुवेन प्रथम

साईकल रेस प्रतियोगितामा लक्ष्मि र रुवेन प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, फागन २३ उदयपुरमा भएको साईकल रेस प्रतियोगीताको उपाधी लक्ष्मि र रुवेनले हात पारेका छन् । ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’ को साईकल रेस प्रतियोगीतामा महिला तर्फ लक्ष्मि मगर र पुरुष तर्फ रुवेन राईले उपाधी हात पारेका हुन् । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने मुल नाराको साथ त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा सम्बन्धित प्रतियोगीताका संघको समन्वय तथा सहयोग र त्रियुगा नगरपालिकाको संयोजनमा महोत्सवको आयोजना गरिएको छ । त्रिनपा–११ चप्पन जंगल ट्रयाकमा भएको साईकल रेसमा महिला तर्फ जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भएकी छिन् । त्यस्तै पुरुष तर्फ केशव थापा दोस्रो र अवतार राई तेस्रो भएको आयोजकले जनाएको छ । नगरभित्र रहेको १६ वटै वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले यहि फागुन २१ गतेदेखि २९ गतेसम्म प्रथम त्रियुगा नगर खे...
दोस्रो टी–२० मा श्रीलङ्काको जित

दोस्रो टी–२० मा श्रीलङ्काको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २२ वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेट प्रतियोगीतामा श्रीलङ्काले जित हात पारेको छ । आज भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ४३ रनले पछि पार्दै जित हात पारेको हो । श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज १८ ओभर ४ बलमा अलआउट भयो । वेस्ट इन्डिजले १ सय १७ रन मात्र बनायो । वेस्ट इन्डिजका ओबेड म्याककोएले सर्वाधिक २३ रन बनाए । लेन्डल सिमोन्सले २१, क्रिस गेल १६, कप्तान काइरन पोलार्डले १३ रन जोडे । श्रीलङ्काका हसरंगा डा. सिल्भा र लक्शान शन्दकानले ३÷३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । श्रीलङ्काले दनुष्का गुनाथिलकाको ५६ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए । श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा वेस्ट इन्डिजसँग १–१ को बराबरी गरेको छ । पहिलो खेल वेस्ट ...
दोस्रो मेयर कप आमन्त्रित मार्सल आर्ट महोत्सव हुने

दोस्रो मेयर कप आमन्त्रित मार्सल आर्ट महोत्सव हुने

खेलकुद, समाचार
आशिष वस्नेत  कटारी २० फागुन ,  उदयपुरको कटारीमा “दोस्रो कटारी मार्सल आर्ट महोत्सव २०७७” हुने भएको छ । आगामी चैत्र ५ देखि १३ गतेसम्म “दोस्रो कटारी मार्सल आर्ट खेल महोत्सव हुने भएको हो । आज कटारीमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिका अध्यक्ष दिपक ब्लोन तामाङ्गले महोत्सवको जानकारी गराएको थियो । प्रदेश १ र तेक्वान्दो तर्पm प्रदेश २ बाट समेत प्रतियोगीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगितामा १ सय ६४ मेडलका लागि १५ टिमका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलन मार्पmत जानकारी गराईएको छ । पहिलो प्रतियोगिता चैत्रको ५ देखि ७ सम्म गराँस तेक्वान्दो डोजाङ्गको आयोजनामा १५ स्वर्ण पदक ,रजत तर्पm १५ र कास्य तर्पm ३० मेडलका लागि प्रतिस्पर्धा हुनेछ । त्यसैगरी तेक्वान्दोमा २० देखि २५ टिमले सहभागीता जनाउनेछन् । तेक्वान्दोमा करिब ३ सय खेलाडी र रेफ्रीहरु कटारीमा प्रतिष्पर्धाका ला...
इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १९ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले जित हात पारेको छ । वुल्भ्सलाई ४–१ गोल अन्तरले पछि पार्दै म्यानचेस्टर सिटीले जित हात पारेको हो । वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए भने ८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २–१ गोलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–१ गोलले विजयी हुन पुग्यो । उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १६ अङ्कको अग्रता कायम भएको छ । लिगमा युनाइटेडको ५० अङ्क रहेको छ । म्यानचेस्टर सिटीलाई जिताउन डेन्डंकरले १, ग्राबियल जिसले २ र मारेजले १ गोल गरेका हुन् । जितसँगै म्यानचेस्टर सिटीक...