Tuesday, June 9News That Matters

मनोरञ्जन

प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’ को ट्रेलर सार्वजिनक

प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’ को ट्रेलर सार्वजिनक

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख १३ । प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’ को ट्रेलर सार्वजिनक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको लस भेगासमा आयोजित सिनेमाकन समारोहमा मंगलबार राति फ्ल्यासको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक भएपछि कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् । डिस्कभरीका सीईओ डेभिड जेस्लभले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको ट्रेलर बनाएको र आफुले तिन पटकसम्म हेरेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ । डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्म आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको छ । शीर्ष पात्र ब्यारी एलेनको भूमिकामा अभिनेता मिलर स्टार्सले चरित्र चित्रण गरेका छन् । माइकल किटन र बेन एफलेकले पनि ब्याटम्यानका विभिन्न चरित्रमा अभिनय गरेका छन् । उक्त समारोहमा वार्नर ब्रोजले ओफ्रा विन्फ्...
कलाकार रियाशा दाहाल भिक्टर सँग विवाह गर्दै

कलाकार रियाशा दाहाल भिक्टर सँग विवाह गर्दै

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख ११ । पछिल्लो समय कलाकारिता क्षेत्रमा प्रख्यात नाम कमाएकी कलाकार रियाशा दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल सँग विहा गर्ने भएकी छीन् । बिजत तीन वर्षदेखिको प्रेम सम्बन्धमा रहेका यी जोडीले आगामी २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । यता भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।...
सन्दिप विरुद्धको मुद्धाको आज अन्तिम सुनुवाई

सन्दिप विरुद्धको मुद्धाको आज अन्तिम सुनुवाई

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ११ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुदाको आज अन्तिम सुनुवाई हुने भएको छ । नाबालिक बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्धा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा हुनेछ भने पेशी चौथौ नम्बरमा छ। यसअघि शंकर बरालको इजलासले चैत २६ गते लामिछानेविरुद्धको मुद्धामा दुई साक्षीको बकपत्र नभएको कारण साक्षी बुझाउन आदेश दिएको थियो । फास्ट ट्र्याकबाट सन्दिप विरुद्धको मुद्धा किनार लागउन सर्वोच्चले फागुन १५ गते आदेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार उनको मुद्धाको अन्तिम सुनुवाइ हुन लागेको हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप विरुद्ध २१ भदौमा जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिईन् । प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान) ले...
‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु

‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख ९ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खोटाङ कलाकार समाजद्धारा आयोजित ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु भएको छ । पालिकाले स्थानीय स्तरमा गायन तथा नृत्य क्षेत्रमा रुची भएका र लुकेका प्रतिभाहरुलाई खोजी एवम ती प्रतिभाहरुलाई प्रस्फटन तथा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेटमा समावेश गरी दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२को आयोजना गरिएको हो । यस प्रतियोगितामा दुवै विद्याका अडिसन आज शनिवार सम्पन्न भैसकेको छ । अडिसनबाट गायन तर्फकोबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका क्षेत्र भरीका ३९ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागिता मध्यबाट १५ जनाले फाइनल राण्डमा आफ्नो सीट सुरक्षित बनाएको छ । छनोटमा पर्नेहरु क्रमशः संग्राम राई, प्रदिप राई, देउराज राई, रमेश खड्का, रेशम भुजेल, भुपेन्द्र मगर, सुव...
प्रकाश सपुतले ‘सकम्बरी’ गित विवादबारे मागे माफी

प्रकाश सपुतले ‘सकम्बरी’ गित विवादबारे मागे माफी

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ८ । गायक प्रकाश सपुतले ‘सकम्बरी’ गितलाई लिएर भएको विवादको विषयमा माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु भन्दै माफी मागेका हुन् । रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् । रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभ...
एक हप्तामै करोडौ पटक हेरिने सफल गीत ‘सकम्बरी’

एक हप्तामै करोडौ पटक हेरिने सफल गीत ‘सकम्बरी’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख ७ । पछिल्लो समय नेपाली सांगितिक दुनियाँमा गायक प्रकास सफतको ‘सकम्बरी’ बोलको गितले एक हप्तामै करोड पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राखेको छ । यो गीतलाई अपरान्ह चार बजेसम्म एक करोड ९० हजार पटक हेरिएको छ । चर्चा र विवादको कारण यो गीतको भ्युज ह्वात्तै वृद्धि भएको हो । देश विदेशमा रहेको दर्शकले अत्यन्तै रुचाएको यो गीतले रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । यस अघिको अवस्थामा भने नेपाली गीतहरुले सात दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन् । ट्रेन्ड हेर्दा यो गीतको भ्युज अझै अघि बढ्न देखिएको छ । टिकटकमा भाइरल बन्नु र सामाजिक सञ्जालमा समेत यसबारे निकै बहस हुनुले गीतमा दर्शकको चासो देखिएको हो । सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतले विम्बपरक रुपमा कला क्षेत्रमा संघर्षरत युवतीले भोग्नुपरेको बाध्यता र कठिनाइलाई चित्रण गरेको छ । उक्त यस गीतमा म...
गुणस्तरीय स्वास्थ्य सेवा यवस्थापनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई तीन दिने तालिम

गुणस्तरीय स्वास्थ्य सेवा यवस्थापनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई तीन दिने तालिम

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ७ वैशाख । उदयपुर र सिन्धुलीका स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई गुणस्तरीय सेवाका लागि गाईघाटमा तीन दिने तालिम प्रदान गरिएको छ । वल्र्ड भिजन नेपाल, हुरेण्डेक उदयपुर र सिड्स नेपाल सिन्धुलीको संयुक्त सहयोगमा स्वास्थ्य संस्थाको चुनौतीलाई थप सहज र संञ्चालन व्यवस्थापन सँगै सेवालाई गुणस्तर बनाउने बारे तालिम प्रदान गरिएको हो । हुरेण्डेक उदयपुरका कार्यक्रम अधिकृत प्रशन्न कार्कीका अनुसार उदयपुर र सिन्धुली गरी तालिममा स्वास्थ्य सँग सम्बन्धित जम्मा २८ जना व्यत्तिहरु सहभागी रहेका जनाए । जस मध्ये उदयपुरको १८ जना र सिन्धुलीको १० जना सहभागी रहेका थिए । जसमा ६ पालिकाका स्वास्थ्य संयोजक र अन्य सबै स्वस्थ्य चौकी इन्चार्जहरु रहेको कार्कीले जनाए । जस अन्तर्गत स्वस्थ्य व्यवस्थापन समितिको क्षमता अबिबृद्धि, मात्रृ शिसु तथा वाल्यकालिन पोषण, गर्भवती तथा सुत्केरी महिलाको स्यहार र स्वास्थ्य व्यव...
‘द भ्वाइस अफ नेपाल सिजन ५’को आवेदन खुल्ला

‘द भ्वाइस अफ नेपाल सिजन ५’को आवेदन खुल्ला

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ६ । ‘द भ्वाइस अफ नेपाल सिजन ५’का लागि बैशाख २३ गतेसम्म आवेदन दिन पाइने भएको छ । टेलिभिजन रियालिटी शोमा इच्छुकले आवेदन दिनसक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । दशैं अघि प्रसारण योजना बनाइएको पाँचौं सिजनमा देश विदेशबाट जसले पनि आवेदन दिन सक्नेछन् । नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा पठाउन सकिने भएको छ । १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् । इच्छुकले उक्त ह्वाट्स एप नम्बरमा व्यक्तिगत परिचय र सम्पर्क खुल्ने ठेगानासहित गीत पठाउन सक्ने भएका छन् । ‘जुनसुकै राष्ट्रियताका व्यक्तिले आवेदन दिन सक्नेछन् तर नेपाली गीत(संगीत हुनुपर्‍यो,’ उनले भने । अहिले चलिरहेको भ्वाइस किड्स सकिएपछि यसका लागि प्रि(प्रोडक्सन सुरु हुने भएको छ । भ्वाइसका अघिल्ला चारैवटा सिजन लोकप्रिय भएका थिए । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।...
कुशुम शर्माको पहिलो प्रयासनै सर्वउत्कृष्ट बन्न पुग्यो

कुशुम शर्माको पहिलो प्रयासनै सर्वउत्कृष्ट बन्न पुग्यो

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ६ । दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन् । उनको अन्तर्वार्ता राखेर च्यानल हिट पार्ने र डलर झर्ने दाउमा युट्युबरसमेत पछि लागेका छन् । उनले अन्तर्वार्ता केमा दिने, केमा नदिने सोच्न सकेकी छैनन् । अन्तर्वार्ताका लागि आउने धेरै फोनलाई ‘अहिले बाहिर छु, पछि कुरा गर्छु नि’ भन्दै टार्नुपर्ने बाध्यता उनको छ । उनी अर्थात् कुशुम शर्मा (सकम्बरी– फूलमाया) गीतको चर्चाको कारण शब्द, सङ्गीत र स्वरको अलवा भिडियोसमेत बनेको छ । सपुतकै निर्देशन रहेको भिडियोमा एउटी निर्दोष ‘सकम्बरी’ (फूलमाया) केटीलाई कसरी मानिसले नचाहँदा नचाहँदै गलत बाटोमा ...
डिबि राईको नयाँ गीत ‘गुँरासै फुल्यो’ सार्वजनिक (भिडियो सहित)

डिबि राईको नयाँ गीत ‘गुँरासै फुल्यो’ सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ५ । उदयपुरका युवा गायक डिबि राईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंलबार पुर्वाञ्चल म्युजिक नामका युटुब च्यानल मार्फत ‘गुँरासै फुल्यो’ गीत सार्वजनिक गरिएको हो । सार्वजनिक रहेको नयाँ गीतमा शब्द स्वर डिबि राईले गरेका छन् भने उक्त गितमा गायिका श्रेया राईले साथ दिएकी छिन् । प्रस्तुत गरिएको गितलाई रुद्र श्रेष्टले उत्कृष्ट संगित दिएका हुन् । म्युजिक भिडियोमा उदयपुरका बिभिन्न स्थानहरु देखाएका छन् । गीतले धार्मिक पर्यटकिय क्षेत्र रौता पोखरी,सल्ले बजार,बैथुङ्गकी डाँढा र बरुवा खोलाहरुको चर्चा गरिएको छ । https://www.youtube.com/watch?v=_GtGAvwgBh0...