माओवादी केन्द्र रिटर्नी सेन्टरको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा सम्वाहाङ्फे
पूर्णपुष्टि, बैशाख ९ । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट अध्यक्षमा पाँचथरका देवेन्द्र सम्वाहाङ्फे विजयी भएका छन् ।
सम्वाहाङ्फेले आफ्ना प्रतिष्पर्धी उदयपुरका मेजरकुमार राईलाई १८ मतले पछि पार्दै अध्यक्षमा चुनिएका हुन् । सम्वाहाङ्फेले ४७ मत पाएका थिए भने राईले २९ मत पाएका थिए । ७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन् ।
यसैगरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् । यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ ...








