Thursday, June 18News That Matters

राजनीति

उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा

उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा

राजनीति
पुर्णपुष्टि,असार ४ । काठमाडौँ जिल्ला अदालत परिसरमा आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन पुगेको त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार प्रहरीले धर्ना दिना आएका चलाउँने सहित केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले रातोपाटीलाई जानकारी दिए । चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको उनले बताए । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहि...
आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

राजनीति, समाचार
पूर्णपुष्टि,असार ४ । सरकारमा रहेको ३ दलसहित ४ दलिय समाजवादी मोर्चा घोषण आज हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसको बैठकले राष्ट्रिय समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो । आज राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा आबद्ध छ । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । मोर्चा गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच छलफल भइरहेको थियो र मोर्चा गठनको लागि माओवादीका प्रवक्ता कृष्णबहादुर महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एसका नेता राजेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् । मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारक...
प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,असार २ । नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका १५,डहरमा अवस्थित रमिते डाँडामा सम्पन्न अधिवेशनले पर्शुराम थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्व सहमति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्ष यमुना आलेमगर, सचिव अस्मिता पौडेल, सह–सचिव किरण प्रसाद ढुंगाना र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई सर्वसहमत चयन गरिएको छ । यस्तै खुल्ला सदस्यमा दिपक राउत, भरत बोहोरा, सुमन सागर खतिवडा र संजिव कुमार चौधरीलाई चयन गरिएको छ । आदिवासी जनजाती सदस्य अमित तामाङ, कुसुम लामा तामाङ, खुल्ला महिला सदस्य यसोधा पोखरेल, अनिता कार्की, मधेश सदस्य मिथुन ठाकुर, र अन्य सदस्यहरु बिज्ञान पराजुली, खेमराज दाहाल, सन्जिब कुमार चौधरी, पुस्प दनुवार र सन्तोस रौनियार रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पूर्व भौतिक प...
थुनामा आदेशसँगै टोप बहादुरको सांसद पद निलम्बन

थुनामा आदेशसँगै टोप बहादुरको सांसद पद निलम्बन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेको टोपबादुर रायमाझीको सांसद पद तत्काल निलम्बन हुने भएको छ । मंसिरको चुनावमा अर्घाखाँचीबाट निर्वाचित भएका रायमाझी सहित १६ जनालाई ठगी प्रकरणमा शुक्रबार काठमाण्डौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो । प्रतिनिधि सभा नियमावलीका अनुसार कुनै न्यायिक हिरासतमा रहेमा सांसद पद निलम्बन हुने छ । सांसदमा सभामुखले रायमाझी निलम्बनमा परेको जानकारी गराएपछि औपचारिक रूपमा उनी निलम्बनमा पर्ने छन् । रायमाझीले निलम्बनमा परेको अवधिको सेवा तथा सुविधा पाउने छैनन् भने अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउने छैनन्।...
खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३ असार भुटानी शरनार्थी प्रकरण ः खाँण र रायमाझी सँगै १६ जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश १ असार, काठमाडौं । भुटानी शरनार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बाल कृष्ण खान र निलम्वीत सांसद टोप बहादुर रायमाझी सहित १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छाड्ने आदेश गरेको छ ।...
देशका समग्र युवाहरुको भविष्यको लागी १ करोड मात्र छुट्याईयो  : सिके राउत

देशका समग्र युवाहरुको भविष्यको लागी १ करोड मात्र छुट्याईयो : सिके राउत

Breaking News 3, आर्थिक, राजनीति, समाचार
पूर्णपुष्टि, असार १ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिक राउतले देशका समग्र युवाहरुको भविष्यको लागी मात्र १ करोड विनियोजन भएको बताएका छन् । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा विनियोजन गरिएको बजेटले देश कता तिर गरिरहेको स्प्रष्ट देखिने र सानो बजेटको मन्त्रालय त्यसको योजना, किताब पनि पातलो त्यसमा भएका शब्दहरु झनै फितलो देखिएको उनले बताए । त्यो भन्दा अर्को कुनै नयाँ उद्योग खोल्ने वा पुराना उद्योग हरुलाई खुलाउने कार्यक्रम पनि नदेखिएको र कुनै योजना विहिन, भिजन र दृष्टि नभएको बजेट आएकोउनले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको जिल्लामा मात्र ७१ प्रतिशत बजेट हालेको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बजेट ल्याएको होकि लुटिएको हो भन्ने कुरा अलि ...
प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको रिटकको सुनुवाई आज

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको रिटकको सुनुवाई आज

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । प्रधानमन्त्री पुष्प कमल दाहाल (पचण्ड) र डा बाबुराम भट्टराई बिरुद्ध दायर रिटमा आज मंगलबार सुनुवाई हुँदैछ । तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै पूर्वअयोग्य लडाकु लेनिन विष्ट र कृष्णप्रसाद दंगाललगायतले आईतबार सर्वोच्च अदालतमा प्रचण्ड र बाबुरामविरुद्ध मुद्धा दर्ता गराएका थिए । त्यस रिटमाथि आज सुनुवाइ हुन लागेको हो । उनिहरुले तत्कालीन ‘जनयुद्ध’का सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्। जनयुद्धपछि विस्तृत शान्ति सम्झौता भएको १६ वर्षसम्म आफुहरुले न्याय नपाएको र बाल सेनाको पहिचानसमेत नभएकाले पहिचान दिई परिपूरण क्षतिपूर्तिको माग गरेका छन् ।...
पहिचान पक्षधरलाई वार्ताका लागि कोशी प्रदेश सरकारको पत्र

पहिचान पक्षधरलाई वार्ताका लागि कोशी प्रदेश सरकारको पत्र

Breaking News 2, राजनीति, समाचार
पुर्णपुष्टि जेष्ठ २९ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई पत्र पठाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई वार्ताका लागी पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताउँदै आएका थिए भने सोमबार प्रदेश सरकारले समितिको नाममा पत्र पठाएर वार्तामा बोलाएको हो । गत फागुन १७ गते प्रदेश सभाबाट दुई तिहाई मतका साथ मुख्यमन्त्री हिक्मत कार्कीले १ नम्बर प्रदेशको नाम कोशी राखेका थिए । प्रदेश नाम कोशी नामकरण भएपछि आन्दोलित बनेका पहिचान पक्षधहरुले पहिचानको आधारमा पुन नामाकरण गर्नु पर्ने माग राख्दै आएका थिए । असन्तुष्टि जनाउँदै आएका पहिचान पक्षधरसँग वार्ता गर्नका लागी सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तिन सदस्यीय समिति गठन गरेको छ ।...
स्कटल्याण्डकी पुर्वमन्त्री निकोला स्टर्जन पक्राउ

स्कटल्याण्डकी पुर्वमन्त्री निकोला स्टर्जन पक्राउ

Breaking News 3, राजनीति, समाचार, संसार
पूर्णपुष्टि, जेष्ठ २९ । स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ परेकी छन् । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई आइतबार पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो। प्रहरीले निकालेको विज्ञप्तीमा उनको नाम नलिई भनिएको छ ‘एक ५२ बर्षीया महिलालाई शंकास्पदका रुपमा हिरासतमा लिएर सोधपुछ भईरहेको छ । गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टी गरे कि उनी आइतवार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्। प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतवार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।...
बुधबार कोशी प्रदेश सभको बैठक बस्ने

बुधबार कोशी प्रदेश सभको बैठक बस्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । कोशी प्रदेश सभाको जेठ २३ गते सम्पन्न बैठकपछि सभामुख बाबुराम गौतमले अर्को सुचना जारी नभएसम्म बैठक स्थगित गरेका थिए । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि सुचना जारी गरेको जानकारी दिए । जारी भएको सुचनामा यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने उल्लेख छ ।...