Thursday, May 21News That Matters

राजनीति

उदयपुरमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि आक्रमण प्रयास

उदयपुरमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि आक्रमण प्रयास

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २५ । उदयपुरमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि आक्रमण प्रयास भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा बिहिबार पहिचान पक्षधरले उपसभामुख दनुवारको गाडी तोडफोड गर्ने प्रयास गरेका हुन् । पहिचानवादीहरुले उपसभामुख दनुवार चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए भने उनको गाडीमा लगाईएको झण्डा समेत भाँचिदिएको थियो । प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागी बुधबार तिन सदस्यीय समिति गठन गरेको छ । मंगलबार माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभा बैठक केहि समयका लागी स्थगित गरी वार्ता समिति बनाएका थिए । उक्त समितिको संयोजकमा खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेन्याङ्को छन् ।...
पहिचान पक्षधरसँग वार्ताका लागी समिति गठन

पहिचान पक्षधरसँग वार्ताका लागी समिति गठन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ । कोशी प्रदेश नाम विरुद्ध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरसँग वार्ताका लागी समिति गठन गरिएको छ । एमाले नेतृत्व सरकार अल्पमतमा परे लगतै मुख्यमन्त्री हिक्मत कार्कीले तिन सदस्यीय वार्ता समिति गठन गरेका हुन् । मंगलबार नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए लगत्तै बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले समिति गठन गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । वार्ता समितिमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् । गत फागुन १७ गते मुख्यमन्त्री हिक्मत कार्कीले दुई तिहाई मतका साथ प्रदेश सभाबाट १ नं प्रदेशको नाम ‘कोशी’ पारित गरेका थिए । कोशी प्रदेश नामाकरण भएसँगै पहिचान पक्षधरहरुले असन्तुष्टी जनाउँदै आएका...
बालेन्द्र साह बेल्जियम जाने

बालेन्द्र साह बेल्जियम जाने

राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ट २४ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बेल्जियम जाने अनुमति प्राप्त भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मेयर शाहलाई ब्रसेल्स जान अनुमति दिने निर्णय गरेको हो । बेल्जियमको ब्रसेल्समा आयोजना हुने ुअर्बान समिटु मा भाग लिन मेयर शाह त्यसतर्फ जाने भएका हुन्। यो कार्यक्रम जेठ २९ गतेदेखि ३२ गतेसम्म चल्नेछ।...
कोशी प्रदेश सरकार अल्पमतमा, अध्यादेशबाट बजेट ल्याउने तयारी

कोशी प्रदेश सरकार अल्पमतमा, अध्यादेशबाट बजेट ल्याउने तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ। मंगलबार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो। बुधबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने र असार १ मा बजेट ल्याउने तयारीमा सरकार थियो। तर, नीति कार्यक्रम संसदमा पेश हुनुभन्दा अघिल्लो दिन माओवादीले साथ छाडेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताएका छन्। ‘संसदमा पेश गरेर फेल हुने कुनै पनि कुरा अब सरकारले संसदमा ल्याउँदैन’, भण्डारीले भने, ‘...
माओवादीका दुई मन्त्रीद्धारा राजीनामा

माओवादीका दुई मन्त्रीद्धारा राजीनामा

राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेको दुई जनाले पदबाट राजीनामा दिएको छ । सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मंलवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएको हो । राजीनामाकै दिन बसेको माओवादी बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय पनि गरेको थियो । यता, मङ्गलवारै बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले पनि गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको छ । सत्ता साझेदा यी दुई दलले नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा जुटेका छन् । तर, अन्तिम निर्णय कुन रुपमा अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।...
कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरने भएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरने निर्णय गरेको हो । बैठकले नेकपा एमाले नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । आजकै मितिबाट समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरुलाई बोलाउने निर्णय भएको र माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाईएको उनले बताए । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टीबाट निर्णय भईसकेको र अब संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फ...
ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १९ । उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा सरेको छ । आधुनिक एवम् आकर्षक स्वरुपमा नवनिर्मित प्रशासकीय भवनमा सरेको हो । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नयाँ भवनमा सरको गाउँपालिकाले सोही ठाउँबाट सम्पूर्ण पालिकाको कामकाज गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्त राइका अनुसार गणतन्त्रिक जनताको दरबारको रुपमा निर्माण भएको भवन सेवाग्राहीका लागि सहज र सुविधायुक्त रहेको छ । नेपाल सरकारको लागतमा भवन निर्माण भएको हो । पाँच वडा रहेको सो पालिका जिल्लाको आठ पालिका मध्ये दोस्रो सानो गाउँपालिका हो । तत्कालिन ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार गाउँ विकास समिति गाभेर राज्य पुनसंरचनाको ताप्ली गाउँपालिका बनेको हो । ११९ दशमलब ११ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पालिकामा १३ हजार ३४४ जनसंख्या रहेको छ ।...
त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ । गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिको एकवर्षे कार्यकालको प्रगति आज सार्बजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी वर्षदिने प्रगति सार्बजनिक गरेको हो । नगरप्रमुख बसन्तकुमार बस्नेतले अपर्याप्त बजेटका कारण आवश्यक्ता अनुसार विकास निर्माणका योजनाहरु सञ्चालन हुन नसकेको जनाए । उनले संघिय सरकारले स्थानीय सरकार मार्फत बजेट कार्यन्वयन गराउन पर्नेमा सिमित स्रोत साधनमा बाधेर राख्ने गरेको र स्वीकृत बजेट पनि कटौति गर्ने गरेपछि जनताका अपेक्षित काम गर्न नसकेको उनको भनाई छ । नगरपालिकाको कामलाई चुस्त दुरुस्त बनाउन गुनासो सुन्ने अधिकारीको ब्यावस्था गरिएको, सर्वसाधारणलाई आफ्नो काममा सहजता होस भनेर गेटमै नागरिक बडापत्र राखिएको, सूचनाकेन्द्रको स्थापना गरिएको र भ्रष्टाचार रहित नगर बनाउन जनप्रतिनिधि र कर्मचारीकोे सम्पति विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था गरि...
रास्वपाले सांसद विकास कोष खारेजको माग सहित संकल्प प्रस्ताव दर्ता गर्यो

रास्वपाले सांसद विकास कोष खारेजको माग सहित संकल्प प्रस्ताव दर्ता गर्यो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजको माग सहित संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । बिहीबार संसद् सचिवालय पुगेर रास्वपाका डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । ‘सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि नै प्रश्न चिह्न खडा गरेको छ। आर्थिक वर्ष २०७७र७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनु पर्ने माग समेत गरेको थियो ‘दर्ता गरिएको संकल्पमा भनिएको छ’ साथै, उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस संक्रमण रोकथाममा लगानी गर्नु पर्ने भनी सो पार्टीक...
प्रधानमन्त्री दाहाललाई राज्यमन्त्रीद्धारा नयाँ दिल्लीमा स्वागत

प्रधानमन्त्री दाहाललाई राज्यमन्त्रीद्धारा नयाँ दिल्लीमा स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिनको भारत भ्रमणको भारतको नयाँ दिल्लीमा पुगेका छन् । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री दाहाल भारतको भ्रमणमा निश्किएको हो । प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी जेठ २० गते स्वदेश फर्कने छन्।...