राजनीति
चुनावमा जेनजी युवाहरु परिचालित हुने हैन, स्वचालित हुने हाे
https://youtu.be/gROG3Lwr1-w
मास्टरदेखि खेलाडीसम्म, वकिलदेखि नेतासम्म, जन्मेदेखि नयाँ जीवन पाएसम्म : बलदेव चौधरी
https://youtu.be/D1q7tUkW3Y4?si=NfAufyiPDfaiU-Np
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह उदयपुरमा घण्टी बजाउदै, समर्थकलाई हात हल्लाउदै हिड्दै
पूर्णपुष्टि/ २२ माघ, २०८२ । उदयपुर
चुनावी अभियानमा देश दौडाहामा रहेका राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुरका कार्यकर्ता र समर्थकहरूलाई आज भेटेका छन् ।
उनले उदयपुरको दुवै निर्वाचन क्षेत्रका चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयहरूमा घन्टी बजाउँदै कार्यकर्ता र समर्थकहरुलाई हात हल्ल्याउँदै हिँड्ने काम गरेका छन् । काहीँ पनि सम्बोधन गरेका छैनन्।
उदयपुरको बेलकाको रामपुर, चौदण्डीगढीको बसाहा, बेल्टार, त्रियुगाको गाईघाट र कटारीको कटरी बजारमा यसो गरेका हुन्।
उनलाई हेर्न समर्थकहरूको ठूलो भीड देखिएको छ। उनको सुरक्षामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो।
हिजो नै उदयपुर आउने भनियो भने अस्वस्थताको कारण देखाउँदै उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी पुलको कोसी प्यालेसमा बास बसेका थिए । हिजो उनले सप्तकोशीमा बोटिङ गर्दै धार्मिक स्थल बराहा क्षेत्र र किराँत आस्...
आफू विरुद्ध भ्रम फैलाएको भन्दै स्वतन्त्र उम्मेदवार राेकाद्वारा पत्रकार सम्मेलन
पूर्णपुष्टि/२० माघ, २०८२ । उदयपुर
उदयपुर १ का स्वतन्त्र उम्मेदवार देवराज रोका कल्याण रोकाले आज पत्रकार सम्मेलनको आयोजना गरी आफू विरुद्ध भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् ।
उनले नेकपा एमालेका केही व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरी आफू विरुद्ध भ्रम फैलाएको बताएका छन्। हिजो मात्र एमाले निकट उम्मेदवार र नेता कार्यकर्ताहरूसँग नाचगान गरेको पुरानो भिडियो सार्वजनिक गर्दै एमाले उम्मेदवारलाई समर्थन जनाएको जस्ता भ्रामक कुरा फैलाएको भन्दै आपत्ति जनाएका हुन् । उनले यस कार्यलाई अति निच कार्य भएको उल्लेख गरेका छन्। चुनावको सङ्गीन घडीमा आफू दृढ र इमान्दारपूर्वक स्वतन्त्र र साझा उम्मेदवारको रुपमा अगाडि बढिरहेको बेला यस्तो कार्य गर्नु निच कार्य हो। उनले भनेका छन् ।
केही समय अगाडि एमाले पार्टी उदयपुरले आफूलाई एमालेले चिन्दैन भनेर विज्ञप्ति निकाल्ने र अहिले एमालेको भन्दै भिडियो सार्वजनिक गर्ने यो कस्तो...
उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन
२० माघ, २०८२ । उदयपुर
उदयपुर निर्वाचन क्षेत्र न १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण राेका)ले एक राजनीतिक दलकाे चुनावी समर्थन पाएका छन् । नेपाल कम्युनिस्ट पार्टी संयुक्तले डा. देवराज रोकालाई समर्थन जनाएको हो ।
निर्वाचनमा भाग लिएको सो पार्टीले अन्य जिल्लामा उम्मेदवार उठाए पनि उदयपुरमा पार्टीको उम्मेदवार मनोनयन नगरिएकोले स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन जनाएको आज जारी विज्ञप्तिमा जनाएकोछ । डा. रोका बौद्धिक व्यक्तित्व, लामो समय मार्क्सवादी राजनीतिक आन्दोलनमा रहेकाले उनलाई विजय गराउन प्रचारप्रसारदेखि सम्पूर्ण निर्वाचन कार्यक्रममा सहभागी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले समानुपातिकतर्फ भने आफ्ना उम्मेदवार कुलबहादुर बस्नेतलाई चुनाव चिन्ह हसियामा मतदान गर्न अपिल गरेको छ । पार्टीका जिल्ला संयोजक यादव पोखरेलले भ्रष्टाचार र वेथितिको विरुद्धमा पार्टी लागेको, पा...
राप्रपा उम्मेदवार सुभाष चन्द्र खड्का उदयपुर – १ मा के गर्दैछन् त ? कार्यकर्ता र समर्थक के भन्छन् ?
https://youtu.be/EKfCAo1zRDg
माग हाम्रा धेरै छन् तर उम्मेदवार त्यति आएका छैनन् : १० न वडाध्यक्ष किरण पाण्डे
https://youtu.be/wjFvj8oYaDY
भावि सघीय माननीयले सुन्नु पर्ने बलम्ताकाे कुरा
https://youtu.be/_mikweGBCNE
उदयपुर क्षेत्र नम्बर -२ लिम्चुङ्गबुङ गाउँपालिकाको वडा नम्बर - ४ बलम्ताका वडाबासीहरूको माग र आवश्यकता के के छन् ?संघीय प्रतिनिधि सभा सदस्यले सुन्नुपर्ने बुझ्नुपर्ने र गरिदिनुपर्ने कुराहरु के के हुन् । वडाध्यक्ष छत्र बहादुर राईसँग कुराकानी गरिएको छ ।
