Monday, September 7News That Matters

राजनीति

राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको बताएका छन् । शनिबारको एक कार्यक्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको र अहिले संकेतमात्र गर्ने बताएका हुन् । नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन् । सबैलाई पद दिएको छ । म भइहालेँ भन्ने परेको छ । को(को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौँ । हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ ।’ नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।...
नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश संञ्चलन भईरहेको छ । शनिवार गाईघाटको कञ्चनजंगा होटलमा संगठनका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा खुल्ला सत्र कार्यक्रम सञ्चानल भैरहेको हो । कर्यक्रममा नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य उदयपुर जिल्ला इन्चार्ज एंव पूर्व सांसद सुरेश कुमार राई ९हिमाल०,प्रदेश सभा सदस्य नारायण बुर्जा, सांसद राजन किराती, सम्भना तामाङ, मोइन बहादुर खत्री लगाएतको उस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपला निजामति कर्मचारी संगठनमा अवाद्ध जिल्लाका बिभिन्न कर्मचारीहरुको उपस्थितिमा अधिवेशन अधिवेशन संचालन भईरहेको छ । “प्रभावकारी जनसेवा पेशागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रि कर्मचारी संगठन शान्ति सुशासन” आत्मनिर्भरता र राट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन” भन्ने मूल नाराको साथ पाँचौ जिल्ला अधिवेश सञ्चालन भए...
अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २७ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए । “अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने । त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीह...
विवेकशील साझाको आज प्रथम राष्ट्रिय महाधिवेशन

विवेकशील साझाको आज प्रथम राष्ट्रिय महाधिवेशन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २७ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शुक्रबार) बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम हुने भएको हो । महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए । यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए । महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पुर्‍याउने तयारी रहेको उनले बताए । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार नेताहरूले दाबी गरेका छन् । महाधिवेशन उद्घाटन समारोहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.ब...
रास्वपाको आधिकारितामाथि प्रश्न गर्दै निर्वाचन आयोगमा तीन उजुरी

रास्वपाको आधिकारितामाथि प्रश्न गर्दै निर्वाचन आयोगमा तीन उजुरी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोगबाट भएका सबै कामको वैधानिकतामाथि चौतर्फी रूपमा प्रश्न उठ्न थालेको हो । सोही प्रमाणपत्र प्रयोग गरेर लामिछानेले नेपाली राहदानी, सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०, कम्पनी दर्ता, स्थायी लेखा नम्बर ९पान नम्बर० लगायत प्रमाणपत्र बनाएका छन् । यी सबैको आधिकारितामाथि अनेकन् प्रश्न उठिरहेका छन् । यीबाहेक लामिछानेले सोही नागरिकता प्रयोग गरेर उपभोग गरेको ‘राजनीतिक अधिकार’माथि गम्भीर प्रश्नचिन्ह उठेको छ । त्यही नागरिकता प्रयोग गरेर उनले मतदाता नामावलीमा नाम समावेश गरेका छन्, राजनीतिक दल खोलेका छन्, उम्मे...
काँग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिने वा नदिने विषयको सुनुवाई आज

काँग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिने वा नदिने विषयको सुनुवाई आज

राजनीति, समाचार
पूर्णपुष्टि,माघ २५ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली काँग्रेस सत्ता पक्षको कि प्रतिपक्षको दल हो भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । प्रतिपक्षी दलको दावी गरेपछि काँग्रेसलाई उक्त सुविधा नदिन भन्दै सर्वोच्चमा अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट हालेका थिए । उक्त रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी छन् । रिटलाई आजको मितिमा पहिलो पेशी तोकिएको थियो ।...
राष्ट्रियसभा उपाध्यक्ष आर्यालले पदभार ग्रहण गरिन

राष्ट्रियसभा उपाध्यक्ष आर्यालले पदभार ग्रहण गरिन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २४ गते । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । सोमबार नवनिर्वाचित भएकी आर्यालले मंगलबार सपथग्रहण गरेपछि पदभार ग्रहण गरेकी हुन् । अर्यालले संघीय संसद्‌मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।...
नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष आर्यालले गरिन शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष आर्यालले गरिन शपथ ग्रहण

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २४ गते । माओवादीबाट नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ ग्रहण गरेकी हुन् । सोमाबार अर्याल निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।...
सरकारमा रास्वपालाई फर्काउने तयारी

सरकारमा रास्वपालाई फर्काउने तयारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ४२ दिनमै सरकारबाट बाहिरिएपछि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेको छ । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको हो । आइतवार संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो । सरकारबाट रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अ...
सरकारबाट निस्कने रास्वपाको निर्णय

सरकारबाट निस्कने रास्वपाको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट बाहिरने निर्णय गरेको बैठकमा एक सहभागी नेताले जानकारी दिए । सरकार निर्माण गर्दा भएको सहमति अनुसार गृहमन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने सभापति लमिछानेको अडान थियो । तर गृहमन्त्रालय प्रधानमन्त्री दाहालले नदिएपछी सरकारबाट बहिरने निर्णय गरेको हो । पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। (रास्वपा) ले सरकारलाई दिएको समर्थन भने कामय राखेको छ । सरकार छाड्ने निर्णय पछि दुई मन्त्रालय खाली भएको छ । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । आजको निर्णयसँगै रास्वपाको पहिलो...