त्रिनपा– २ को प्रारम्भिक मतगणनामा पहिलो मत एमालेलाई
पूर्णपुष्टि, जेठ १० ।
त्रियुगा नगरपालिका वडा नं. २ को पनि पहिलो २०० मत गणनाको परिणाम आएको छ । परिणाम अनुसार सो वडाबाट पहिलो मत एमालेलाई गएको छ । एमालेको प्रमुख पदका उम्मेदवार भागवत राउतलाई ७३ मत जाँदा काङ्ग्रेसका बसन्त बस्नेतलाई दोस्रो मत ६८ छ भने तेस्रो मत गठबन्धनतर्फका नेकपा एसका बलदेव चौधरीलाई ३८ मत छ ।
उपप्रमुखमा पनि एमालेकी महेश्वरी राईलाई पहिलो मत गएको छ । उनले ८१ मत पाउदा काङ्ग्रेसकी सरिता राईले दोस्रो मत ५९ पाएकी छिन् भने गठबन्धनतर्फकी माओवादी केन्द्रकी गिता खड्का कार्कीले २० मत पाएकी छिन् । सो वडाको प्रारम्भिक मतगणनाले त्यहाँ एमाले पहिलो, काङ्ग्रेस दोस्रो र गठबन्धन तेस्रो मत पाउनेमा देखाएको छ ।
वडा नं. १, वडा नं. १६ र वडा नं. २ को समग्र ८०० मतमा काङ्रग्रेसको प्रमुख र उपप्रमुख दुबै पदमा अग्रता देखिएको छ । समग्रमा प्रमुखमा कांग्रेस २७८ मतका साथ अग्रता, गठबन्धन २४२ मतका साथ दोस्रो...







