Friday, June 12News That Matters

राजनीति

काठमाडौंमा बालेन र धरानमा हर्कराजको अग्रता अझै कायम

काठमाडौंमा बालेन र धरानमा हर्कराजको अग्रता अझै कायम

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह र सुनरीमा हर्कराज साम्पाङको अग्रता कायमै रहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका (लौरो छाप) शाहले २० हजार ३ सय ९३ मतका साथ अग्रस्थानमा रहेका छन् । शाहले आफ्नो प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापीतलाई ९ हजार ६ सय ७ मतान्तरले पछाडी पारेको छ । एमालेका उम्मेदवार स्थापीतले १० हजार ७ सय ८६ मत ल्याउन सफल भएको छ । यता, धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १२ हजार १५ मतका साथ अगाडी रहेको छ । साम्पाङ गठबन्धनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार किशोर राईको मत भन्दा १ हजार २ सय ९७ मतका अगाडी रहेका छन् । यता, गठबन्धनले १० हजार ७ सय १८ मत ल्याएको छ ।...
कटारीमा एमालेको अग्रता कायमै

कटारीमा एमालेको अग्रता कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेबाट मेयर पदका उम्मेदवार रहेका ज्ञानेन्द्र श्रेष्ठ २ हजार १ सय ११ मतका साथ अग्रस्थानमा रहेका छन् । यता नेपाली काँग्रेसबाट राजेस चन्द्र श्रेष्ठले १ हजार ९ सय ५६ मतका साथ ज्ञानेन्द्रलाई पछ्याइरहेको छ । स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) मा कृष्ण प्रसाद बरालले १ हजार ४० मत ल्याउन सफल भएका छन् । त्यस्तै, उपमेयर पदमा एमालेबाट २ हजार २ सय २१ मतका साथ गिता खड्काले अग्रता कायम गरेकी छिन् । उपमेयर पदमा माओवादीबाट विनोद कटुवालले १ हजार ८ सय २८ मतका साथ खड्कालाई पछ्याइरहेको छ ।...
कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको कटारी नगरपालिका–९ मा एकिकृत समाजवादीको विजयी भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार रहेका धुव्रकुमार कार्कीलाई १२७ मतले हराएर समाजवादीका बेगबहादुर आलेमगरले वडा अध्यक्षमा जीत हासिल गरेको हो । आलेमगको ४०७ मत आउदा कार्कीले २८० मत ल्याएका थिए । कटारी–९ मा समाजवादीको प्यानलै विजयी भएका छन् । महिला सदस्य निर्मला खप्तरी मगर, दलिद महिला सदस्यमा सिता कुमारी सार्की, खुल्ला सदस्यमा खम्ब सिँ थापा मगर र चक्रबहादुर कार्की विजयी भएको हुन् ।...
देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । स्थानीय तहको निर्वाचन सम्पन्न हुँना साथ मतगणनाको कार्य देशभर धमाधम भइरहेको छ । मतगणना भएको आठै दिन सम्मको मत परिणम अनुुसार देशभर नेपाली काँग्रेसले ७५३ वटा स्थानीय तह मध्ये २७९ प्रमुहको सिट जितिसकेको छ । उप–प्रमुखमा पनि काँग्रेसनै अगाडी रहेको देखिन्छ । त्यस्तै, यता अग्रताको कुरा गर्ने हो भने देशभर ४८ प्रमुख तथा ४६ उप–प्रमुखमा काँग्रेसनै अग्रस्थानमा देखिन्छ । नेकपा एमालेले देशभरमा १७५ प्रमुख तथा १९६ स्थानमा उप–प्रमुखमा जीत हासिल गरेर दोस्रो स्थानमा रहेको छ । अग्रतामा भने २३ स्थानमा प्रमुख र उप–प्रमुखमा ४४ स्थानमा अगाडी रहेको छ । यता माओवादी केन्द्रले भने ११२ स्थानमा प्रमुख पदमा तथा उप–प्रमुखमा १२० स्थानमा जितेको छ । देशभरमा प्रमुुखमा १० स्थानमा र उप–प्रमुखमा ९ स्थानमा माओवादी अगाडी रहेको छ । त्यस्तै, जसपा नेपालले प्रमुखमा २० र उप–प्रमुखमा २० स्थानमा जीतेको छ । एकि...
उदयपुरको कटारीमा गोली चलेको वडामा मतगणना सम्पन्न

उदयपुरको कटारीमा गोली चलेको वडामा मतगणना सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । स्थानीय तहको निर्वाचनको मतदान भएको वैशाख ३० गते सामान्य विवादमा प्रहरीले उदयपुरको कटारीमा गोली चलाएको वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको कटारी नगरपालिका–१० सोरुङ्घ छविसेमा एमालेका क्षेत्रबहादुर खड्का वडा अध्यक्षमा विजयी भएका छन् । खड्का ५२१ म्त ल्याउदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काका निकटतम प्रतिस्पर्धी एकिकृत समाजवादीका लेट नारायण श्रेष्ठ ३७४ मत ल्याएर पराजित भएका छन् । कटारीको सोरुङ्घ छविसेमा मतदान सम्पन्न भइसकेपछि सामान्य विवादमा प्रहरीले गोली चलाउदा १९ वर्षीय नविन भनिने विरबहादुर कटुवालको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कटुवालको मृत्यु भएसँगै स्थानीयले मतपेटीका उठाउन नदिदा कटारी–१० को मतगणना ढिलो भएको हो ।...
त्रियुगा नपाकाे मतगणना अन्याैलताप्रति काङ्ग्रेसकाे आपत्ती, आयाेगप्रति आशङ्का

त्रियुगा नपाकाे मतगणना अन्याैलताप्रति काङ्ग्रेसकाे आपत्ती, आयाेगप्रति आशङ्का

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ - उदयपुरकाे त्रियुगा नगरपालिकाकाे मतगणनालाई निर्वाचन आयाेगले लामाे समय अन्याैलमा पारेकाेमा नेपाली काङ्ग्रेस उदयपुरले आपत्ती प्रकट गरेकाे छ । आज विज्ञप्ती जारी गर्दै काङ्ग्रेसले त्रिनपा -१२ काे पुन: मतदान वा त्यतिकैमा गणना गर्ने कुराकाे निर्णय नदिएकाेमा आपत्ति जनाएकाे छ । यसले आयाेगप्रति आशंका पैदा भएकाे जनाईएकाे छ । तत्काल निर्णय गरि त्रियुगा नपाकाे मतगणना सुरु नगरे आन्दाेलन गर्ने चेतावनी पनि दिईएकाे छ । काङ्ग्रेस उदयपुरका सभापति एवम् १ नं. प्रदेश मन्त्री हिमाल कार्कीले विज्ञप्ती जारी गरेका हुन् ।...
उदयपुरको ६ पालिकाको मतपरिणााम सार्वजनिक भईसक्दा पनि त्रियुगामा अन्योल

उदयपुरको ६ पालिकाको मतपरिणााम सार्वजनिक भईसक्दा पनि त्रियुगामा अन्योल

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरमा सम्पन्न भएको वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म जिल्लाको ६ पालिकामा निर्वाचन मत परिणाम आइसकेको छ । कटारी नगरपालिकामा मतगणना जारी छ । तर जिल्लाको सदमुकाम समेत पर्ने त्रियुगा नगरपालिकामा भने अझै अन्योल रहेको छ । स्यानीय तहको निर्वाचन सम्पन्न भएको ६ दिन भैसक्दापनि त्रियुगाको बारेमा निर्वाचन कार्यालय अनिर्णित देखिएको छ । वर्षात तथा असहज परिस्थितीको कारण मतदान कार्य स्थगित गरिएको भन्दै सूचना जारी गरी रोकिएपनि हालसम्म पुन निर्वाचन नहुदा निर्वाचन आयोग प्रति आशङका तथा अविश्वास बढ्दै गएको छ । समय अगावै मतदान स्पगित गरी मतदाताको अधिकार हनन् गर्ने तर पुन मतदानको मिति तोक्न आयोगले आलटाल गरेको भन्दै राजनीतिक दल तथा स्थानीयले असन्तुष्टी व्यक्त गर्न थालेका छन् । मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका कारण ढिला...
उदयपुरको चौदण्डीमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

उदयपुरको चौदण्डीमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । वैशाख ३० गते सम्पन्न भएको स्थानिय चुनावको मत परिणम सार्वजनिक भएसँगै विजयी भएका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय चौदण्डीगढीमा आयोजित समारोहमा नवनिर्वाचित नजप्रतिनिधीलाई प्रमाणप्रत्र प्रदान गरिएको हो । प्रमाणपत्र वितरण समारोहमा चौदण्डीका निर्वाचन अधिकृत महेशकुमार दाहालले निर्वाचित जनप्रतिनिधीलाई बधाई दिनुका साथै सफलताको शुभकामना दिएका थिए । चौदण्डी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित ८ वडामा एमालेले जितेको छ, भने बाँकी २ वडामा काँग्रेसले जित हात पारेको छ ।...
३ मतले विजयी

३ मतले विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,जेठ ५ गते । कटारी नगरपालिकाको वडा नं. ११ मा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष लडेका अनन्त हायुू ३ मतको झिनो मततान्तरले विजयी भएका छन् । हायूले ४१५ मत ल्याइ विजयी हुँदा निकटमत प्रतिस्प्रर्धी माओवादीका दिपक बुडा क्षेत्री ४१२ मत ल्याई पराजित भएका हुन् ।
मत गणनाले कटारी नगरपालिकाको सम्पूर्ण काम प्रभावित

मत गणनाले कटारी नगरपालिकाको सम्पूर्ण काम प्रभावित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरको कटारी नगरपालिकामा मंगलवारबाट मात्रै मत गन्न थालिएको छ । कटारीमा मत गणनाको कारणले गर्दा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधा बन्द गरिएको छ । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो । कटारीका प्रमुख प्रशासकिय अधिकृतका अनुसार नगरपालिका कार्यालमा मत गणना गरिने भएकाले अत्यावश्यक काम बाहेका सबै सेवा सुविधा अनिचितकालको लागि बन्द गरिएको बताएका छन् । उक्त बन्द अवधिमा सेवाग्राहीलाई हुने कठिनाई प्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।...