Thursday, June 11News That Matters

राजनीति

उदयपुरमा ४ वटा नमुना महिला मतदान केन्द्र

उदयपुरमा ४ वटा नमुना महिला मतदान केन्द्र

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २९ गते । स्थानीय चुनावको लागि उदयपुरमा सबै तयारी पूरा हुने क्रममा रहेको छ । शुक्रवार हुने स्थानीय चुनाव मतदानका लागि विभिन्न मतदान स्थलहरुको तयारी व्यापक भइरहेको छ । यो बिहिवार बेलुका सम्म तयारी पुरा गरि भोली विहान ७ बजेदेखि मतदान सुरु हुने छ । उक्त मतदानका लागि उदयपुरमा ९८ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्रहरु तयारी हुदँैछ । जसमध्ये ४ वटा भने नमुना महिला मतदान केन्द्र निर्माण भएका छन् । त्रियुगा नगरपालिका वडा नं. ९ आधारभूत विद्यालय रातमाटे र उदयपुरगढी गाउँपालिका वडा नं. ५ पञ्चावती माध्यमिक विद्यालयमा नमुना महिला मतदान स्थल निर्माण भएको छ । यी २ स्थलमा २÷२ मतदान केन्द्र गरि ४ मतदान केन्द्र रहेको छ । यस केन्द्रमा खटिने सम्पूर्ण कर्मचारीहरु महिला रहनेछ । आधाभूत विद्यालय रातमाटे (केन्द्र (ख) की मतदान अधिकृत रमुना राउतका अनुसार रातमाटेमा क र ख गरि २ केन्द्र रहेको छ...
गाउँपालिका अध्यक्षका उम्मेदवारलाई स्थानीयले लखेटेपछि सशस्त्रले लियो नियन्त्रणमा

गाउँपालिका अध्यक्षका उम्मेदवारलाई स्थानीयले लखेटेपछि सशस्त्रले लियो नियन्त्रणमा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, र्वैशाख २९ गते । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सन्दकपुर–५ को जमुनामा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार उदय राईलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले लखेटेका थिए । राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्की समेत मौन अवधिमा प्रचार–प्रसारको काममा लागेका थिए । स्थानीयलले लखेटेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकोे हो । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।...
एमालेका वडा अध्यक्षसहित ३ जना पक्राउ

एमालेका वडा अध्यक्षसहित ३ जना पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २९ गते । तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्षसतिह तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपित गरेको आरोपमा उनलाई प्रहरीले पक्रा उक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन् । मेद्ना रानामगर चालक हुन् । उनीहरुलाई अहिले इलाक प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रहथुमका डिएसपी निशान थापाले बताए । योजनाबद्ध आक्रमणबाट सत्तारुढ गठबन्धनका कार्यकर्ता घाइते भएका छन् ।...
नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, वैशाख २८ गते । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ । आयोगले आज गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । रासस...
एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते

एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । नेकपा एमाले र सत्ता गठबन्धनबीच झडप हुँदा दार्चुलाको दुहु गाउँपालिका–५ का वडा अध्यक्ष पदमा उम्मेदवार घाइते भएको छ । झडपमा एमाले पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवार रहेका मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।...
त्रियुगामा ग्राभेलको काम पनि अवरोध

त्रियुगामा ग्राभेलको काम पनि अवरोध

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ । उदपुरको त्रियुगा नगरपालिकाको अभरमा नगर कार्यक्रमको ग्राभेल काम पनि दलहरुको आग्रहमा प्रहरीले रोक लगाएको छ । चालु आबको २०७८ कार्तिक ३० गते एक सूचनामार्फत अभरमा नगर कार्यक्रमको लागि हेभि इक्युमेन्ट (टिपर र व्याकहोए लोडर) भाडामा माग गरि २०७८ चैत्र ६ गते नगरपालिका र शिवशक्ति निर्माण सेवा विच सम्झौता भएको देखिन्छ । निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरुमा ठूलो दलहरुले अवरोध गरेको छ । प्रत्येक वडामा ग्राभेल हुन बाँकी सडकहरुमा ग्राभेल गर्ने सम्झौता अनुसार काम गर्ने क्रममा त्रियुगा नगरपालिका–१३ को किरात ...
उदयपुरमा मौन अबधिको उल्लंघन गर्दै परराष्ट्र मन्त्री नारायण खड्का काङ्ग्रेसलाई भोट माग्दैँ

उदयपुरमा मौन अबधिको उल्लंघन गर्दै परराष्ट्र मन्त्री नारायण खड्का काङ्ग्रेसलाई भोट माग्दैँ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का ले मौन अबधिको उल्लंघन गर्दै उदयपुरमा खुलमखुल्ला भोट मागिरहेका छन । निर्बाचन आयोगले हिजो राती देखि मौन अबधी लागू गर्दै उम्मेदवारलाई भोट माग्न, चुनावी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । निर्बाचन आयोगको यो नियम पालना गर्नु सबैको दायित्व हो अझ सरकारको मन्त्रीको त झन बढी दायित्व हुन्छ । तर नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले मौन अबधिको धज्जी उडाउदौ नेपाली काङ्ग्रेसको पक्षमा भोट मागेका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. नारायण खड्काले निर्बाचन आचारसंहिता तथा मौन अबधिको उल्लंघन गर्दै उदयपुरको जलजलेमा पुगि आज बिहान नेपाली काङ्ग्रेसलाई जिताउन भन्दै स्थानिय मुश्लिम बस्तीमा पुगि भोट मागेका छन् । उनी भोट माग्न आफुमात्र गएका थिएनन साथमा लगेका थिए त्रीयुगा नगरपालिका को मेयर पदका उम्मेदवा...
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । स्थानीय तहको निर्वाचन आउन अब मात्रै दुई दिन बाँकी भएकोले आज र भोली नयाँ मतदाताहरुका लागि लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्न थालेको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण थालेको हो । सम्बन्धित केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने आयोले जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लाग...
घोषणा पत्र अनुरुप काम नगरे जनताले प्रश्न गरुन, एक घण्टा भित्र राजिनामा दिन्छु : राप्रपा उम्मेदवार राउत

घोषणा पत्र अनुरुप काम नगरे जनताले प्रश्न गरुन, एक घण्टा भित्र राजिनामा दिन्छु : राप्रपा उम्मेदवार राउत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ त्रियुगा नगरपालिकाका लागि राप्रपा बाट नगर प्रमुखमा उम्मेदवारी दिएका हरि वहादुर राउतले आफुहरु एमाले, कांग्रेस र माओवादी जस्तो झुक्याउने पार्टी र प्रतिनिधि नरहेको जनाएको छ । राउतले आफुले घोषणा पत्रमा उल्लेख गरिएको कुनै पनि एजेण्डाहरु अनरुप काम नभए एक घण्टा भित्रै नैतिकताको आधारमा राजीनामा दिने समेत प्रतिबद्ध गरे । रातले भने,” आफ्नो घोषणा पत्रमा भ्रष्टचार रहित विकास र नगरको परिकल्पना सँगै जनताहरुका लागि बिभिन्न कामहरुको एजेण्डा तयार पारेको छु । ती कुराहरु पुरा नभए जनताले मलाई आएर भनुनु काम भएन भनेर तत्काल राजिनामा दिनेछु । राउतले अन्य पार्टीहरुले जनताहरुलाई ब्रोईलर कुखुरा जस्तो थुनेर राखेको समेत आरोप लगाए । उनिहरुले कार्यकर्ता र जनताहरुलाई थर्काएर जुनमा भोट हाल भन्छ त्यहीमा भोट हाल्नु पर्ने गरी धम्काउने र तर्साउने जस्ता क्रियाकलापहरु समेत गरेको जनाए । उनले आफुले न...
उदयपुरमा केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल सञ्चालनमा आएनन्

उदयपुरमा केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल सञ्चालनमा आएनन्

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत अस्पतालमा काम गर्ने चिकित्सक सहित स्वास्थ्यकर्मिको कुनै अत्तोपत्तो छैनन् । प्राविधिक र स्वास्थ्यकर्मीको टुङ्गो नलगाई आँखा अस्पतालका अध्यक्ष तथा मेयरका उम्मेदबार भागवत राउत स्थानीय तहको चुनावको मुखमा टिकट हत्याउन हतार हतार उद्घाटन गर्न भ्याए । मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएका दिन बाहेक एक जना बिरामीले पनि चेक जाँच नगराएको स्थानीयबासीको भनाई रहेको छ । उदयपुरमा २०६० सालमा स्थापना भएको नेपाल नेत्र ज्योति स...