चुनाबमा गठबन्धन खिचडी सरह : हृदयेश त्रिपाठी
पूर्णपुष्टि, वैशाख ४ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्बमन्त्री हृदयेश त्रीपाठीले स्थानीय चुनाबलाई संवैधानिक कर्तब्यको रुपमा स्विकार गरेको बताएका छन् । उनले स्थानीय चुनावलाई आवधिक चुनावको रुपमा लिदै संविधानलाई बचाउन भाग लिएको बताए । उनी चुनावमा हुने गठबन्धनको बिपक्षमा देखिएका छन् । गाइघाटमा आज पत्रकार सम्मेलनमा बोल्दै त्रीपाठीले गठबन्धन खिचडी सरह हुने दाबी गरे । उनले आफ्नो पार्टीले कोहिसँग पनि चुनावी तालमेल नगरेको बताए । उनले थपे – कसैले गठबन्धन गर्छ भने त्यसमा हाम्रो कुनै आपत्ति छैन ।
पत्रकारले सोधेको प्रश्नको जबाफ दिने क्रममा उनले पार्टीले चुनाबमा आशातित परिणाम नल्याए पनि चुनाबमा जाने बताएका थिए । उनले खेलमा सहभागी भैसके पछि हारजित स्वीकार गर्नुपर्ने भन्दै चुनाबमा जित मात्रै नहुने धारणा राखेका थिए ।
मधेस राजनीतिमा राम्रो पकड भएका त्रीपाठी अघिल्लो चुनाबमा सुर्य चुनाब ...









