Wednesday, June 10News That Matters

राजनीति

राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ । रोशन अधिकारी क्षेत्रीको अध्यक्षतामा राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन भएको छ । भु.पु. मन्त्री एवम् राप्रपाका बरिष्ठ नेता हरीबहादुर बस्नेतको संरक्षकत्वमा समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा तारा बस्नेत, उपाध्यक्ष राजन गिरी, सचिव चन्द्रप्रसाद भट्टराई, सहसचिव सरस्वती थापा, कोषाध्यक्ष तारा झा र सहकोषाध्यक्ष विष्णुकुमार अधिकारी रहेका छन् । सदस्यहरुमा रामकुमार राई, विमल पौडेल, दिलबहादुर तामाङ, निगम अधिकारी, महेन्द्र ओझा, देविलाल गिरी, लोकेन्द्र खत्री, गजेन्द्र कार्की, देवराज आचार्य, मन्दीप राई, इ सुशि चौधरी केतमाउा कार्की रहेका छन् । सल्लाहकार समितिमा डा. भरत राउत, समृधी राणा बस्नेत, हरिबहादुर राउत, मानव विष्ट र देव पोखरेल रहेका छन् ।...
लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो : वरिष्ठ नेता पौडेल

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ६ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको बताउनुभएको हो । “अहिलेको गठबन्धन जो छ यो सत्ताका लागि होइन, व्यवस्थाका लागि गठबन्धन हो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र नभई लोकतन्त्र र नेपालको परिवर्तनलाई बचाउनका लागि भएको हो, नेपाललाई अग्रगामी रुपान्तरण गर्नका लागि यो गठबन्धन भएको हो,” उहाँले भन्नुभयो । गठबन्धनलाई आफ्नो हैसियतअनुसार अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले संसद् भङ्ग गरेर तानाशाही व्यवस्था लागू गरेको अवस्थामा नेव...
त्रियुगामा नगर प्रमुखको लागि एमालेबाट ६ जनाको दाबेदारी

त्रियुगामा नगर प्रमुखको लागि एमालेबाट ६ जनाको दाबेदारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । त्रियुगा नगपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ६ जनाले दाबी गरेका छन् । एमालेको तर्फबाट त्रियुगा नगरको लागि इश्वर मणि राउत, गिता रेग्मी , टेक बराउत , परमेश्वोर घिमिरे, प्रकाश बस्नेत र भागबत राउतको नाम सिफारीस भएका हुन् । उनीहरु ६ जनालाई नै नगरसमितिले सिफारीस गरेको हो । सिफारीस भएकामध्ये इश्वर मणि राउत पूर्व जिल्ला अध्यक्ष हुन भने परमेश्वोर घिमिरे बहालवाला जिल्ला अध्यक्ष हुन् । भगवत राउत प्रदेश सदस्य हुन् । यस्तै, टेक बराउत जिल्ला उपसचिव हुन् । मेयरमा सिफारीस भएकी गिता रेग्मी अखिलको केन्द्रीय सदस्य हुन्, भने प्रकाश बस्नेत जिल्ला स्तरिय नेता हुन् । बिगतको निर्वाचनमा एमालेले उदयपुर जिल्लाका आठ पालिका मध्ये ६ वटामा जित निकालेको थियो ।...
त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । त्रियुगा नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट ६ जना उमेदवार सिफारीस भएको छ । स्थानीय तहको चुनावमा वसन्त बस्नेत, प्रकाश खड्का ,सरोज बस्नेत, देबी चौधरी, भिमचन्द्र राई र राकेश खत्रीको नाम सिफारीस गरिएको हो । वैशाख ४ गते बसेको नगर समितिको बैठकले उनीहरु ६ जनालाई मेयर पदको लागि सिफारीस गरिएको नेपाली काङ्ग्रेस नगर सचिब केशव पौडेलले जानकारी दिए । नगरप्रमुखमा सिफारिस भएका मध्ये वसन्त बस्नेत ०७४ को चुनाबमा झिनो मतले मेयरमा पराजित भएका थिए । यस्तै, देबी चौधरी त्रियुगा नगरपालिकाको बहालवाला उप–प्रमुख हुन भने प्रकाश खड्का नेपाली काङ्ग्रेसको त्रियुगा नगरसभापती तथा १० न. वडाका वडाध्यक्ष हुन् । सरोज बस्नेत पुर्ब नगर सभापती हुन भने भिमचन्द्र राई जिल्ला उपसभापति हुन । राकेश खत्री नेबिसङ्घका पूर्ब केन्द्रीय सदस्य हुन् । जिल्लामा सत्तारुढ दलले चुनाबी तालमेल गरेर जाने तय...
४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिदै ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए । स्थानीय निर्वाचनको लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमै छापिएको आयोगले जनाएको छ ।...
आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : प्रचण्ड

आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : प्रचण्ड

Breaking News 3, राजनीति, समाचार
कमाठमाण्डौँ, बैशाख ५ सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी नेपाल ९जसपा० ले एक÷एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उहाँले जानकारी दिनुभयो । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।...
निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
कामाठमाण्डौँ, बैशाख ५ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ । “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो रु भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।” नेकपा(माओवादी केन्द्र) द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी रु भन्ने प्रश्नको जिज्ञासामा भन्नुभयो, “विप्लब समूहलाई निर्वाचनमा कसरी सह...
बेलकाको २ नम्बर वडामा काङ्ग्रेसका सार्कीले बागी उम्मेदवार दिने

बेलकाको २ नम्बर वडामा काङ्ग्रेसका सार्कीले बागी उम्मेदवार दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । उदयपुरको बेलका नगरपालिका–२ भगलपुरका खड्ग बहादुर सार्की पुराना काङ्ग्रेसका स्थानीय नेता हुन । उनलाई गाउका सबैले काङ्ग्रेसको नेता भनेर नै चिन्छ्न । उनले पनि नेपाली काङ्ग्रेसको लागि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेका छन । उनलाई नेपालको लागि केही गर्ने पार्टी नेपाली काङ्ग्रेस नै हो भन्ने विश्वास लागेको थियो । उनले त्यति धेरै विश्वास गरेको पार्टीले नै उनलाई अहिले धोका दिएको छ । सार्कीले स्थानीय चुनाव घोषणा हुनुभन्दा अघिदेखि नै वडा अध्यक्षमा आफ्नो दाबी रहेको स्थानीय तहका नेतालाई जानकारी गराएका थिए । नेताहरुले पनि उनलाई नै टिकट दिने आश्वासन दिएका थिए । आफुले विश्वास गरेर लागेको पार्टीका नेताबाट ग्रीन सिग्नल पाएपछि उनी चुनाबमा आफुलाई जिताउनु पर्छ भन्दै जनता सग भोट माग्न दिनरात खटेका थिए । तर सिफारिस गर्ने बेलामा उनको नाम नराखी मिश्रीलाल चौधरी र ज्ञाननाथ कट्टेलको नाम स...
उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । यही वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने भएको छ । एकीकृत जनक्रान्तीको माध्यमबाट वैज्ञानिक समाजबादी व्यवस्था स्थापना गर्ने दाबी गर्दै विप्लब पक्ष चुनाब लड्ने मैदानमा उत्रिएको हो । पूर्णपुष्टि खबरको कार्यक्रम चुनाबी सम्बादमा यो पार्टीका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले जिल्लामा पनि पार्टी चुनाबमा सरिक हुने बताएका छन । पार्टीले स्वतन्त्र उम्मेदवार खडा गर्ने बताउदैँ उनले भने “ हाम्रो पार्टीले चुनाबमा देशभक्त उम्मेदवार खडा गर्नुका साथै : एमसीसी बिरोधि उम्मेदवार लाई सहयोग गर्छ ।” उक्त कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी पौडेलले राजनीतिक दल दलालको कब्जामा गैसकेको आरोप लगाउदैँ इमानदार कार्यक्रताले चुनाब जित्ने अवस्था नरहेको आरोप लगाएका थिए । साथै उनले यस जिल्लामा स्थानीय चुनाबमा कुनै पनि हालतमा : एमसीसी पक्षध...
उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । जिल्ला निर्वाचन कार्यालय उदपुरमा स्थानीय तहको निर्वाचन लागि २८ दलले नाम दर्ता गराएका छन् । जिल्लाको आठ वटै स्थानीय तहबाट २८ दलले चुनाब जित्न लक्ष्यसहित नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनसार स्थानीय निर्वाचन प्रयोजनका लागि २२ दल दर्ता भएका छन, भने रास्ट्रीय मान्यता प्राप्त दलले जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुनु पर्दैन । जस अनुसार जिल्लामा नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र , नेकपा एस , जनता समाजबादी पार्टी , र लोकतान्त्रिक समाजबादी पार्टीसहित जनमोर्चा नेपाल, रा. प्र. पा., मौलिक जरोकिलो पार्टी , मङ्गोल नेशनल अर्गनाइजेसन , जनमत पार्टी , नेकपा माले, सचेत नेपाली पार्टी लगायतका दल चुनाबमा सहभागी हुने छन । जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले दर्ता भएका दलले मात्र चुनाबमा भाग लिन पाउने भएकाले अब जिल्लामा २८ दलले मात्र भाग ...