Wednesday, June 10News That Matters

राजनीति

निर्वाचन आयोगद्धरा तालिका सार्बजनिक

निर्वाचन आयोगद्धरा तालिका सार्बजनिक

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । स्थानीय तहको निर्वाचन सर्ने हो कि भने हल्लाका बिभ निर्वाचनको मिती नजिकिएसंगै त्यो हल्ला मै सिमित भएको छ । स्थानीय तहको निर्वाचनको तालिका निर्वाचन आयोगले सार्बजनिक गरेको छ । जसानुसार हिजो बैसाक ८ गते देशैभरी निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय वैशाख ११ र १२ गते छुट्याएको छ । सोही दिन निर्वाचन कार्यालयले कार्यालय समयपछि मनोनयन गरेका उम्मेदवारको सूचि प्रकाशन गर्नेछ । वैशाख १३ गते उमेदवारको बिरुद्दमा उजुरी दिन समय छुट्याइएको छ । वैशाक १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र प्राप्त उजुरी उपर छानबिन गर्ने गरी निर्णय गर्ने छ । सो पश्चात् कार्यालय समय पश्चात उमेदवारको नामवली प्रकाशन गर्नेछ । वैशाख १६ मा उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिन चाहेको खण्डमा उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । १६ गते नै उमेदवारको अन्तिम न...
त्रिनपा ५ का वडाध्यक्ष केदार थापाले दिए राजिनामा

त्रिनपा ५ का वडाध्यक्ष केदार थापाले दिए राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । स्थानीय तहको निर्वाचन नजिकीएसंगै उदयपुरमा जनप्रतिनिधीहरुले धमाधम राजिनामा दिनथालेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष केदार थापा (उदब ) ले राजिनामा दिएका छन् । थापाले २०७९ को निर्वाचनमा पुन उमेदवार बन्ने भन्दै राजिनामा दिएको हो । निर्वाचन आयोगले उमेदवार बन्न वाहालवाला जनप्रतिनिधीले राजिनामा दिनपर्ने अनिर्वाय व्यवस्था गरेको छ । नेपाली काङ्ग्रेस ५ वडा समितिले यस अघि नै सिफारिस गरिसकेको छ । पार्टीले पुन वडा अध्यक्षका लागि टिकट दिने भएसंगै उनले राजिनामा दिएका हुन् । उमेदवार हुन चाहाने जनप्रतिनिधीले राजिनामा दिने क्रम जारी नै रहेको छ ।...
उदयपुरमा गठबन्धनको निर्णय : त्रियुगामा कांग्रेस र ताप्लीमा जसपा सिंगल भिड्ने, अन्यमा निर्णय बाँकी

उदयपुरमा गठबन्धनको निर्णय : त्रियुगामा कांग्रेस र ताप्लीमा जसपा सिंगल भिड्ने, अन्यमा निर्णय बाँकी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ८ उदयपुरमा आज बसेको गठबन्धनको बैठकले दुईओटा निर्णय तय गरेको छ । बैठकमा त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएको छ भने ताप्ली गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी मैदानमा उत्रने निर्णय भएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवका अनुसार त्रियुगा नगरपालिकामा कांग्रेस मित्रवत सिंगल लडेपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी बिच गठबन्धन हुने जनाएको छ । यता ताप्लीमा भने फेरी जनता समाजवादी पार्टी मित्रवत सबै पदमा सिंगल लड्ने निर्णय भएको जनाएको छ । ताप्लीमा जनता समाजवादी वाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले भने गठबन्धन गर्ने भएको सदस्य यादवले जानकारी दिए । आज बसेको बैठकले दुई पालिकाको मात्र निर्णय गरेको छ भने अन्य पालिकाको निर्णय हुा बाँ...
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ८ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । “कोभिड–१९ को महामारीमा विश्वभरका मान...
सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसको मात्रै गठबन्धन

सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसको मात्रै गठबन्धन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ७८ सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसविच मात्र गठबन्धन भएको । स्थानीय तह निर्वाचनको लागि यी दुई पार्टीले मात्रै चुनावी तालमेल गर्ने जनाएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार दुई पार्टीले चुनाव तालमेल गरेको प्रेस विज्ञाप्तीमा उल्लेख छ । समाजवादी)का नगर अध्यक्ष विजय कुमार द्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ । साथै चुनावी कार्यक्रम र प्र...
बेलका ४ नं वडाको लागि माओवादी बाट ललित राई सहित ४ जनाको नाम सिफारिस

बेलका ४ नं वडाको लागि माओवादी बाट ललित राई सहित ४ जनाको नाम सिफारिस

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ८ बेलका नगरपालिका ४ नं वडामा माओवादी केन्द्र बाट ४ जनाको नाम सिफारिस भएको छ । पुराना तथा अग्रज नेता ललित राई सहित ४ जनाको नाम सिफारिस भएको हो । सिफारिसमा परेका ललित राईले आफु पार्टीका पुराना तथा अनुभवी र योगदानमुखी व्यक्तित्व समेत रहेकाले आफुले नै वडाको टिकट पाउने आशावादी रहेको जनाए । राईको राजनितिक यात्रा र योगदान राईले २०५७ सालमा तत्कालीन भूमिगत नेकपा माओवादी पार्टी रामपुर ठोक्सिला गाविस वडा नं ७ को जन मिसिलसिया हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०५८ सालमा करिब २ बर्ष संकटकाल अबधिभर गृह जिल्ला छाडी काठ्मान्डौ लगायतका ठॉउहरुमा दुखका साथ लुकीछीपि ज्यान बचाए । पछि प्रहरीको लिस्टेड खोजिमा परेपछि राईले गाउँनै छाडेका थिए । २०६१ र ६२ मा संकटकाल अबधीमै रामपुर ठोक्शिलाबाट ‘संगिन ‘ रॉको ‘जस्ता मासिक भित्ते पत्रिका सम्पादक गगन नामबाट ३ अंक सम्म प्रकाशन समेत गर...
उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ८ गते । उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना भएको हो । मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएतबाट कार्यालय स्थापना गरिएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ । यही कार्यालयले त्रियुगा नगरपालिकाको चुनाव समेत गराउने छ । जिल्लाका बाँकी सात पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय आजै  स्थापना हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जानकारी दिएको छ ।...

अन्तत एमाले पनि गठबन्धन गर्न बाध्य

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ७ एमालेले कुनै दलसँग गठबन्धन नगर्नै भन्दै अध्यक्ष के पि ओलिले बारम्बार बताउदै आउनु भएको थियो। तर सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने भएपछी चुनाबी परिणाम आफ्नो प्रतिकुल आउने आकलन गर्दै एमाले पनि गठबन्धन गरेर जाने निधोमा पुगेको छ । एमालेले कट्टर हिन्दु बादी दलदेखी कृश्चियन समर्थक दल सग गठबन्धन गर्न जिल्ला समिति लाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षलाई पत्र पठाउँदै राप्रपा नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । पार्टीको प्रभाव र अवस्था हेरी तालमेल गर्न उनको निर्देशन छ ।...
गठबन्धन सँग एमाले डराउँदैन : परमेश्वर घिमिरे

गठबन्धन सँग एमाले डराउँदैन : परमेश्वर घिमिरे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ७ ने.क.पा. एमालेका उदयपुर जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले सत्ता गठबन्धनसँग नडराउने बताउनसु भएको छ । पूर्णपुष्टि खवरको कार्यक्रम चुनावी संवादमा उहाँले सत्ता गठबन्धनसँग एमाले एक्लै लड्ने सक्षम धारण राख्नुभयो । एमालेले उदयपुरको सबै पालिका जित्ने दावी गर्दै घिमिरे पार्टीभित्र धेरै आकाङ्क्षी भएपनी चुनाव जित्ने उम्मेदवारलाई उठाउने बताउनुभयो । पुरै कार्यक्रम हेर्न तलको लिंकमा जानुहोस् । https://youtu.be/KHS4N04Mg8M...
लिमचुङबुङ अध्यक्ष बैठक पुस्तिकसहित बेपत्ताको भएको आरोप

लिमचुङबुङ अध्यक्ष बैठक पुस्तिकसहित बेपत्ताको भएको आरोप

राजनीति, समाचार
बराहा, वैशाख ६ लिम्चुमबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बैठक पुस्तिकसहित फरार भएको आरोप छ। नेकपा (माओबादी केन्द्र) को गाउँ कमिटी अध्यक्ष समेत रहेका राई बैठक चलिरहेको बेला माईन्युटसहित हिडेर बेपत्ता रहेको उपाध्यक्ष दिनेश राईको आरोप छ । आसन्न स्थानीयतह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत उम्मेदवार छानेर नाम सिफारिस गर्न सोमबार दिउसो बसेको पार्टी बैठकबाट उठेर हिडेका उनी मंगलबार दिउसो साढे ३ बजेसम्म सम्पर्कविहीन भएको उनले बताए । उनले उम्मेदवार चुन्ने विषय छिनोफानो नगरी कार्यक्रमस्थलबाट हिडेको र पटकपटक बैठकमा आउँन आग्रह गरे पनि नआएको बताए । उम्मेदवारको नाम चयन विषयमा छलफल हुँदा अध्यक्षका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका थिए । सहमति नभएपछि छलफलस्थलबाटै हिडेका उनले बैठकस्थलमा माईन्युट लेख्दै गरेको सहसचिव नन्द राईलाई बोलाएर माईन्युट बुक लिएर हिडेको प्रत्यक्षदर्शी कार्यकर्ताले...