Wednesday, May 6News That Matters

समाचार

काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
उदयपुर, कार्तिक २५ । नेपाली काङ्ग्रेसले उदयपुरको दुई वडा निर्वाचनमा उम्मेद्वार छनौट गरेको छ । आगामि मङ्सिर १६ गते उपनिर्वाचन हुने त्रियुगा नगरपालिका, वडा नं। १२ मा सञ्जिव काफ्ले र बेलमा नपा ( ९ मा नवराज बस्नेत छनौट भएका छन् । पार्टिको क्षेत्र नं। १, क्षेत्रिय कमिटिको कार्तिक २० गते बैठकबाट उम्मेद्वार छनौट निर्णय गरेको हो । दुबै वडाका निर्वाचित वडाध्यक्षहरुको निधन भएको हो । काफ्ले, विमारका कारण निधन भएका वडा नं। १२ वडाध्यक्ष चुडाराज काफ्लेका छोरो हुन् भने दुर्घटनामा निधन भएका बेनपा ९ का पदम खड्काको ठाउँमा नवराज उठ्दैछन् ।...
निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने जनाएको छ । उनले आफ्नै पार्टीको सहयोगमा एमालेको सरकार बनिरहेको हुँदा हाललाई राम्रो काम गरेर सरकार चलाउनको बिकल्प नरहेको जनाए । कोईरालाले सरकारले गरेको गलत गतिविधिलाई गलत भन्नु सक्नु पर्ने आमसभामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे । बिपिकोअनुयायी वा सिद्धान्तमा हिड्ने भए सरकार जो सुकैको होस गलतलाई गलत भन्न सक्नु पर्ने कोईरालाको अडान छ । उनले आफ्नो पाटी समेत सरकारमा भएको हुँदा सम्पूर्ण मन्त्री र नेताहरुलाई जनमुखी र नियमबद्ध काम गर्न अनुरोध गरे । यस अलवा सरकारलाई नियम विपरित काम गर्न छुट नभएको उनको भनाई छ । उनले सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन भएको समेत जनाए । उनले गलतलाई गलत भन्नका निमित्तै यो लडाई चलिरहेको जनाए...
नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने

नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने भएको छ । गाईघाट बजारको बिपि चोक स्थित निर्माण गरिएको बिपिको शालिक अनावरण सँगै बृहत आमसभालाई सम्बोधन गर्न कोईराला गाईघाट आउने भएको हो । नेपाली कांग्रेस वडा कार्य समिति त्रियुगा नगरपालिका ११ को आयोजनामा कोईरालाले शालिक निर्माण सँगै आमसभालाई सम्बोधन गर्न गाईघाट आउने भएको हो ।...
जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान

जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ कार्तिक । चिसो मौसम भित्रिएसँगै त्रियुगा नगरपालिका १ जोगिदहले जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान गरेको छ । बिहिबार वडा कार्यालयमा २० जना जेष्ठ नागरिक र १३ जना एकल महिला गरी ३३ जनालाई न्यानो कपडाले सम्मान गरेको हो । वडा अध्यक्ष मनोज चौधरीले चिसो बाट बचाउन जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको जनाए । कतिपय जेष्ठ नागरिकहरु परिवारबाट एक्लै बस्ने र कतिपयले उनिहरुलाई नहेर्ने हुँदा त्यसको अभिभावकको रुपमा वडा कार्यालय अघि सरेको जनाए । आर्थिक बर्ष २०८१÷०८२ को वडागत बजेट कार्यक्रम बाट न्यानो कपडा वितरण गरिएको अध्यक्ष चौधरीले जनाए । चौधरीले गत बर्ष छुटेकाहरुलाई यो बर्ष बितरण गरिएको र अब अर्को बर्ष यस बर्ष छुटेकाहरुलाई गरी पालैपालो न्यानो कपडा वितरण गर्दै आएको उनले बताए । यो कार्यक्रम वडाले २०७४ सालदेखीनै निरन्तर गर्दै आएको छ । उनिहरुलाई उमेर अनुसा...
गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । त्रियुगा नगरपालिका छैठ पूजा समितिका अध्यक्ष चन्दन शाहका अनुसार भोलिदेखि सुरु हुने पर्वको करिब ९० प्रतिशत काम तयारी सम्पन्न भइसकेको छ । नदी किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र दुवै तर्फ घाट निर्माण भैसकेको शाहले जनाए । स्टेज र पुलको काम पनि सम्पन्न हुन लागेको छ । बिहिबार दिउँसो देखि संञ्चालन हुने छैठ पुजा भोली १२ बजे सम्म सबै कामको फिनिसिङ हुने जनाए । नदि वारपार गर्न सहजताका लागि दुईवटा बाँसको पुल निर्माण सम्पन्न भएको र एउटा पुल निर्माणाधीन रहेको छ । साथै व्रतालुहरूको बसाइका लागि नदि किनारमा बाँसको टहरा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भक्तालुहरुलाई आजै घाट बाड्ने तयारी रहेको पनि समितिले जनाएको छ ।...
कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजिनामा दिएका छन् । मन्त्री अधिकारीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएको विषयमा विवाद भएपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताइएको छ । यसअघि उनको जापान भ्रमणको विषयले प्रदेश सरकारमा विवाद सिर्जना भएको थियो ।...
कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिदैँ

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिदैँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएको विवादपछि राजीनामा दिने भएका छन् । उनले नैतिकताका आधारमा राजीनामा दिन लागेको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार अधिकारीले आज पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको छ ।...
१० महिनामा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल भित्रिए

१० महिनामा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल भित्रिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २० ।  सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्रै एक लाख २४ हजार तीन सय ९३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो। कोभिड-१९ पूर्वको तुलनामा पर्यटक आगमनमा ९२.९६ प्रतिशत पुनरुत्थान भएको बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबरको सुरुमा भएको अविरल वर्षाका कारण आशातित पर्यटक नआए पनि समग्र आगमन सन्तोषजनक रहेको छ । पछिल्ला महिनाहरूमा भारत र चीनबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएका छन् । तर अमेरिकी पर्यटकको संख्या भने १२.८८ प्रतिशतले बढेर १६ हजार २३ पुगेको छ । सन् २०२४ को पहिलो १० महिनामध्ये मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र जु...
रास्वपाका सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रास्वपाका सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धानका लागि यो थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यो मंगलबार गरिएको म्याद थप लामिछानेको लागि तेस्रो पटकको हो। यसअघि पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले म्याद थपको माग गरेको थियो । लामिछानेलाई कार्तिक २ गते प्रहरीले काठमाण्डौँबाट पक्राउ गरेको थियो । सहकारी ठगीको अभियोग लागेका लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
कोशी प्रदेशमा दशैं–तिहारमा सवारी दुर्घटनामा परी ३७ जनाको मृत्यु

कोशी प्रदेशमा दशैं–तिहारमा सवारी दुर्घटनामा परी ३७ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २० । कोशी प्रदेशमा दशैं-तिहारको अवधिमा भएका सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएको छ । घटस्थापनादेखि भाइटीकासम्मको अवधिमा भएका ५८२ दुर्घटनामा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । प्रदेशका १४ जिल्लामध्ये झापामा सर्वाधिक १३ जनाको मृत्यु भएको छ भने मोरङमा ८ र सुनसरीमा ७ जनाको ज्यान गएको छ । यस अवधिमा ९६१ जना घाइते भएका छन् । दुर्घटनाको संख्या हेर्दा मोरङमा सबैभन्दा बढी २१६, झापामा १६५ र सुनसरीमा १४६ वटा दुर्घटना भएका छन् । कुल दुर्घटनामध्ये ५१३ वटा मोटरसाइकल दुर्घटना रहेका छन्। सोमबार मात्रै २८ स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...