Sunday, August 23News That Matters

समाचार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

समाचार
गाईघाट, फागुन १५ गते ।  आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन बढेर बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । हिजो  तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको नौ सय रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।...
आज सवै को विदेशी मुद्रा विनिमय दर

आज सवै को विदेशी मुद्रा विनिमय दर

आर्थिक, समाचार
गाईघाट, फागुन १५ गते ।  आज सवै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले बिहीबार अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ३२ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकेको  छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९९ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो यसको खरिददर ३ सय रुपैयाँ रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा...
कोरोना भाइरसबाट २८ सय भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट २८ सय भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
गाईघाट, फागुन १५ गते ।  चीनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट २८ सय चार जनाको मृत्यु भईसकेको छ । चीनमा मात्रै अहिलेसम्म ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जनामा कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४८ देश वटा देशमा कोरोना भाईरसको संक्रमण फैलिसकेको छ । चिनमा मात्रै दुई हजार सात सय ४७ जनामा कोरोना भाईरसको संक्रमण फैलिएको छ भने ८२ हजार एक सय ६६ जनामा संक्रमण भएको पुष्टि भईसकेको छ । चीनपछि इरानमा सबै भन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।...
आजदेखि मौसम सुधार हुने

आजदेखि मौसम सुधार हुने

समाचार
गाईघाट, फागुन १५ गते । आजदेखि मौसम सुधार हुने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । विहिबार मध्य र पूर्वको पहाडी क्षेत्रमा पश्चिमी मौसम आशिंकदेखि सामान्य बदली भएपनि पानी नपर्ने महाशाखाले जनाएको हो । शनिबारदेखि देशभर मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोरोनाको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाइल्याण्ड जादै

कोरोनाको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाइल्याण्ड जादै

खेलकुद, समाचार
गाईघाट, फागुन १५ गते ।  चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमणको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाईल्याण्ड जाने भएको छ । आगामी शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिताको लागि कोरोनाको जोखिम मोलेर नेपाली टोली विहिबार थाइल्याण्ड जाने भएको हो । उक्त प्रतियोगितामा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने निर्णय गरिसकेको छ । थाइल्याण्डमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ भने २५ जनाको मृत्यु भईसकेको  विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ । नेपाली क्रिकेट टिमलाई कोरोनाबाट बच्न सावधानी अपनाउन नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको द्ध भने खेल मैदान र होटेल भन्दा बाहिर नजान खेलाडीहरुलाई सुझाव दिनुभएको छ । शनिबारदेखि मार्च ६ सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुन १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना थाइल्याण्ड जाने भएको संघले जनाएको छ ।...
सुन बाँडिचुडी खाएको आरोपमा १६ जना प्रहरीलाई निलम्बन गर्न सिफारिस

सुन बाँडिचुडी खाएको आरोपमा १६ जना प्रहरीलाई निलम्बन गर्न सिफारिस

समाचार
फागुन १५ गते ।  बरामद गरेको सुन बाँडिचुडी खाएको आरोपमा प्रहरी निरिक्षकसहित १६ जना प्रहरीलाई निम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई आयोगले निलम्बन गर्न सिफारिस गरेको हो । प्रहरीले गत पुस ११ गते नेपाल–चीन सिमाना केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरका चालक फुर्वा पासाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । उक्त सुन आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको आयोगले जनाएको छ । सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, हवलदारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ र प्रहरी जवानहरु युवराज खरेल, शिवनारायण चौधरी...
प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

समाचार
पूर्णपुष्टि, फागुन १४ गते ।  कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल व्यवसायी संघ कैलालीको आयोजनामा ‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मुल नाराका साथे खुला मञ्चमा महोत्सव सुरु भएको हो । विभिन्न जातजातिका पञ्चकन्या, पञ्चेबाजा, सुदुरपश्चिमको मौलिक बाजा नरसिंगा र प्रदेशका ९ जिल्लाका ९ वटा दीप प्रज्वलन गरेर खाना महोत्सवको उद्घाटन गरिएको थियो । सुदूरपश्चिमका विभिन्न समुदायका जातजातीका परम्परागत मौलीक खानाका परिकारहरु उनीहरुकै भेषभूषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने गरिरहेको होटेल व्यवसायी संघले जनाएको छ । प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद महोत्सवमा चाख्न...
कुलो बनाउन गएका लिम्बु मृत फेला

कुलो बनाउन गएका लिम्बु मृत फेला

समाचार
तेह्रथुम, फाल्गुन १४ गते ।  तेह्रथुमको फेदापमा कुलो बनाउन गरएका टेकहादु लिम्बु मृत फेला परेको छ । फेदाप गाउँपालिका–२ निबासी ५७ बर्षीय लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका हो । मंगलवार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा बुधबार विहान कुलो भन्दा करिव एक सय मिटर तल मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
खोलाले बगाएर १ युवाको मृत्यु

खोलाले बगाएर १ युवाको मृत्यु

समाचार
भोजपुर,  फागुन १४ गते ।  भोजपुर हतुवागढीको ठाडो खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका–६ निबासी २८ बर्षीय गौतम राईलाई खोलाले बगाएर मृत्यु भएको हो । मंगलवार ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै घर फर्केका राई बेलुकासम्म घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार विहान खोलाको बगरमा ढुङ्गामा च्यापिएर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
शेयर बजार कारोबार उच्च

शेयर बजार कारोबार उच्च

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १४ गते ।  आज अहिलेसम्मकै बढी शेयर बजारमा कारोबार भएको छ । कारोबार बन्द हुँदासम्म ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो । यसअघि गत आइतबार ३ अर्ब ६० करोड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार भएको थियो । उक्त रेकड तोड्दै बुधबार ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो । दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएको छ । रिसूचक करिब ५१ अंकले बढेर १५ सय ९६.१३ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ ।...